चेरी वान्डाका ईभी भ्यान, बिना धितो हायर पर्चेज सुविधासहित नाइमा एक्स्पोमा
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा चेरी वान्डाले स्मार्ट विद्युतीय व्यावसायिक ईभी भ्यान प्रस्तुत गरेको छ । अगस्ट ११ देखि १६ (साउन २६ देखि ३१) सम्म सञ्चालन हुने एक्स्पोमा चेरी वान्डाका विभिन्न क्षमताका विद्युतीय व्यावसायिक सवारीको अवलोकन तथा विस्तृत जानकारी लिन सकिने कम्पनीले जनाएको छ ।
एक्स्पोमा नाइमा स्टल नम्बरः १६, हल डि मा चेरी वान्डाका ११, १२, १४ र १६ सिट क्षमताका विद्युतीय व्यावसायिक सवारी प्रदर्शनमा राखिएका छन् । व्यावसायिक तथा स्कुल, कलेजहरुलाई ध्यानमा राखेर तयार गरिएका ईभी भ्यानमा आधुनिक प्रविधि, पर्याप्त ब्याट्री क्षमता, उच्च पिक पावर र उत्कृष्ट ग्राउन्ड क्लियरेन्सलाई प्राथमिकता दिइएको बताइएको छ ।
कम्पनीका अनुसार, चेरी वान्डाका ११ र १२ सिटका मोडलमा ४१.८६ किलोवाट क्षमताको सिएटिएल ब्याट्री, ७० किलोवाट पिक पावर, १८० मिलिमिटर ग्राउन्ड क्लियरेन्स र एकपटकको चार्जमा ३०० किलोमिटरसम्मको रेन्ज उपलब्ध छ । त्यस्तै, १४ सिट क्षमताको मोडलमा ५३.५८ किलोवाट सिएटिएल ब्याट्री, ८० किलोवाट पिक पावर, २०० मिलिमिटर ग्राउन्ड क्लियरेन्स तथा ३०० किलोमिटरसम्मको रेन्ज रहेको कम्पनीको दाबी रहेको छ ।

त्यसैगरी, १६ सिट क्षमताको मिनी बस मा ५३.५८ तथा ७० किलोवाट क्षमताको सिएटिएल ब्याट्री, ८० तथा १२० किलोवाट पिक पावर, २१० मिलिमिटर ग्राउन्ड क्लियरेन्स र मोडलअनुसार २८० देखि ३५० किलोमिटरसम्मको रेन्ज उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
व्यावसायिक प्रयोजनका लागि विद्युतीय सवारीतर्फ आकर्षण बढिरहेको अवस्थामा चेरी वान्डाका यी ईभी भ्यानले यात्रु तथा व्यावसायिक यातायातका लागि आधुनिक, आरामदायी र वातावरणमैत्री विकल्प प्रदान गर्ने अपेक्षा गरिएको बताइएको छ ।
यसैबीच, चेरी वान्डाले ग्राहकलाई हायर पर्चेजमार्फत बिना धितो गाडी खरिद गर्ने सुविधा समेत उपलब्ध गराएको जनाएको छ । यसले व्यावसायिक सवारी खरिद गर्न चाहने ग्राहकलाई सहज र पहुँचयोग्य वित्तीय विकल्प उपलब्ध गराउने कम्पनीको विश्वास रहेको छ ।
एक्स्पोमा सहभागी आगन्तुक तथा ग्राहकले चेरी वान्डाका विद्युतीय व्यावसायिक सवारीका मोडल, विशेषता, रेन्ज तथा खरिदका लागि उपलब्ध वित्तीय सुविधाबारे प्रत्यक्ष जानकारी लिन सक्ने कम्पनीले उल्लेख गरेको छ ।

सम्बन्धित समाचार
सानिमा बैंकका दुई वरिष्ठ कर्मचारी थापा र ढकालको बढुवा
कलात्मक शैली र हाइब्रिड प्रविधिसहित यामाहा फ्यासिनो १२५ सार्वजनिक, मूल्य २.९९ लाखदेखि
हिमाली क्षेत्रबाहेक देशका अधिकांश भूभागमा घाम लाग्ने सम्भावना
गण्डकी प्रदेश लोकसेवाले माग्यो १९५ कर्मचारी, कुन पदमा कति जनाको माग ?
करार कर्मचारी र राहत तथा अस्थायी शिक्षकलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्ने सरकारको तयारी
नबिल एसएसईको पाँच वर्षमा ३१८ सामाजिक उद्यम स्थापना, १९ हजारभन्दा बढीलाई रोजगारीको अवसर
ट्रेन्डिङ
शाखा अधिकृत र नासु बन्न चाहने युवाका लागि तयारी कक्षा सुरु गर्ने सरकारको तयारी ,आवेदन प्रक्रिया सुरु
काठमाडौँ महानगरले टुर अपरेटर र केयरगिभर तालिम सञ्चालन गर्ने ,आवेदन खुल्ला
मात्र ९.९९ लाखमै फ्ल्यागसिप जीएसी आयोन भी घर लैजान सकिने, ११ वर्षको वारेन्टीसहित विशेष योजना सार्वजनिक
स्वास्थ्य बिमाको उपचार सेवा अब मोबाइलमा डिजिटल कार्ड देखाएरै लिन सकिने
सुनचाँदीको मूल्यमा वृद्धि, नेपाली बजारमा आज कति पुग्यो भाउ ?
