आजदेखि पूर्ण तौलको एलपी ग्यास सिलिन्डर बिक्री पुन : सुरु, मुल्य कति ?
काठमाडौं । नेपाल आयल निगमले आजदेखि देशभर पुन : १४.२ किलोग्राम तौलको एलपी ग्यास सिलिन्डर बिक्री–वितरण सुरु गर्ने निर्णय गरेको छ। ग्यास आपूर्तिमा सुधार आएपछि पूर्ण तौलको सिलिन्डर बजारमा उपलब्ध गराउने व्यवस्था पुनः लागू गरिएको निगमले जनाएको छ।
निगमले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार इन्डियन आयल कर्पोरेसनका बोटलिङ प्लान्ट तथा रिफाइनरीबाट ग्यास आपूर्ति सहज बन्दै गएको र उपभोक्ताबाट पनि पूर्ण तौलको सिलिन्डरको माग बढेपछि यो निर्णय गरिएको हो।
यसअघि ग्यासको अभाव व्यवस्थापन गर्न २०८२ फागुन २९ गतेदेखि ७.१ किलोग्राम तौलका आधा सिलिन्डर मात्र बिक्री गर्ने व्यवस्था लागू गरिएको थियो। अब भने पुरानै प्रणालीअनुसार १४.२ केजीको सिलिन्डर बिक्री हुने भएको छ।
निगमले पूर्ण तौलको एक सिलिन्डरको उपभोक्ता मूल्य २ हजार ६० रुपैयाँ निर्धारण गरेको छ। यद्यपि, बजारमा रहेका ७.१ केजीका सिलिन्डर तत्काल हट्ने अवस्था नभएकाले केही समयसम्म ७.१ र १४.२ केजी दुवै प्रकारका सिलिन्डर समानान्तर रूपमा उपलब्ध रहने जनाइएको छ।
निगमले ग्यास खरिद गर्दा सिलिन्डरको तौल र तोकिएको मूल्य यकिन गर्न तथा आवश्यकताभन्दा बढी ग्यास सञ्चय नगर्न उपभोक्तासँग आग्रह गरेको छ।
सम्बन्धित समाचार
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
आज पनि पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम रहने
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
