• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२८ असार २०८३, आइतबार
२८ असार २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

‘रियल ड्राइभर्स वान्टेड’ अभियानसँगै सार्वजनिक भयो नयाँ स्कोडा कुशाक
  • ६ घण्टा 

पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु
  • ६ घण्टा 

संस्कृति इन्टरनेशनल स्कुल र श्री पञ्चकन्या माविबीच सहकार्य,सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क फ्याब ल्याब कक्षा
  • १ दिन 

नबिल बैँकको ४२ औँ वार्षिकोत्सव : “बैँकिङ एण्ड बियोन्ड” र एआइमार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता
  • १ दिन 

अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • १ दिन 

स्विटजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्याण्डसँग भिडने
  • १ दिन 

ग्राहकको अनुभवमा किन उपयूक्त छ बीएडब्लू ब्रुम्ली इलेक्ट्रिक कार ?
  • २ दिन 

टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन
  • २ दिन 

अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन
  • २ दिन 

लोकप्रिय समाचार

  • १. ट्राफिक जरिवानावाट एकैदिन दुई हजार ६६ सवारीचालक कारबाहीमा, १८ लाख ६० हजार राजश्व संकलन

  • २. साउन २६ देखि काठमाडौंमा नाइमा मोबिलिटि एक्स्पो २०२६ सुरु हुँदै : ४० भन्दा बढी नयाँ सवारीसाधन सार्वजनिक गरिने

  • ३. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ४. मध्यपूर्वमा तनाव चर्किदा तेल बजारमा उछाल, दुई दिनमै कच्चा तेलको मूल्यमा तीव्र वृद्धि

  • ५. अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

  • ६. महालक्ष्मी विकास बैंकद्धारा ५ जना विद्यार्थीहरुलाई महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति वितरण

  • ७. सुनको मूल्य प्रतितोला दुई हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

  • ८. अर्जेन्टिना र इजिप्ट पहिलोपटक विश्वकपमा भिडदैँ

  • ९. फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश

  • १०. लक्ष्यभन्दा ५.३ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भैरहवा राजस्व कार्यालय

‘रियल ड्राइभर्स वान्टेड’ अभियानसँगै सार्वजनिक भयो नयाँ स्कोडा कुशाक

जानकारी केन्द्र २०८३, असार, २९

काठमाडौं । स्कोडा नेपालले आइतबार आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई ‘रियल ड्राइभर्स वान्टेड’ भन्ने ट्यागलाइनसहित स्कोडा शोरुममा सार्वजनिक गरेको जनाएको छ। उक्त कार्यक्रममा कम्पनीका उच्च पदाधिकारी, व्यावसायिक साझेदार, सञ्चारकर्मी तथा आमन्त्रित अतिथिहरूको बाक्लो उपस्थिति रहेको थियो।

नयाँ कुशाकको अनावरण एमएडब्लु ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल तथा एमएडब्लु एक्स्पान्जका प्रमुख कार्यकारी अधिकृत रौनक अग्रवालले संयुक्त रूपमा गरे । उनीहरुले कारको मालिक त धेरैजना बन्छन्, तर वास्तविक चालकहरूले मात्र सडकलाई नै आफ्नो बनाउँछन् भन्ने स्पष्ट सन्देश सन्देश दिए। कम्पनीका अनुसार, कुशाक चार्टमा तुलना गरेर उत्कृष्ट देखिने गाडी होइन, यो त स्टेयरिङ समात्दा प्राप्त हुने वास्तविक अनुभवलाई प्राथमिकता दिने चालकका लागि निर्माण गरिएको एसयूभी हो।

यही सोच कुशाकको इन्जिनियरिङमा पनि झल्किन्छ। १.० लिटर र १.५ लिटर टिएसआई इन्जिन विकल्पमा उपलब्ध यो एसयूभी ८-स्पिड अटोमेटिक ट्रान्समिसन तथा डिएसजी ट्रान्समिसनले सुसज्जित छ, जसले उत्कृष्ट नियन्त्रण र सहज प्रतिक्रिया प्रदान गर्दै वास्तविक ड्राइभिङको आनन्द दिनुका साथै, पछाडिको सिटमा उपलब्ध मसाज सुविधाले यस सेग्मेन्टमा विरलै पाइने युरोपेली स्तरको आराम प्रदान गर्ने कम्पनीको विश्वास रहेको छ । यसको अर्थ कुशाकलाई सुरुमा उत्कृष्ट इन्जिनियरिङ गरिएको छ र त्यसपछि आरामलाई ध्यानमा राखेर निर्माण गरिएको बताइएको छ।

