“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
काठमाडौं । अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३ को प्लेटिनम प्रायोजकमा थप दुई कम्पनी जोडिएका बताइएको छ। आधुनिक कृषि प्रविधि तथा उपकरणको प्रवर्द्धनमा सक्रिय नेपाल ट्रेड होस्ट प्रालि र शलोम एग्रिकल्चर प्रालि प्रदर्शनीको प्लेटिनम प्रायोजक बन्नुका साथै यसअघि जी–सेभेन एग्रिकल्चर प्रालि प्लेटिनम प्रायोजक बनेको जनाइएको छ।
आगामी मंसिर ४ देखि ६ गतेसम्म (नोभेम्बर २० देखि २२, २०८३) काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने आठौँ प्रदर्शनीमा यी तीनवटै कम्पनीले सहकार्य गर्ने भएका नामियाले बताएको छ। ‘कृषिमा यन्त्र र प्रविधि: कृषक र राष्ट्रको समृद्धि’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको प्रदर्शनीले आधुनिक कृषि यान्त्रीकरण, नवीन प्रविधि तथा कृषि उपकरणको प्रयोग विस्तारमा सहयोग पुर्याउने अपेक्षा गरिएको जनाइएको छ।
विश्वप्रसिद्ध कम्पनीहरूका आधुनिक कृषि यन्त्र तथा उपकरण नेपाली किसानहरूमाझ उपलब्ध गराउँदै आएको नेपाल ट्रेड होस्ट प्रा.लि.अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३ को प्लाटिनम प्रायोजक बनेको बताइएको छ।
कम्पनीले साना, मझौला तथा ठूला आकारका विभिन्न आधुनिक कृषि यन्त्र तथा उपकरण नेपाली किसानहरूमाझ उपलब्ध गराउँदै आएको छ भने आधुनिक कृषि प्रविधिको पहुँच विस्तार गर्दै कृषि कार्यलाई सहज, प्रभावकारी र प्रविधिमैत्री बनाउन कम्पनीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको जनाइएको छ।
त्यस्तै, १५ वर्षभन्दा बढी अनुभव हासिल गरेको शलोम एग्रिकल्चर प्रा.लि.ले नेपाली कृषकहरूमाझ आधुनिक कृषि प्रविधि तथा सामग्रीको पहुँच विस्तार गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुका साथै कम्पनीले मल्चिङ, ग्रीनहाउस, सेड नेट, असिना छेक्ने जाली, थोपा सिँचाइ, फगर सिँचाइ तथा स्प्रिंकलर सिँचाइ प्रणालीजस्ता आधुनिक कृषि प्रविधि उपलब्ध गराउँदै आएको बताएको छ।
त्यसैगरी, कम्पनीले कोकोपिट, पिटमस लगायतका कृषि सब्सट्रेट तथा बायोमिनरल मलजस्ता कृषि सामग्रीको प्रवर्द्धन र आपूर्तिमा समेत काम गर्दै आएको जनाइएको छ। कम्पनीका अनुसार,आधुनिक प्रविधिको प्रयोगमार्फत कृषि उत्पादनलाई प्रभावकारी बनाउने र कृषकलाई प्रविधिमैत्री खेती प्रणालीतर्फ प्रोत्साहित गर्ने कार्यमा कम्पनीले योगदान पुर्याउँदै आएको छ ।
यसअघि प्लेटिनम प्रायोजक बनेको जी–सेभेन एग्रिकल्चर प्रालि नेपालमा आधुनिक कृषि प्रविधि विस्तारमा सक्रिय कम्पनी हो। विशेषगरी थोपा सिँचाइ, स्प्रिंकलर सिँचाइ र आधुनिक ग्रीनहाउस प्रविधिमा कम्पनीले विशिष्ट पहिचान बनाएको छ भने इजरायलमा सात वर्षभन्दा बढी समय कृषि क्षेत्रमा प्रत्यक्ष अनुभव हासिल गरी सन् २०११ मा नेपाल फर्किएका अर्जुन प्रसाद लुइँटेलसहितको टोलीले कम्पनी स्थापना गरेको दाबी गरिएको छ। कम्पनीले ललितपुरको हरिसिद्धीस्थित आफ्नै फेब्रिकेसन सुविधामार्फत आधुनिक ग्रीनहाउस निर्माण तथा उत्पादन गर्दै आएको जनाइएको छ।
हाल जी–सेभेनले नेपालका ६५ भन्दा बढी जिल्लामा आफ्ना प्रविधिको पहुँच विस्तार गरेको छ। कम्पनीमा ६० जनाभन्दा बढी दक्ष प्राविधिक तथा विशेषज्ञ कार्यरत छन् भने देशभर ६० भन्दा बढी डिलर तथा सेवा साझेदारमार्फत किसानलाई सेवा प्रदान गरिँदै आएको छ।
कृषि यान्त्रीकरण तथा प्रविधिको प्रयोग विस्तार गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रदर्शनी कृषि विभागअन्तर्गतको कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र र नेपाल कृषि मेसिनरी व्यवसायी संघको संयुक्त आयोजनामा सञ्चालन हुने बताइएको छ। बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय सहआयोजक रहने प्रदर्शनीमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम केन्द्र तथा गाउँपालिका राष्ट्रिय महासंघ नेपाल सहयोगी संस्थाका रूपमा सहभागी हुने जनाइएको छ।
प्रदर्शनी बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ भने नामियाका सचिव श्रीकृष्ण अधिकारीका अनुसार प्रदर्शनीमार्फत किसान, कृषि उद्यमी तथा व्यवसायीलाई आधुनिक कृषि यन्त्र, उपकरण र नवीनतम प्रविधिबारे जानकारी उपलब्ध गराइने छ। यसले कृषि उत्पादनलाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाउन तथा कृषि यान्त्रीकरणको प्रयोग विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको जनाइएको छ।
सम्बन्धित समाचार
आज तीन प्रदेशमा हल्का बर्षा हुने
एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि.द्वारा नेपालगञ्जमा जेसीबी एग्रीम्याक्स सार्वजनिक, १० वटा जेसीबी मेसिन ग्राहकलाई हस्तान्तरण
नेपाल पर्यटन बोर्डको सहकार्यमा टिकटकले सुरु गर्यो ‘भिजिट नेपाल’ अभियान
विश्व मोबिलिटीको भविष्य देखाउँदै ओमोडा र जेकोको अन्तर्राष्ट्रिय युजर समिट २०२६
आज चार प्रदेशमा हल्का वर्षाको सम्भावना
सीजी एलईडीको उज्यालोसँग यस तिहारलाई बनाऔँ अझै झिलिमिली र विशेष
ट्रेन्डिङ
लिपमोटर बी०३ एक्सको डेलिभरी सुरु,एकपटकको चार्जमा ५०५ किलोमिटरसम्म रेन्ज
फोटोनका १४ वटा विद्युतीय सवारी साधन (टीएम १ पीकअप) भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण
सेयर बजारमा भारी पहिरो,कारोबार रकम सवा ७ अर्ब नाघ्यो
यामाहाको ‘चङ्गा चेट’ अभियानमा १० लाख ३ हजार रुपैयाँको ग्रान्ड प्राइज विजेता घोषणा
नेप्सेमा सामान्य सुधार, कारोबार रकम साढे सात अर्ब नाघ्यो
