‘रियल ड्राइभर्स वान्टेड’ अभियानसँगै सार्वजनिक भयो नयाँ स्कोडा कुशाक
काठमाडौं । स्कोडा नेपालले आइतबार आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई ‘रियल ड्राइभर्स वान्टेड’ भन्ने ट्यागलाइनसहित स्कोडा शोरुममा सार्वजनिक गरेको जनाएको छ। उक्त कार्यक्रममा कम्पनीका उच्च पदाधिकारी, व्यावसायिक साझेदार, सञ्चारकर्मी तथा आमन्त्रित अतिथिहरूको बाक्लो उपस्थिति रहेको थियो।
नयाँ कुशाकको अनावरण एमएडब्लु ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल तथा एमएडब्लु एक्स्पान्जका प्रमुख कार्यकारी अधिकृत रौनक अग्रवालले संयुक्त रूपमा गरे । उनीहरुले कारको मालिक त धेरैजना बन्छन्, तर वास्तविक चालकहरूले मात्र सडकलाई नै आफ्नो बनाउँछन् भन्ने स्पष्ट सन्देश सन्देश दिए। कम्पनीका अनुसार, कुशाक चार्टमा तुलना गरेर उत्कृष्ट देखिने गाडी होइन, यो त स्टेयरिङ समात्दा प्राप्त हुने वास्तविक अनुभवलाई प्राथमिकता दिने चालकका लागि निर्माण गरिएको एसयूभी हो।
यही सोच कुशाकको इन्जिनियरिङमा पनि झल्किन्छ। १.० लिटर र १.५ लिटर टिएसआई इन्जिन विकल्पमा उपलब्ध यो एसयूभी ८-स्पिड अटोमेटिक ट्रान्समिसन तथा डिएसजी ट्रान्समिसनले सुसज्जित छ, जसले उत्कृष्ट नियन्त्रण र सहज प्रतिक्रिया प्रदान गर्दै वास्तविक ड्राइभिङको आनन्द दिनुका साथै, पछाडिको सिटमा उपलब्ध मसाज सुविधाले यस सेग्मेन्टमा विरलै पाइने युरोपेली स्तरको आराम प्रदान गर्ने कम्पनीको विश्वास रहेको छ । यसको अर्थ कुशाकलाई सुरुमा उत्कृष्ट इन्जिनियरिङ गरिएको छ र त्यसपछि आरामलाई ध्यानमा राखेर निर्माण गरिएको बताइएको छ।
कम्पनीका अनुसार, नेपालमा कुशाकको विशेषता यसको उत्कृष्ट फिचरमा मात्र सीमित छैन, यसको स्वामित्व लागत पनि उत्तिकै आकर्षक छ। युरोपेली इन्जिनियरिङको विरासत बोकेको यो अन्तर्राष्ट्रिय ब्रान्डको एसयूभी रु. ५७ लाख ९० हजारदेखि उपलब्ध छ, जसले विश्वस्तरीय ड्राइभिङ अनुभवलाई अझ सहज पहुँचमा ल्याएको कम्पनीले जनाएको छ।
त्यस्तै, प्रमिस अफ १२ अन्तर्गत देशभरका १२ वटै सेवा केन्द्रबाट वार्षिक मर्मतसम्भार योजना पनि उपलब्ध रहेको बताइएको छ। यसमा कुनै लुकेका शुल्कहरू छैनन् र हरेक १२ महिना वा १२,००० किलोमिटरमा केवल रु. १२,००० को निश्चित शुल्क लाग्ने व्यवस्था गरिएको जनाइएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै विष्णु कुमार अग्रवालले भने, “कुशाकले युरोपेली इन्जिनियरिङलाई नेपाली सडकमा ल्याएको छ, तर नेपाली ग्राहकलाई युरोपेली मूल्य तिर्न बाध्य बनाएको छैन। यही नै यसको वास्तविक मूल्य हो।”
त्यसैगरी रौनक अग्रवालले भने, “यो गाडी उत्कृष्ट ड्राइभिङ अनुभव चाहने व्यक्तिहरूका लागि बनाइएको हो। हामी उहाँहरूलाई यसको विशेषताको बारेमा सुन्न मात्र होइन, आफैं अनुभव गर्न आमन्त्रण गर्दछौं।”
कम्पनीका अनुसार, यस सार्वजनिकसँगै स्कोडा नेपालले कुशाकलाई नेपालमा चालक-केन्द्रित एसयूभीको स्पष्ट पहिचानसहित अझ सुदृढ बनाएको छ। उत्कृष्ट प्रदर्शन, युरोपेली विरासत र आकर्षक मूल्यको संयोजनले कुशाकलाई आफ्नो सेगमेन्टमा विशेष बनाएको कम्पनीले जनाएको छ।
स्कोडा नेपालले नेपाली बजारमा विश्वस्तरीय सवारीसाधनहरू उपलब्ध गराउँदै आएको बताएको छ। आधुनिक युरोपेली डिजाइन, उन्नत प्रविधि र भरपर्दो कार्यसम्पादनको संयोजन भएका स्कोडाका गाडीहरू नेपालको व्यस्त सहरी सडकदेखि चुनौतीपूर्ण पहाडी राजमार्गसम्मका विविधतायुक्त सडक अवस्थालाई ध्यानमा राखेर तयार गरिएका छन्।
सुरक्षा, इन्धन दक्षता र नवीन इन्जिनियरिङमा विशेष जोड दिँदै स्कोडाले गुणस्तर, आरामदायी यात्रा र विश्वसनीयतामा नयाँ मापदण्ड स्थापित गर्दै आएको जनाइएको छ। देशभर विस्तार भइरहेको शोरुम तथा सर्भिस सेन्टरहरूको नेटवर्कले ग्राहकलाई थप सहज सेवा प्रदान गरिरहेको बताइएको छ।
नेपालमा स्कोडा ब्रान्डको आधिकारिक प्रतिनिधित्व एमएडब्लु समूह अन्तर्गतको अटोमोबाइल कम्पनी एमएडब्लु वृद्धिले गर्दै आएको जनाएको छ। कम्पनीका अनुसार, बिक्री, बजार प्रवर्द्धन, वितरण तथा ग्राहक अनुभवलाई केन्द्रमा राख्दै एमएडब्लु वृद्धिले विश्वप्रसिद्ध मोबिलिटी सोलुसन्स नेपाली ग्राहकसम्म पुर्याउँदै स्कोडा ब्रान्डको विस्तारमा महत्वपूर्ण भूमिका खेलिरहेको छ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
