नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
काठमाडौं । काठमाडौँको भृकुटीमण्डपमा भर्खरै सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा चेरी वान्डाका विद्युतीय व्यावसायिक सवारीप्रति ग्राहकको विशेष आकर्षण देखिएको छ । एक्स्पोमा चेरी वान्डाका विभिन्न मोडलमा ग्राहकको उत्साहजनक सहभागिता देखिनुका साथै सयौँको संख्यामा बुकिङ भएको कम्पनीले जनाएको छ ।
‘मेहेनती हातको विश्वासिलो साथ’ ट्यागलाईनसहित एक्स्पो अवधिभर चेरी वान्डाले आफ्ना ग्राहकका लागि बिना धितो हायर पर्चेज सुविधा समेत उपलब्ध गराएको बताएको छ । यस सुविधाले विशेषगरी व्यावसायिक प्रयोजनका लागि विद्युतीय सवारी खरिद गर्न चाहने ग्राहकलाई थप सहज बनाएको कम्पनीको भनाइ छ ।
चेरी वान्डाका विद्युतीय सवारीहरू मन्टेश्वरीस्कुल तथा विभिन्न व्यावसायिक प्रयोजनका लागि उपयुक्त रहेका छन् । एक्स्पोमा विशेषगरी मन्टेश्वरीस्कुल सञ्चालकहरूले ११ र १२ सिटर गाडीप्रति विशेष रुचि देखाएका जनाइएको छ । त्यस्तै, होटल तथा ट्राभल एजेन्सी व्यवसायीहरूले १६ सिटर विद्युतीय सवारीमा विशेष आकर्षण देखाएको बताइएको छ ।
नाइमा एक्स्पोको स्टल नम्बर नं १६, हल डि मा चेरी वान्डाका ११, १२, १४ र १६ सिट क्षमताका विद्युतीय व्यावसायिक सवारीहरू प्रदर्शनमा राखिएका थिए । एक्स्पोमा कुन मोडलमा कति संख्यामा बुकिङ भयो भन्ने विवरण कम्पनीले सार्वजनिक नगरे पनि समग्रमा उल्लेख्य बुकिङ तथा ग्राहकको उत्साहजनक प्रतिक्रिया प्राप्त भएको जनाइएको छ ।
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा चेरी वान्डाको स्टलमा उपस्थित भई सवारीहरूको अवलोकन गर्ने, जानकारी लिने तथा बुकिङ गर्नुहुने सम्पूर्ण ग्राहक, व्यवसायी तथा शुभेच्छुकहरूप्रति चेरी वान्डाको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रा.लि. ले हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको बताएको छ ।
जगदम्बा मोटर्सले आगामी दिनमा पनि ग्राहकहरूको आवश्यकता र अपेक्षाअनुसार गुणस्तरीय तथा भरपर्दो विद्युतीय व्यावसायिक सवारी उपलब्ध गराउँदै जाने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
सम्बन्धित समाचार
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
आज पनि पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम रहने
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
