घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
काठमाडौं । नेपालमा जेसीबीको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडा दशैँको पहिलो दिन घटस्थापनाको अवसरमा देशभरका १२ शाखाबाट २७ भन्दा बढी जेसीबी मेसिन ग्राहकहरूलाई हस्तान्तरण गरेको छ। कम्पनीले यो कार्यक्रम “जेसीबी शुभारम्भ” नाममा आयोजना गरेको बताइएको छ।
हस्तान्तरण समारोह घटस्थापनाको परम्पराअनुसार सम्पन्न गरिएको थियो भने प्रत्येक मेसिनको विधिवत् पूजा गरी टीका र माला अर्पण गरिएपछि ग्राहकका परिवारजन तथा एमएडब्ल्यू अर्थमुभर्सका प्रतिनिधिहरूको उपस्थितिमा ग्राहकलाई चाबी हस्तान्तरण गरिएको जनाइएको छ । समारोहको अन्त्यमा केक काटी मिठाई वितरण गरिएको थियो, र ग्राहकहरूले आफ्नो नयाँ मेसिन सञ्चालन गर्दै शाखा परिसरबाट प्रस्थान गरेका थिए। हस्तान्तरण गरिएका मेसिनमा जेसिबी घम्ह् ब्याकहो लोडर, एक्साभेटर, एग्रीम्याक्स लगायतका मोडेल रहेका बताइएको छ।
कार्यक्रममा एमएडब्ल्यू अर्थमुभर्स प्रा.लि.का प्रमुख सञ्चालन अधिकृत (सीओओ) दुर्गाप्रसाद निरौलाले भने, “घटस्थापनाको दिन हामी सबै शुभ काम सुरु गर्छौँ। आज २७ भन्दा बढी ग्राहकले नयाँ जेसीबीसँग आफ्नो व्यवसायको नयाँ सुरुवात गर्नुभएको छ। हाम्रो लागि यो केवल मेसिन हस्तान्तरण होइन, २७ भन्दा बढी परिवार र व्यवसायको शुभारम्भ हो। हामीमाथि भरोसा गर्नुहुने सबै ग्राहकप्रति हामी आभारी छौँ।”
कम्पनीका अनुसार,हस्तान्तरण गरिएका मेसिनहरू विभिन्न जिल्लामा पूर्वाधार विकास, सडक निर्माण, कृषि लगायत देशको आर्थिक विकासमा योगदान पुर्याउने क्षेत्रमा परिचालन हुनेछन्।
एमएडब्ल्यू अर्थमुभर्स (जेसीबी नेपाल) बारे
एमएडब्ल्यू अर्थमुभर्सले २४ वर्षभन्दा बढी समयदेखि नेपालमा जेसीबी मेसिन तथा सेवा उपलब्ध गराउँदै आउनुका साथै देशभर फैलिएको सञ्जालमार्फत यसले हाल १२,००० भन्दा बढी सन्तुष्ट ग्राहकलाई सेवा दिइरहेको जनाइएको छ।
सम्बन्धित समाचार
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायमै
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
