• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०३ साउन २०८३, आइतबार
०३ साउन २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

किन बिएडब्लु ब्रम्बीको रियर-ह्विल-ड्राइभ प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?
  • ६ घण्टा 

मनसुनी वायूको प्रभाव कायमै : देशैभरी भारी मात्रामा बर्षाको सम्भावना
  • १७ घण्टा 

२०८३ साउन ०४ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १७ घण्टा 

स्पेन विश्वकप च्याम्पियन : अर्जेन्टिनालाई हराउँदै जित्यो उपाधि, ५० मिलियन डलर पुरस्कार
  • १७ घण्टा 

नागरिक एपमार्फत अनलाइन बैंकिङ सेवा सहज बनाउन एनएमबि बैंक र सूचना प्रविधि विभागबीच सम्झौता
  • १८ घण्टा 

गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
  • १८ घण्टा 

फिफा विश्वकप २०२६ : अर्जेन्टिनालाई हराउँदै स्पेन विश्वविजेता
  • १८ घण्टा 

श्रीमतीको हत्या गर्ने ५६ बर्षिय श्रीमान पक्राउ
  • १ दिन 

फाइनल अघि मेस्सीको सन्देश, ‘अर्जेन्टिनाले यस्तो कथा लेखिसकेको छ, जुन कहिल्यै बिर्सन सकिदैन्’
  • १ दिन 

लोकप्रिय समाचार

  • १. आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

  • २. स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा

  • ३. फिफा विश्वकप २०२६ : अर्जेन्टिनालाई हराउँदै स्पेन विश्वविजेता

  • ४. प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले अपेक्षित विशेष मूल्यमै खरिद गर्न सक्ने

  • ५. मोरङको कञ्चनबारीमा ’अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ को उद्घाटनसँगै कजारिया रमेश टायल्सको उपस्थिति थप सुदृढ

  • ६. साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव

  • ७. हालै फेला परेको नयाँ मुसा, जो हो उच्च हिमाली क्षेत्रमा बस्ने पहिलो स्तनधारी जीव

  • ८. गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय

  • ९. विश्व प्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड’ जितेको चेरी क्यू नेपाली बजारमा,नाइमा मोबिलिटि एक्स्पो २०२६ मा सार्वजनिक हुने

  • १०. २०८३ असार ३० गते मंगलवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

किन बिएडब्लु ब्रम्बीको रियर-ह्विल-ड्राइभ प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?

जानकारी केन्द्र २०८३, श्रावण, ४

काठमाडौँ । सात दशकभन्दा लामो अटोमोबाइल इन्जिनियरिङको गौरवशाली इतिहास बोकेको बेइजिङ अटो वर्क्सले अब नेपालमा शहरी विद्युतीय यातायातको नयाँ पुस्ताको अनुभव बिएडब्लू इ ७ प्रोमार्फत ल्याउने तयारी गरिरहेको बताएको छ।

नेपालमा विद्युतीय सवारीसाधन को लोकप्रियता तीव्र रूपमा बढिरहेको छ। इन्धनको बढ्दो मूल्य, वातावरणीय सचेतना, कम सञ्चालन खर्च तथा सरकारी प्रोत्साहनका कारण धेरै नेपाली उपभोक्ताहरू विद्युतीय सवारीतर्फ आकर्षित भइरहेका छन्। तर इभी खरिद गर्दा अधिकांश ग्राहकले ब्याट्री क्षमता, एक पटक चार्जमा चल्ने दूरी, चार्जिङ समय वा मूल्यलाई मात्र प्राथमिकता दिने गर्छन। जबकि समग्र ड्राइभिङ अनुभव निर्धारण गर्ने सबैभन्दा महत्वपूर्ण पक्षमध्ये एक भनेको सवारीको ड्राइभ सिस्टम रहेको जनाइएको छ ।

यही कारणले बेइजिङ अटो वर्क्सद्वारा विकसित बिएडब्लू ब्रम्बीले नेपालको बढ्दो इभी बजारमा आफ्नै विशिष्ट पहिचान बनाउन सफल भइरहेको कम्पनीले बताएको छ । यसको सबैभन्दा विशेष पक्ष भनेको रियर-ह्विल-ड्राइभ सिस्टम हो,जुन यस मूल्य वर्गका कम्प्याक्ट विद्युतीय सवारीहरूमा विरलै पाइन्छ।

