यस कारण कान कराउने समस्या हुन्छ
जुन शब्द वस्तुतः उत्पन्न नै भएका हुँदैनन् त्यस्ता ध्वनि सुनिनु भनेको कान कराउनु वा बज्नु हो । यसलाई अंग्रेजीमा ‘टाइनिटस’ भनिन्छ । टाइनिटस अर्थात् कान कराउने समस्या भएमा यस्तायस्ता शब्द, ध्वनिहरू सुनिन्छन् कि जुन शब्द आवाजहरू वस्तुतः उत्पन्न नै भएका हुँदैनन् ।
टाइनिटस अर्थात् यसको कारण कानमा (इन्फेक्सन) संक्रमण हुनु हो । कानभित्र रुकावट हुनु हो । कानको इन्फेक्सन वा ब्लकेजको राम्रोसित उपचार गरिएको छ भने कान कराउने समस्याबाट मुक्ति पाइन्छ । उपचार गराउँदा पनि कान कराउने समस्या भई नै रह्यो भने यसको उपचार गराउन आवश्यक हुन्छ ।
कान बज्ने कारण यही नै हो भनेर ठोकुवा गर्न मिल्दैन । यसका अनेकौं कारण हुन सक्छन् । जस्तै, टाउकोमा चोटपटक लाग्नु, कानमा इन्फेक्सन हुनु, कानमा जाम (ब्लकेज) हुनु, काननेर ठूलो आवाज, विस्फोट हुनु, रुघाखोकी, पिनासदेखि मधुमेहसम्मका कुनै रोग लाग्नु, रक्तअल्पता (एनिमिया) हुनु, मुटुको रोग, उच्च रक्तचाप, रगतमा थायराइडको स्तर कम हुनु, कानमा कानेगुजी भरिनु आदि ।
कामको अत्यधिक चापका साथै मानसिक तनावले पनि कान बज्ने समस्या सुरु हुनसक्छ । एन्टिबायोटिक औषधिहरूको प्रयोग, स्प्रिन टेबलेट, मूत्रवर्धक (पिसाब लागाउने) औषधि, एन्टिडिप्रेसनको औषधि तथा अत्यधिक रक्सीको सेवनले पनि कान कराउने समस्या हुनसक्छ ।
वृद्धावस्थामा कानको अनेक भागमा क्षय हुनुका साथै विकृति आउनाले पनि कान कराउन सक्छ । भित्री कानको रोगका कारण तथा मध्य कानको हड्डीमा क्षयजनित रोगले पनि यसो हुनसक्छ । कान कराउने समस्या छ भने मनमस्तिष्कलाई दबाबबाट मुक्त राख्नुपर्छ अन्यथा स्थिति जटिल हुनसक्छ ।
साभार : अन्नपूर्ण पोस्ट – डा. लालितकुमार मिश्र,
सम्बन्धित समाचार
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

