घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा सुन-चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेर २ लाख ८४ हजार रुपैयाँ कायम भएको छ।
सोमबार छापावाल सुन प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। मंगलबार मूल्य घटेसँगै १० ग्राम सुनको मूल्य २ लाख ४३ हजार ४८५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।
यस्तै, चाँदीको मूल्य पनि सामान्य रूपमा घटेको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर ४ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला चार हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो।
व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आउने उतारचढाव, अमेरिकी डलरको विनिमयदर तथा अन्य आर्थिक सूचकहरूको प्रभावका कारण स्वदेशी बजारमा सुनचाँदीको मूल्य दैनिक रूपमा समायोजन हुने गरेको छ।
पछिल्ला दिनमा मूल्यमा आएको गिरावटसँगै सुन खरिद गर्ने उपभोक्ताको चासो बढ्न थाले पनि बजारको समग्र कारोबार भने अझै सामान्य अवस्थामै रहेको व्यवसायीहरूको भनाइ छ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
