Jankari Kendra
२७ भाद्र २०८३, शनिबार
Worldlink

१०,००० एमएएच ब्याट्रीसहित रेडमी नोट १७ सिरिज सार्वजनिक, प्रो सिरिजमा बड्स ६ प्ले उपहार

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, भाद्र, २७
१०,००० एमएएच ब्याट्रीसहित रेडमी नोट १७ सिरिज सार्वजनिक, प्रो सिरिजमा बड्स ६ प्ले उपहार

काठमाडौं । शाओमीले उच्च क्षमताको ब्याट्री र शक्तिशाली कार्यक्षमतासहित रेडमी नोट १७ सिरिज सार्वजनिक गरेको छ। नयाँ सिरिजमा रेडमी नोट १७, रेडमी नोट १७ ५जी, रेडमी नोट १७ प्रो ५जी र रेडमी नोट १७ प्रो म्याक्स ५जी रहेका छन् । लामो समयसम्म चल्ने ब्याट्रीका कारण बारम्बार चार्जर बोक्नुपर्ने झन्झट कम हुने कम्पनीले जनाएको छ ।

रेडमी नोट १७ र नोट १७ ५जी मा ७,७०० एमएएच क्षमताको ब्याट्री र ४५ वाट टर्बो चार्जिङ दिइएको छ भने रेडमी नोट १७ प्रो ५ जी मा ८,३४० एमएएच ब्याट्री र ६७ वाट हाइपरचार्ज रहेको जनाइएको छ ।

यसैगरी, रेडमी नोट १७ प्रो म्याक्स ५जी मा १०,००० एमएएच क्षमताको ठूलो ब्याट्री, १०० वाट हाइपरचार्ज र २७ वाट रिभर्स चार्जिङ सुविधा रहेको छ । कम्पनीका अनुसार, यसको ब्याट्री एकपटक पूर्ण चार्ज गर्दा ७२ घण्टासम्म प्रयोग गर्न सकिनुका साथै २० मिनेट चार्ज गर्दा एक दिनसम्म प्रयोग गर्न पुग्ने ब्याट्री क्षमता प्राप्त हुने छ ।

सिरिजमा समावेश रेडमी टाइटन ब्याट्री सिस्टम ले ब्याट्रीको आयु बढाउनुका साथै ऊर्जा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने कम्पनीले जनाएको छ ।

आकर्षक डिस्प्ले र उन्नत क्यामेरा
प्रो मोडलमा ६.८३ इन्चको १.५के एमोलेड डिस्प्ले, १२० हर्ज रिफ्रेस रेट तथा अधिकतम ३,५०० निट्ससम्मको ब्राइटनेस रहेको छ । त्यस्तै, रेडमी नोट १७ र नोट १७ ५जी मा ६.९९ इन्चको एफएचडी+ एमोलेड डिस्प्ले दिइएको बताइएको छ।

कम्पनीका अनुसार,क्यामेरातर्फ, रेडमी नोट १७ र नोट १७ ५ जीमा ५० मेगापिक्सेल मुख्य क्यामेरा र १६ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ भने रेडमी नोट १७ प्रो ५जी मा ५० मेगापिक्सेल मुख्य, ८ मेगापिक्सेल अल्ट्रा–वाइड र १६ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ।

त्यसैगरी, रेडमी नोट १७ प्रो म्याक्स ५जी मा ५० मेगापिक्सेल मुख्य, ८ मेगापिक्सेल अल्ट्रा–वाइड र ३२ मेगापिक्सेल फ्रन्ट क्यामेरा दिइएको छ ।

मजबुत संरचना र शक्तिशाली प्रदर्शन

प्रो मोडलहरू रेडमी टाइटन स्ट्रक्चर सहित निर्माण गरिएका जनाइएको छ । यी मोडलमा धुलो तथा पानीबाट सुरक्षाका लागि आईपी ६६, आईपी ६८, आईपी ६९ र आईपी ६९के स्तरको सुरक्षा रहेको कम्पनीको दाबी छ ।

रेडमी नोट १७ र नोट १७ ५जीमा भने आईपी ६५ स्तरको सुरक्षा दिइएको छ । प्रदर्शनका लागि सिरिजका विभिन्न मोडलमा स्न्यापड्रागन ६ जेन ५, स्न्यापड्रागन ६एस जेन ४, स्न्यापड्रागन ६एस ४जी जेन २ र स्न्यापड्रागन ४ जेन ४ चिपसेट प्रयोग गरिएको छ ।

मूल्य
रेडमी नोट १७ को ६जीबी र्याम तथा १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य रु. ४२,९९९ तोकिएको छ भने ८ जीबी र्याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य रु. ४७,९९९ रहेको कम्पनीले बताएको छ ।

त्यसैगरी, रेडमी नोट १७ ५जी को ६ जीबी र्याम तथा १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य रु. ४७,९९९ र ८ जीबी र्याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य रु. ५२,९९९ रहेको जनाइएको छ ।

रेडमी नोट १७ प्रो ५जी अन्तर्गत ८ जीबी र्याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य रु. ५७,९९९ र १२ जीबी र्यामतथा ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य रु. ६४,९९९ तोकिएको छ ।

त्यस्तै, रेडमी नोट १७ प्रो म्याक्स ५जी को ८ जीबी र्याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य रु. ६९,९९९ र १२ जीबी र्याम तथा ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य रु. ७९,९९९ रहेको जनाइएको छ ।

उपलब्धता
कम्पनीका अनुसार,रेडमी नोट १७ र नोट १७ ५जी सेलेस्टियल पर्पल, स्काई टिल र ब्ल्याक रङमा उपलब्ध छन् भने रेडमी नोट १७ प्रो ५जी स्काई ब्लु, साटिन ओरेन्ज, पर्पल र ब्ल्याकमा उपलब्ध हुनुका साथै प्रो म्याक्स ५जी भने क्लाउड ब्लस, ग्रिन, पर्पल र ब्ल्याक रङमा उपलब्ध छ ।

निःशुल्क रेडमी बड्स ६ प्ले
रेडमी नोट १७ प्रो सिरिज खरिद गर्ने ग्राहकले रु. २,४९९ मूल्य पर्ने रेडमी बड्स ६ प्ले निःशुल्क प्राप्त गर्ने बताइएको छ । यो अफर फोन सार्वजनिक भएको मितिदेखि सेप्टेम्बरको अन्त्यसम्म लागू हुने कम्पनीले जनाएको छ । त्यस्तै, ग्राहकले नेपालभरका आधिकारिक बिक्रेतामार्फत नागरिकता प्रस्तुत गरी डाउन पेमेन्ट गरेपछि शून्य प्रतिशत ब्याजदरको ईएमआई सुविधा समेत लिन सक्ने कम्पनीको दाबी छ ।

Top Changing Nepal

युट्युब सट्स