सिद्धार्थ बैंकको नाफा ४.५४५ बढ्यो, एक वर्षमा कमायो ३ अर्ब ५१ करोड
काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले समीक्षा अवधिमा ३ अर्ब ५१ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.५४ प्रतिशतले बढी हो।
बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ४३ करोड ९८ लाख रुपैयाँबाट बढेर ९ अर्ब ५ करोड १२ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, खुद शुल्क तथा कमिसन आम्दानी पनि १ अर्ब ५८ करोड ४३ लाख रुपैयाँबाट बढेर १ अर्ब ८६ करोड ४७ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ११ अर्ब ९ करोड ८६ लाख रुपैयाँबाट बढेर १२ अर्ब ५ करोड १६ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ४ अर्ब ९७ करोड ४८ लाख रुपैयाँबाट बढेर ५ अर्ब १६ करोड २७ लाख रुपैयाँ पुगेको छ।
यद्यपि, वितरणयोग्य नाफा भने १ अर्ब ८३ करोड ७८ लाख रुपैयाँबाट घटेर १ अर्ब ७० करोड ५६ लाख रुपैयाँमा सीमित भएको छ। वित्तीय सूचकतर्फ बैंकको प्रतिसेयर आम्दानी २३.०६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २२५.१७ रुपैयाँ रहेको छ। बैंकको खराब कर्जा भने ०.६६ प्रतिशतबाट बढेर १.०६ प्रतिशत पुगेको छ।
हाल बैंकको चुक्ता पुँजी १८ अर्ब २९ करोड ४४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १६ अर्ब ९२ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिसम्म बैंकले ३ खर्ब २७ अर्ब १ करोड ६४ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३३ अर्ब ८७ करोड २६ लाख रुपैयाँ कर्जा लगानी गरेको वित्तीय विवरणमा उल्लेख छ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