सात दशक भन्दा लामो अटोमोबाइल इतिहास

बेइजिङ अटो वर्क्स (बिएडब्लु) सन् १९५१ मा स्थापना भएको चीनका सबैभन्दा पुराना अटोमोबाइल उत्पादकमध्ये एक हो । सैनिक तथा सरकारी उत्पादनबाट यात्रा सुरु गरेको कम्पनीले प्रतिष्ठित बि जे २१२ अफ रोड मोडेल मार्फत बलियो इन्जिनियरिङ र विश्वसनीयता स्थापित गरेको बताइएको छ । हाल बिएडब्लुले यात्रुबाहक,व्यवसायिक तथा विद्युतिय सवारी उत्पादन गर्दै आफ्ना उत्पादनहरु विश्वका विभिन्न अन्तराष्ट्रिय बजारमा निर्यात गरिरहेको छ भने सात दशकभन्दा बढीको अनुभव र निरन्तरता प्राविधिक नवप्रवर्तनले बिएडब्लुलाई चीनको विश्वासिलो अटोमोबाइल ब्रान्डका रुपमा स्थापित गरको जनाइएको छ ।

रियर ह्विल किन महत्वपुर्ण ?

कम्पनीका अनुसार धैरैजसो कम्प्याक्ट कारमा फ्रन्ट ह्विल ड्राइभ सिस्टम प्रयोग हुने भए पनि बिएडब्लु ब्रम्बीमा रियर ह्विल ड्राइभ सिस्टम अपनाइएको छ,जसले पछाडिका पांग्रामा पावर प्रदान गर्छ । यसले गाडिको तौल सन्तुलित राख्दै उत्कृष्ट स्थिरता, उकालो सडकमा राम्रो ग्रिप,सहज र उत्तरदायी स्टेयरिङ तथा यात्रु वा सामान बढी हुँदा पनि राम्रो सन्तुलन प्रदान गरेको कारणले ब्रम्बी शहरी सडकदेखि उकालो बाटोसम्म दैनिक पारिवारिक,कार्यालय आवतजावत तथा हल्का व्यवसायिक प्रयोगका लागि उपयुक्त विकल्प माानिने बताइएको छ।

नेपालका शहरी तथा अर्धशहरी सडकलाई ध्यानमा राखेर डिजाइन

नेपालका शहरी तथा अर्धशहरी सडकलाई ध्यानमा राखेर डिजाइन गरिएको बिएडब्लु ब्रम्बीको कम्प्याक्ट आकार,रियर ह्विल ड्राइभ प्रणाली,सानो टर्निंग रेडियस र सहज पार्किंग क्षमताले भीठभाड,साँघुरा सडक तथा उकालो ओरालोमा उत्कृष्ट प्रदर्शन गर्नुका साथै विदयुतिय मोटरको इस्ट्यान्ट टर्क र कम सञ्चालन खर्चले दैनिक यात्रा अझ सहज बनाउँने जनाइएको छ। करिब २० लाख रुपैँयाको मूल्य वर्गमा आरडब्लुडी प्लेटफर्म उपलब्ध गराउने सीमित विद्युतीय सवारीमध्ये एक विशेष विकल्प भएको बताइएको छ।

बिएडब्लु ब्रम्बीका सेल्स हेड सुमन बज्राचार्यका अनुसार आज विद्युतीय सवारी छनोट गर्नु भनेको केवल मूल्य वा ड्राइभिङ रेन्ज हेर्ने विषय मात्र होइन।

उनी भन्छन्,‘‘बिएडब्लु ब्रम्बीको रियर-ह्विल-ड्राइभ प्रणालीले नेपालको शहरी सडकको वास्तविक आवश्यकतालाई ध्यानमा राखेर सन्तुलित, सुरक्षित र आत्मविश्वासपूर्ण ड्राइभिङ अनुभव प्रदान गर्छ। काठमाडौंलगायत प्रमुख शहरका साँघुरा सडक, उकालो र भारी ट्राफिकलाई ध्यानमा राख्दा यही प्रविधि ब्रम्बीलाई आफ्नै वर्गमा फरक बनाउने मुख्य विशेषता हो।”

उनका अनुसार बिएडब्लुले सात दशकभन्दा बढीको अटोमोबाइल निर्माण अनुभवलाई आधुनिक विद्युतीय सवारी प्रविधिसँग संयोजन गर्दै आजका उपभोक्ताका लागि व्यावहारिक तथा भरपर्दो इभी विकास गरेको छ।

