ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु
काठमाडौं । नेपाल आयल निगम लिमिटेडले देशभर भोलिदेखि १४.२ केजी क्षमताको पूर्ण एलपी ग्यास सिलिन्डरको बिक्री–वितरण पुनः सुरु गर्ने भएको छ। भारतीय आयल निगम (आईओसी) का विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीबाट ग्यास आपूर्ति सहज बन्दै गएपछि साबिककै व्यवस्थाअनुसार पूर्ण क्षमताको सिलिन्डर बजारमा उपलब्ध गराउने निर्णय गरिएको निगमले जनाएको छ।
यसअघि ग्यासको माग अत्यधिक बढ्नुका साथै आपूर्तिमा देखिएको दबाबलाई व्यवस्थापन गर्न निगमले उद्योगहरूलाई ७.१ केजी क्षमताका (आधा) सिलिन्डर मात्रै बिक्री–वितरण गर्न निर्देशन दिएको थियो। अब भने आपूर्ति अवस्थामा सुधार आएपछि उपभोक्ताले पुनः १४.२ केजी क्षमताको पूर्ण सिलिन्डर खरिद गर्न सक्नेछन्।
निगमका अनुसार १४.२ केजी क्षमताको एलपी ग्यास सिलिन्डरको उपभोक्ता मूल्य २,०६० रुपैयाँ कायम गरिएको छ।
केही समयसम्म ७.१ केजी र १४.२ केजी दुवै क्षमताका ग्यास सिलिन्डर बजारमा उपलब्ध रहने निगमले जनाएको छ। ७.१ केजीका सिलिन्डर पूर्ण रूपमा बजारबाट हटिनसकेकाले दुवै प्रकारका सिलिन्डर समानान्तर रूपमा बिक्री–वितरण हुने बताइएको छ।

सम्बन्धित समाचार
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
आज पनि पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम रहने
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
