भारत नेपाल डिजिटल भुक्तानी कनेक्टिभिटि थप सुदृढ,यूपीआईमार्फत सहज बन्दै सीमापार कारोबार
काठमाडौँ । एनपीआई इन्टरनेशनल पेमेन्ट्स लिमिटेड (एनआईपीएल)ले भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटिलाई थप सुदृढ बनाउँदै लगेको छ । नेपालमा भारतीय यात्रुबीच यूपीआईमा आधारित क्यूआर भुक्तानीको प्रयोग बढ्दै गएको तथा यूपीआई र नेपालको नेशनल पेमेन्टस् इन्टरफेस (एनपीआई ) बीच रेमिट्यान्स सेवा सुरु भएपछि दुई देशबीच रियल टाइम सीमापार भुक्तानी थप सहज भएको बताइएको छ।
भारतको यूपीआईमार्फत मासिक २३ अर्बभन्दा बढी वित्तिय कारोबार हुने गरेको जनाइएको छ । नेपाल आउने भारतीय पर्यटकका लागि चन्द्रागिरि,मनकामना र पशुपतिनाथ लगायतका स्थानमा यूपीआई भुक्तानी उपलब्ध हुनुका साथै फोनपे नेटवर्कमा आबद्ध व्यवसायीले समेत यस्तो भुक्तानी स्वीकार गर्दै आएका छन् भने सन् २०२५ मा २१ लाख ९० हजारभन्दा बढी भारतीय नेपाल आएका थिए ।
यूपीआईले यात्रुलाई नगद बोक्ने र मुद्रा साट्ने झन्झट घटाउनुका साथै नोपली व्यवसायीलाई ठुलो डिजिटल ग्राहक समूहसम्म पहुँच,छिटो भुक्तानी र नगद व्यवस्थापनमा सहजता प्रदान गरेको जनाइएको छ । त्यस्तै,एनसीएचएलसँगको यूपीआई-एनपीआई सम्बन्धमार्फत भारतीय र नेपाली प्रयोगकर्ताले मोबाइल नम्बर वा भर्चुअल पेमेन्ट एड्रेस प्रयोग गरी दुवैतर्फ रियल-टाइ पीटुपी रकम पठाउन सक्ने व्यवस्था गरेको बताइएको छ ।
एनपीआई इन्टरनेशनलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रितेश शुक्लाले सुरक्षित र रियल-टाइम सीमापार भक्तानी विस्तार गर्दै डिजिटल कारोबार तथा भारत-नेपालबीचको आर्थिक र जनस्तरीय सम्बन्धलाई थप सुदृढ बनाउने जनाएका छन् । एनआईपीएलले आगामी दिनमा नियामक तथा भुक्तानी साझेदारसँग सहकार्य गर्दे यूपीआईको प्रयोग विस्तार,सीमापार भुक्तानीलाई थप प्रभावकारी बनाउने र पीटुपी रेमिट्यान्स सेवा थप बैँकसम्म विस्तार गर्ने योजना बनाएको बताइएको छ।
सम्बन्धित समाचार
विपद्मा प्याब्सनको १२ करोड सहयोग, प्रभावित पाँच विद्यालयका लागि २ करोड छुट्याइयो
बाढीपहिरो प्रभावितका लागि शाओमी नेपालको २० लाख सहयोग
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
१०,००० एमएएच ब्याट्रीसहित रेडमी नोट १७ सिरिज सार्वजनिक, प्रो सिरिजमा बड्स ६ प्ले उपहार
राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
भोटेकोशी बाढीपहिरो प्रभावितका लागि एमपीआईएको ३१ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