कम्पनीका अनुसार, नेपालमा कुशाकको विशेषता यसको उत्कृष्ट फिचरमा मात्र सीमित छैन, यसको स्वामित्व लागत पनि उत्तिकै आकर्षक छ। युरोपेली इन्जिनियरिङको विरासत बोकेको यो अन्तर्राष्ट्रिय ब्रान्डको एसयूभी रु. ५७ लाख ९० हजारदेखि उपलब्ध छ, जसले विश्वस्तरीय ड्राइभिङ अनुभवलाई अझ सहज पहुँचमा ल्याएको कम्पनीले जनाएको छ।

त्यस्तै, प्रमिस अफ १२ अन्तर्गत देशभरका १२ वटै सेवा केन्द्रबाट वार्षिक मर्मतसम्भार योजना पनि उपलब्ध रहेको बताइएको छ। यसमा कुनै लुकेका शुल्कहरू छैनन् र हरेक १२ महिना वा १२,००० किलोमिटरमा केवल रु. १२,००० को निश्चित शुल्क लाग्ने व्यवस्था गरिएको जनाइएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै विष्णु कुमार अग्रवालले भने, “कुशाकले युरोपेली इन्जिनियरिङलाई नेपाली सडकमा ल्याएको छ, तर नेपाली ग्राहकलाई युरोपेली मूल्य तिर्न बाध्य बनाएको छैन। यही नै यसको वास्तविक मूल्य हो।”

त्यसैगरी रौनक अग्रवालले भने, “यो गाडी उत्कृष्ट ड्राइभिङ अनुभव चाहने व्यक्तिहरूका लागि बनाइएको हो। हामी उहाँहरूलाई यसको विशेषताको बारेमा सुन्न मात्र होइन, आफैं अनुभव गर्न आमन्त्रण गर्दछौं।”

कम्पनीका अनुसार, यस सार्वजनिकसँगै स्कोडा नेपालले कुशाकलाई नेपालमा चालक-केन्द्रित एसयूभीको स्पष्ट पहिचानसहित अझ सुदृढ बनाएको छ। उत्कृष्ट प्रदर्शन, युरोपेली विरासत र आकर्षक मूल्यको संयोजनले कुशाकलाई आफ्नो सेगमेन्टमा विशेष बनाएको कम्पनीले जनाएको छ।

स्कोडा नेपालले नेपाली बजारमा विश्वस्तरीय सवारीसाधनहरू उपलब्ध गराउँदै आएको बताएको छ। आधुनिक युरोपेली डिजाइन, उन्नत प्रविधि र भरपर्दो कार्यसम्पादनको संयोजन भएका स्कोडाका गाडीहरू नेपालको व्यस्त सहरी सडकदेखि चुनौतीपूर्ण पहाडी राजमार्गसम्मका विविधतायुक्त सडक अवस्थालाई ध्यानमा राखेर तयार गरिएका छन्।

सुरक्षा, इन्धन दक्षता र नवीन इन्जिनियरिङमा विशेष जोड दिँदै स्कोडाले गुणस्तर, आरामदायी यात्रा र विश्वसनीयतामा नयाँ मापदण्ड स्थापित गर्दै आएको जनाइएको छ। देशभर विस्तार भइरहेको शोरुम तथा सर्भिस सेन्टरहरूको नेटवर्कले ग्राहकलाई थप सहज सेवा प्रदान गरिरहेको बताइएको छ।

नेपालमा स्कोडा ब्रान्डको आधिकारिक प्रतिनिधित्व एमएडब्लु समूह अन्तर्गतको अटोमोबाइल कम्पनी एमएडब्लु वृद्धिले गर्दै आएको जनाएको छ। कम्पनीका अनुसार, बिक्री, बजार प्रवर्द्धन, वितरण तथा ग्राहक अनुभवलाई केन्द्रमा राख्दै एमएडब्लु वृद्धिले विश्वप्रसिद्ध मोबिलिटी सोलुसन्स नेपाली ग्राहकसम्म पुर्याउँदै स्कोडा ब्रान्डको विस्तारमा महत्वपूर्ण भूमिका खेलिरहेको छ।

  • स्कोडा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु
संस्कृति इन्टरनेशनल स्कुल र श्री पञ्चकन्या माविबीच सहकार्य,सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क फ्याब ल्याब कक्षा
नबिल बैँकको ४२ औँ वार्षिकोत्सव : “बैँकिङ एण्ड बियोन्ड” र एआइमार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

ताजा

‘रियल ड्राइभर्स वान्टेड’ अभियानसँगै सार्वजनिक भयो नयाँ स्कोडा कुशाक

पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु

संस्कृति इन्टरनेशनल स्कुल र श्री पञ्चकन्या माविबीच सहकार्य,सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क फ्याब ल्याब कक्षा

नबिल बैँकको ४२ औँ वार्षिकोत्सव : “बैँकिङ एण्ड बियोन्ड” र एआइमार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.