सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
काठमाडौं। साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। लगातार चौथो दिन नेप्से सकारात्मक भई बन्द भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.१२ अंक बढेर २५९९.९३ विन्दुमा पुगेको छ। सोमबार पनि ४ अंकले नेप्से बढेको थियो । सेन्सेटिभ इण्डेक्स २.३५ अंक, फ्लोट इण्डेक्स ०.४९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८४ अंक बढेको छ।
१३ मध्ये आज पाँच उपसमूहको परिसूचक बढेको छ। जीवन बीमा उपसमूहको परिसूचक १.७७ प्रतिशत बढेको छ। बैंकिङ विकास बैंक, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य बढेको छ।
नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। सोमबार चार अर्ब ४६ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो । आज ३५१ स्टकको चार अर्ब ७३ करोड ६९ लाख २६ हजार रुपैयाँबराबरको एक करोड ३५ लाख ५३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
घलेम्दी हाइड्रो कम्पनीको ३६ करोड ४७ लाख रुपैयाँबराबरको कारोबार भएको छ। माउन्टेन इनर्जीको करिब २६ करोड, कुमारी बैंकको कारोबार रकम २५ करोड रुपैयाँ नाघेको छ।
सगरमाथा जलविद्युत कम्पनीको सेयरमूल्य १२.४४ प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ। यस दिन स्नो रिभर्सको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
सम्बन्धित समाचार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
