ग्राहकको अनुभवमा किन उपयूक्त छ बीएडब्लू ब्रम्बी इलेक्ट्रिक कार ?
काठमाडौँ । नेपालमा विद्युतिय सवारीसाधन (इभी) प्रति आकषर्ण बढ्दै गएको बेला बीएडब्लू ब्रम्बीलाई विशेषगरी महिला चालकका लागि सुरक्षित,सहज र किफायती मोबिलिटी समाधानका रुपमा प्रस्तुत गरिएको बताइएको छ । कम्प्याक्ट डिजाइन ,अटोमेटिक ड्राइभिंग अनुभव र सहज सञ्चालनका कारण ब्रम्बी दैनिक आवतजावत गर्ने प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको कम्पनीको दाबी छ ।
व्यस्त शहरी जीवनशैली र बढ्दो ट्राफिकका बिच सहज रुपमा सञ्चालन गर्न सकिने विशेषताका कारण ब्रम्बी महिला पेशाकर्मी तथा उद्यमीका लागि उपयुक्त विकल्प बन्न सक्ने जनाइएको छ । यसको सानो आकारले साँघुरा सडकमा चलाउन र सीमित पार्किंङ स्थानमा पार्क गर्न सहज बनाउने विश्वास गरिएको छ ।
ब्रम्बी प्रयोग गरिरहेकी चिकित्सक डा.सुनन्दा अधिकारीले आफ्नो अनुभव साझा गर्दै भनिन,“एक चिकित्सकका रुपमा मेरो दैनिक कार्यतालिका निकै व्यस्त हुन्छ । अस्पताल,क्लिनिक र विभिन्न कार्यक्रममा समयमै पुग्नुपर्ने भएकाले भरपर्दो र सहज यातायात मेरो प्राथमिकता हो । ब्रम्बी प्रयोग गर्न थालेपछि मेरो दैनिक यात्रा धेरै सरल र आरामदायी भएको छ । यसको कम्प्याक्ट आकारले व्यस्त सडक र सीमित पार्किङ स्थानमा पनि सहज रुपमा सञ्चालन गर्न मद्धत गर्छ भने अटोमेटिक ड्राइभीङ सुविधाले यात्रालाई थप सहज बनाएको छ ।”
उनका अनुसार ब्रम्बीले दैनिक यात्रामा समय व्यवस्थापनलाई सहज बनाउनुका साथै आत्मविश्वासका साथ सवारी सञ्चालन गर्न पनि सहयोग पुर्याएको छ । कम्पनीका अनुसार ब्रम्बीमा सहज ह्यान्डलिङ,अनुभव र शहरी प्रयोगलाई ध्यानमा राखेर तयार गरिएको डिजाइन समावेश गरिएको छ । त्यस्तैगरी कम सञ्चालन खर्च र विद्युतिय प्रविधिका कारण इन्धनमा हुने खर्च बचत गर्दै वातावरणमैत्री यात्रालाई पनि प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।
महिलाको आत्मनिर्भर यात्रा,सुरक्षित ड्राइभीङ अनुभव र दैनिक प्रयोगको सहजतालाई प्राथमिकतामा राखेर विकास गरिएको ब्रुम्लीले नेपालमा कम्प्याक्ट इभी सेग्मेन्टमा नयाँ विकल्प प्रदान गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।
सम्बन्धित समाचार
ग्राहकको मागपछि जेको जे५ प्रो को विशेष अफर : अब रु. ४७ लाख ९९ हजारमै
टोयोटाको विजय उत्सव सुरु : दशैंसम्म आकर्षक अफर
कामना सेवा विकास बैंकले बोलायो साधारणसभा, १५ प्रतिशत नगद लाभांश प्रस्ताव
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

