एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
काठमाडौँ । एनएमबि बैंक लिमिटेडले ’नेपाल फिनटेक एक्सपो २०२६’ को अवसरमा र्याडिड टेक प्रा. लि.सँग डिजिटल बैंकिङ सेवा विस्तारका लागि सहकार्य गरेको छ । व्यावसायिक संस्थानहरूले प्रयोग गर्दै आएका दैनिक सफ्टवेयर तथा डिजिटल प्रणालीहरूबाट सोझै बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यका साथ बैंकले यो सम्झौता गरेको जनाइएको छ ।
यस सहकार्य पश्चात् एनएमबि बैंकका व्यावसायिक तथा कर्पोरेट ग्राहकहरूले चाडै नै आफ्नो बैंकिङ्ग प्रणाली भीत्रै रहि रकम भुक्तानी, हिसाब मिलान, र बैंकिङ्ग कारोबारहरू तुरुन्तै गर्न सक्ने बताइएको छ। त्यसैगरी, एनएमबि बैँकका अनुसार साना तथा मझौला ग्राहकहरूले पनि व्यापारिक केन्द्रहरू तथा विभिन्न डिजिटल प्लेटफर्महरूमा अझ छिटो, सुरक्षित र सहज रूपमा बैंकिङ्ग सेवाहरू प्राप्त गर्न सक्नेछन् । निकट भविष्यमा सञ्चालनमा आउने यस सुविधाले अनावश्यक झन्झट हटाई ग्राहकहरूको समय बचत गर्नुका साथै वित्तीय कारोबारलाई अझ सरल बनाउन मद्दत पुर्याउने जनाइएको छ ।
एनएमबि बैंकले हाल देशभरी १९७ शाखाहरु, १७६ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय बैकिङ्ग सेवा प्रदान गदै आइरहेको बैँकको दाबी छ ।
सम्बन्धित समाचार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायमै
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
