सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ८ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको तीव्र गिरावटको प्रभाव नेपाली बजारमा पनि देखिएको छ। शुक्रबार स्थानीय बजारमा सुन र चाँदी दुवैको मूल्य उल्लेख्य रूपमा घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ८ सय रुपैयाँले घटेर २ लाख ८५ हजार ५ सय रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला २ लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, १० ग्राम सुनको मूल्य पनि घटेर २ लाख ४४ हजार ७ सय ७० रुपैयाँमा कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लागेसँगै स्थानीय बजारमा पनि त्यसको प्रत्यक्ष असर परेको व्यवसायीहरू बताउँछन्।
चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। शुक्रबार चाँदी प्रतितोला १ सय ५५ रुपैयाँले घटेर ४ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ५ सय ५ रुपैयाँ थियो।
अमेरिकी डलरको मजबुती, अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताको बदलिएको धारणा तथा बहुमूल्य धातुमाथि बढेको बिक्री दबाबका कारण विश्व बजारमा सुन–चाँदीको मूल्य घटिरहेको छ। यही प्रभावका कारण नेपाली बजारमा पनि बहुमूल्य धातुको मूल्यमा उल्लेख्य कमी आएको हो।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
