विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
विराटनगर। सीजी इलेक्ट्रोनिक्स अन्तर्गत सञ्चालित सीजी डिजीटलले आफ्नो रिटेल नेटवर्क विस्तार गर्ने क्रममा विराटनगरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। कम्पनीका अनुसार, शोरुमको भव्य उद्घाटन समारोह सम्पन्न भएसँगै विराटनगर तथा आसपासका क्षेत्रका ग्राहकहरूले विश्वस्तरीय ब्रान्डका गुणस्तरीय इलेक्ट्रोनिक्स तथा घरायसी उपकरणहरू एउटै छानामुनि खरिद गर्न सक्ने भएका छन्।
सीजी डिजीटल विराटनगर शोरुमको ग्रान्ड ओपनिङ समारोहमा नेपाल चेम्बर अफ कमर्स, कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत प्रमुख अतिथिका रूपमा उपस्थित भई रिबन काटेर शोरुमको औपचारिक उद्घाटन गरेका बताइएको छ । उनको प्रमुख आतिथ्यमा सम्पन्न समारोहले पूर्वी नेपालमा आधुनिक इलेक्ट्रोनिक्स रिटेल सेवाको पहुँच विस्तार गर्ने तथा ग्राहकलाई गुणस्तरीय उत्पादन र उत्कृष्ट सेवा प्रदान गर्ने सीजी डिजीटलको प्रतिबद्धतालाई थप सुदृढ बनाएको जनाइएको छ ।
नेपालकै अग्रणी मल्टिब्रान्ड इलेक्ट्रोनिक्स रिटेल नेटवर्कमध्ये एक सीजी डिजीटलले देशभर आफ्नो उपस्थिति विस्तार गर्दै आधुनिक प्रविधि, गुणस्तरीय उत्पादन र विश्वसनीय ग्राहक सेवामार्फत ग्राहकको जीवनशैलीलाई सहज बनाउने लक्ष्यका साथ अघि बढिरहेको कम्पनीको दाबी छ । हाल सीजी इलेक्ट्रोनिक्सको रिटेल नेटवर्कअन्तर्गत देशभर २८ वटा शोरुम सञ्चालनमा रहेका छन्, जसमा २२ वटा सीजी डिजीटल र ६ वटा एलजी ब्रान्ड शप समावेश रहेको बताइएको छ।

सीजी डिजीटलका शोरुमहरूमा एलजी, सीजी, सीजी मेरिडिया, टीसीएल, गोदरेज, मिडिया, क्रम्प्टन, बेको, सेन्सेई, केन्ट, एलिका, ब्ल्याकंडेकर, बर्ली तथा गुडम्यान्स लगायतका प्रतिष्ठित ब्रान्डका टेलिभिजन, रेफ्रिजरेटर, वासिङ मेसिन, एयर कन्डिसनर, माइक्रोवेभ ओभन तथा अन्य घरायसी उपकरणहरू उपलब्ध हुनुका साथै, नथिङ, मोटोरोल तथा एआईं जस्ता मोबाइल ब्रान्डका उत्पादनहरू पनि ग्राहकले प्राप्त गर्न सक्ने जनाइएको छ ।
ग्रान्ड ओपनिङ तथा विजया दशमीको अवसरमा विशेष अफर
नयाँ शोरुमको भव्य शुभारम्भ तथा विजया दशमीको अवसरलाई थप विशेष बनाउन सीजी डिजीटलले ग्राहकहरूका लागि विभिन्न आकर्षक अफरहरू सार्वजनिक गरेको छ। यस अभियानअन्तर्गत ग्राहकहरूले विशेष छुट, पक्का उपहार तथा आकर्षक पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्ने कम्पनीको दाबी छ ।
१) स्पिन एन्ड विन– तत्काल ३० प्रतिशतसम्म छुट
स्पिन एन्ड विन योजनामार्फत ग्राहकहरूले भाग्य आजमाउँदै तत्काल ३० प्रतिशतसम्म छुट प्राप्त गर्ने अवसर पाउँछन् भने यस योजनाले ग्राहकको किनमेल अनुभवलाई थप रोमाञ्चक र लाभदायी बनाएको जनाइएको छ।
२) बम्पर लक्की ड्र – मोबाइल फोन जित्ने अवसर
सीजी डिजीटलका अनुसार बम्पर लक्की ड्र अन्तर्गत ग्राहकहरूले मोबाइल फोन जित्ने अवसर प्राप्त गर्न सक्नुका साथै यस योजनामा पाँच जना भाग्यशाली विजेतालाई मोबाइल फोन प्रदान गरिनेछ।
३) स्योर सट गिफ्ट – प्रत्येक खरिदमा पक्का उपहार
ग्राहकको खुसीलाई प्राथमिकता दिँदै सीजी डिजीटलले स्योर सट गिफ्ट अन्तर्गत प्रत्येक खरिदमा पक्का उपहार उपलब्ध गराउने योजना ल्याएको छ भने यसबाट ग्राहकहरूले आफ्ना मनपर्ने इलेक्ट्रोनिक्स तथा घरायसी उपकरण खरिद गर्दा थप लाभ प्राप्त गर्न सक्ने जनाइएको छ ।
४) 0 प्रतिशत ब्याजदरमा इएमआई तथा एक्सचेन्ज सुविधा
ग्राहकको आर्थिक सहजतालाई ध्यानमा राख्दै शून्य प्रतिशत ब्याजदरमा इएमआई सुविधा तथा पुराना इलेक्ट्रोनिक्स वा घरायसी उपकरण साटेर नयाँ उत्पादन खरिद गर्न सकिने एक्सचेन्ज सुविधा पनि उपलब्ध गराइएको बताइएको छ। यसबाट ग्राहकहरूले आफ्ना आवश्यकता र बजेटअनुसार नयाँ उत्पादन खरिद गर्न थप सहजता अनुभव गर्न सक्नेछन् भने उल्लेखित अफरहरू लागू हुने नियम तथा सर्तअनुसार उपलब्ध हुने जनाइएको छ।

ग्राहकको विश्वास र उत्कृष्ट सेवाप्रति प्रतिबद्धता
सीजी डिजीटलले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका उत्पादनहरू एउटै छानामुनि उपलब्ध गराउँदै ग्राहकलाई सहज, विश्वसनीय र गुणस्तरीय किनमेल अनुभव प्रदान गर्दै आएको छ भने विराटनगरमा नयाँ शोरुम सञ्चालनमा आएसँगै कम्पनीले पूर्वी नेपालका ग्राहकसँगको सम्बन्ध थप मजबुत बनाउनुका साथै आधुनिक इलेक्ट्रोनिक्स तथा घरायसी प्रविधिको पहुँच विस्तार गर्ने अपेक्षा गरेको छ।
नयाँ शोरुमले विराटनगर तथा आसपासका क्षेत्रका ग्राहकलाई आफ्ना आवश्यकता अनुरूपका उत्पादन छनोट गर्न, नवीनतम प्रविधिबारे जानकारी लिन र विभिन्न ब्रान्डका उत्पादनहरू एउटै स्थानबाट खरिद गर्न सहज वातावरण प्रदान गर्ने बताइएको कम्पनीको विश्वास छ ।
सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
