संस्कृति इन्टरनेशनल स्कुल र श्री पञ्चकन्या माविबीच सहकार्य,सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क फ्याब ल्याब कक्षा
काठमाडौं । नवीन तथा व्यवहारिक शिक्षालाई प्रवद्र्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेशनल स्कुल (ठूलोभर्याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय (छाउनी) बीच सहकार्य भएको बताइएको छ । यस सहकार्यअन्तर्गत श्री पञ्चकन्या माध्यमिक विद्यालयका विद्यार्थीलाई संस्कृति इन्टरनेशनल स्कुलको फ्याब ल्याबमा निःशुल्क विशेष कक्षा सञ्चालन गरिने जनाइएको छ ।
विद्यालयका अनुसार यस कार्यक्रमको औपचारिक शुभारम्भ २०८३ असार २८ गते पहिलो अन्तरक्रियात्मक कक्षामार्फत गरिएको गरिनुका साथै पहिलो कक्षामा विद्यार्थीलाई प्रयोगशालामा अपनाउनुपर्ने सुरक्षा मापदण्डबारे जानकारी दिइएको थियो । त्यसपछि उनीहरूले डिजिटल फेब्रिकेसनका उपकरण प्रयोग गर्दै सिर्जनात्मक डिजाइनसम्बन्धी व्यवहारिक अभ्यास गरेका थिए ।

शैक्षिक वर्षभर सञ्चालन हुने यस कार्यक्रममा विद्यार्थीलाई थ्रीडी प्रिन्टिङ, कोडिङ तथा कृत्रिम बौद्धिकता रोबोटिक्स, फोटोग्राफी, भिजुअल इफेक्ट्स लगायतका स्टिम (विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित) विषयमा व्यवहारिक सिकाइ प्रदान गरिने जनाइएको छ । त्यस्तैगरी समुदायलाई उपयोगी हुने विभिन्न परियोजना विकास गर्न पनि विद्यार्थीलाई प्रोत्साहन गरिने बताइएको छ ।
सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको यस कार्यक्रमका सम्पूर्ण खर्च, आवश्यक सामग्री, अत्याधुनिक फ्याब ल्याबको प्रयोग तथा विशेषज्ञ प्रशिक्षकको व्यवस्था संस्कृति इन्टरनेशनल स्कुलले गर्नेे छ भने कार्यक्रम पूर्ण रूपमा निःशुल्क हुने जनाइएको छ ।

शैक्षिक वर्ष २०८३ भर सञ्चालन हुने यस कार्यक्रममा प्रत्येक दोस्रो आइतबार दुई घण्टाको कक्षा सञ्चालन गरिनुका साथै यसबाट सामुदायिक विद्यालयका विद्यार्थीले २१औँ शताब्दीका आवश्यक सीप, सिर्जनात्मक सोच तथा व्यवहारिक ज्ञान हासिल गर्ने अपेक्षा गरिएको विद्यालयले बताएको छ ।
दुवै विद्यालयले यो गैर–व्यावसायिक सहकार्यबाट सामुदायिक विद्यालयका विद्यार्थीलाई आधुनिक प्रविधिमूलक शिक्षामा सहज पहुँच दिलाउने, डिजिटल विभाजन कम गर्ने तथा नयाँ पुस्ताका नवप्रवर्तक तयार पार्ने विश्वास व्यक्त गरेका छन् ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