उनी थप भन्छन्,‘‘नेपाली ग्राहकबाट प्राप्त उत्साहजनक प्रतिक्रियाले हामीलाई थप प्रेरणा दिएको छ। ब्रम्बी को सफलतालाई निरन्तरता दिँदै अब हामी बिएडब्लू इ ७ प्रो ल्याउने तयारीमा छौं, जसमा आधुनिक डिजाइन, थप आरामदायी इन्टेरियर, स्मार्ट प्रविधि तथा अझ उत्कृष्ट शहरी ड्राइभिङ अनुभव उपलब्ध हुनेछ।”

ग्राहकको सकारात्मक अनुभव

काठमाडौंका ब्रम्बी प्रयोगकर्ता रमेश अधिकारी आफ्नो अनुभव सुनाउँदै भन्छन् ,‘‘सुरुमा मलाई कम्प्याक्ट इभीले उकालोमा राम्रो प्रदर्शन गर्छ कि गर्दैन भन्ने शंका थियो। तर ब्रम्बी चलाएपछि धापासीदेखि बुढानीलकण्ठसम्मको उकालो सडकमा यसको क्षमता निकै प्रभावशाली लाग्यो। यसको रियर-ह्विल-ड्राइभ प्रणालीले साँच्चिकै फरक अनुभव दिन्छ।”

त्यसैगरी,बुटवलमा कृषि व्यवसाय सञ्चालन गर्दै पाल्पा–बुटवल नियमित आवतजावत गर्ने कृषि उद्यमी रमेश रोकाया भन्छन्, ‘‘मेरो कामका कारण महिनाभरि पाल्पादेखि बुटवल र शहरभित्र नियमित यात्रा गर्नुपर्छ। ब्रम्बी पार्क गर्न सजिलो छ, साँघुरा सडकमा सहजै चल्छ र उकालो तथा हिलो सडकमा पनि निकै सन्तुलित महसुस हुन्छ।”

उनी थप भन्छन्,‘‘ब्रम्बी को सञ्चालन खर्च अत्यन्तै कम छ। तर मलाई सबैभन्दा मन पर्ने कुरा यसको ड्राइभिङ अनुभव हो। सानो आकारको गाडी भए पनि यो निकै स्थिर, आत्मविश्वासपूर्ण र चलाउन रमाइलो लाग्छ।”

आउने क्रममाः बिएडब्लू इ ७ प्रो

कम्पनीका अनुसार बिएडब्लू ब्रम्बीको सफलतापछि बेइजिंग अटो  वर्क्सले अब नयाँ पुस्ताको शहरी विद्युतिय सवारी बिएडब्लु इ ७ प्रो ल्याउने तयारी गरेको छ भने ब्रम्बीको इम्प्रुभ भर्जनका रुपमा विकास गरिएको इ ७ प्रोमा डाइरेक्ट फास्ट चार्जिंग,आधुनिक डिजाइन,फराकिलो इन्टेरियर,सुधारिएको सस्पेन्सन,इम्प्रुभ सेफ्टि सिस्टम,स्मार्ट डिजिटल फिचर र रिफान्ड रियर ह्विल ड्राइभ प्लेटफर्म उपलब्ध हुनेछ । ब्रम्बीले स्थापित गरेको विश्वासलाई निरन्तरता दिँदै इ ७ प्रो ले नेपाली उपभोक्तालाई अझ सुरक्षित,आरामदायी र स्मार्ट शहरी ड्राइभीङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मनसुनी वायूको प्रभाव कायमै : देशैभरी भारी मात्रामा बर्षाको सम्भावना
स्पेन विश्वकप च्याम्पियन : अर्जेन्टिनालाई हराउँदै जित्यो उपाधि, ५० मिलियन डलर पुरस्कार
नागरिक एपमार्फत अनलाइन बैंकिङ सेवा सहज बनाउन एनएमबि बैंक र सूचना प्रविधि विभागबीच सम्झौता

ताजा

किन बिएडब्लु ब्रम्बीको रियर-ह्विल-ड्राइभ प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?

मनसुनी वायूको प्रभाव कायमै : देशैभरी भारी मात्रामा बर्षाको सम्भावना

२०८३ साउन ०४ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

स्पेन विश्वकप च्याम्पियन : अर्जेन्टिनालाई हराउँदै जित्यो उपाधि, ५० मिलियन डलर पुरस्कार

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.