हाम्रो देशले कसरी आर्थिक विकासको गति लिन सक्छ ?
नेपाल र नेपालीले जब सम्म बिदाको मानसिकता त्याग्दैनन् तब सम्म आर्थिक प्रगति सम्भव छैन l हुन त हामी भन्दा बढी समय विदेशीहरु मोजमस्ती र मनोरन्जनमा बिताउछन् l वर्षको एक महिना घर बिदा लिएर उनीहरु घुम्न निस्कन्छन् तर हामी कहाँ वर्ष भरि काम गरे पछि एक पटक लामो बिदा लिएर घुम्न जाने परिपाटी छैन l निजामती सेवा नियमावलीले वर्षको ३० दिन घर बिदा र लामै बिरामी बिदा तथा पर्व बिदा दिन गर्छ तर हामी बिदाहरू व्यवस्थित तरिकाले मनाउन सकिरहेका छैनौ l
खासमा धेरै जसो सरकारी कार्यालयहरु कर संकलन गर्ने निकाय भएकाले लामो समय बिदा दिने कार्यले सेवा प्रभाहमा मात्र नभई कर संकलनमा समेत असर गरिरहेको हुन्छ l राज्यको यस्तो महत्वपूर्ण विषयमा असर पर्ने हुदा विदाको बिषयमा गम्भीर छलफल हुनु आजको आवश्यकत्ता भईसकेको छ l हामी सेवा दिन बसेका हौ, हामीले सेवा दिनु पर्छ भन्ने मानसिकता कर्मचारीहरुमा पाइदैन l हामी कार्यालयका हाकिम वा कर्मचारी हौ, हामीले शासन गर्न पाउनु पर्छ भन्ने मानसिकता उनीहरुमा देख्न सकिन्छ l सेवाग्राही आएकाले सरकारलाई आम्दानी भइरहेछ, हामीले समेत काम पाइरहेका छौ भन्ने मानसिकता उनीहरुमा कतैपनि देखिदैन l
सरकारी निकायहरुमा सबैभन्दा बढी व्यवस्थित मानिएको अदालतमा समेत चित्त बुझ्दो सेवा प्रवाह गरिरहेको पाईदैन भने कुनै योजना एवम् कार्य सुची नभएका कार्यालयको काम व्यवस्थित हुन्छ भंनेर सोच्नु हाम्रो मुर्खता हुनेछ l समयको अन्तराल सगै व्यवस्था बदलिसकेको छ तर कार्य शैली यथावत छ l
‘राजाको काम कहिले जाला घाम’ भन्ने पहिलेको उखान परिवर्तन भई ‘जनताको काम कहिले डुब्ला घाम’ भइसक्यो तर हाम्रो सोच बदलिएको छैन l हामीमा रहेको यस्तो मानसिकतालाई कहिले त्याग्ने ? सार्वजनिक बिदा ब्यबस्थित गर्न पर्व बिदा तथा दिवसहरु मनाउन दिने बिदा कट्टा गर्नु आजको आवश्यकत्ता बनिसकेको छ l यो त औपचारिक बिदाको कुरा मात्र भयो l यहाँ हिउदको समयमा कर्मचारी पाउन मुस्किल पर्छ l उनीहरु की त घाम तापिरहेका हुन्छन् या हाजिर गरेर टाप कसिसकेका हुन्छन् l
त्यसमाथी कार्यालय प्रमुखले बिदा बस्न अनुमती दिएको अवस्थामा सेवा प्रभाहमा व्यापक असर परेको देख्न सकिन्छ l दशैमा पन्ध्र दिन लामो बिदा, साउनमा बर्षे बिदा, जाडोमा चिसो बिदा र गर्मीमा काम गर्न नसक्ने परिपाटीले सेवाग्राही मर्कामा परेको पाइन्छ l सरकारी कार्यालयहरुमा जनताले बेहोर्ने सास्ती को कुरा गर्ने हो भने दिउसो एकछिन खटिने कर्मचारीहरुले ट्याक्सी खर्च, खाजा खर्च एवम् आफ्ना केटाकेटीलाई उपहार दिन लाग्ने खर्च खोजिरहेका हुन्छन् l ल भन्नुस त यस्तो मानसिकताले देश विकासको गतिमा लम्कन सक्छ होला र ?
सम्बन्धित समाचार
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो

