Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

अर्जेन्टिना र इजिप्ट पहिलोपटक विश्वकपमा भिडदैँ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, असार, २३
अर्जेन्टिना र इजिप्ट पहिलोपटक विश्वकपमा भिडदैँ

काठमाडौं । सन् २०२६ को फिफा विश्वकपको अन्तिम १६ (राउन्ड अफ १६) मा हालसम्म अपराजित रहेको साविक विजेता अर्जेन्टिनाले इजिप्टको सामना गर्दैछ । अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी उत्कृष्ट लयमा छन् र उनले लगातार विश्वकप खेलमा ७ गोल गरेका छन्।

यही लयलाई निरन्तरता दिँदै मेस्सी आफ्नो टोलीलाई क्वार्टरफाइनलमा पुर्‍याउने लक्ष्यका साथ मैदानमा उत्रिने छन्। यो खेल आज राति नेपाली समय अनुसार ९ः४५ बजे एटलान्टा स्टेडियम, अमेरिकामा हुनेछ।

अर्जेन्टिना र इजिप्टबीच हालसम्म एउटा मात्र अन्तर्राष्ट्रिय खेल खेलिएको छ। सन् २००८ मा खेलिएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले इजिप्टलाई २–० ले पराजित गरेको थियो। फिफा विश्वकपको इतिहासमा यी दुई टोली पहिलो पटक आमने सामने हुनेछन्।

अर्जेन्टिना यस प्रतियोगितामा हालसम्म अपराजित रहेको छ। टोलीले आफ्ना चारवटै खेल जितेको छ। ‘राउन्ड अफ ३२’ को रोमाञ्चक खेलमा अर्जेन्टिनाले केप भर्डेलाई ३–२ ले पराजित गर्‍यो। त्यसअघि समूह चरणमा टोलीले जोर्डनलाई ३–१, अस्ट्रियालाई २–० र अल्जेरियालाई ३–० ले हराएको थियो।

अर्कोतर्फ इजिप्टले दुई खेल जित्यो र दुई खेल बराबरीमा टुंग्यायो। ‘राउन्ड अफ ३२’ मा अस्ट्रेलियाविरुद्धको खेल निर्धारित समयमा १–१ को बराबरीमा सकिए पछि टोलीले पेनाल्टी सुटआउटमा ४–२ को जित हासिल गर्‍यो। यसअघि समूह चरणमा इजिप्टले न्युजिल्यान्डलाई ३–१ ले पराजित गरेको थियो भने इरान र बेल्जियम विरुद्धका खेलहरू १–१ को बराबरीमा सकिएका थिए।

अर्जेन्टिनी टोलीले गोलका लागि पुनः मेस्सीमाथि नै भर पर्नेछ, उनले यस प्रतियोगितामा ७ गोल गरिसकेका छन् र ‘गोल्डेन बुट’ को दौडमा दोस्रो स्थानमा छन् भने अर्कोतर्फ इजिप्ट आफ्ना स्टार फरवार्ड तथा कप्तान मोहम्मद सालाहमाथि भरोसा राख्दै अप्रत्याशित नतिजा निकाल्ने लक्ष्य राख्नेछ।

दुबै टोलीका लागि सम्भावित प्रारम्भिक ११ खेलाडीः
अर्जेन्टिनाः एमिलियानो मार्टिनेज, मोलिना, रोमेरो, लिसान्ड्रो मार्टिनेज, ट्याग्लियाफिको, डी पल, एन्जो फर्नान्डेज, म्याक एलिस्टर, लियोनेल मेस्सी, जुलियन अल्भारेज, निकोलस गोन्जालेज।

इजिप्टः मोस्तफा शोबेर, मोहम्मद हानी, यासेर इब्राहिम, रामी राबिया, मोहम्मद हाम्दी, मारवान अत्तिया, अक्रम तौफिक, इमाम अशोर, ट्रेजेगुएट, मोस्तफा मोहम्मद, मोहम्मद सलाह।

Top Changing Nepal

युट्युब सट्स