निरूत्साहित हुन नजानेका “म्याक्स” स्वर्ण जित्न सफल
सातौं राष्ट्रिय खेलकुद अन्तर्गत झापाको चन्द्रगढीस्थित मेची रंगशालामा सञ्चालन भएको बक्सिङमा पुरुषको लाइट हेभीवेट ८१ केजी तौल समूहमा मध्यमाञ्चलका मनोहर बस्नेत “म्याक्स” लेआर्मीका महेन्द्र केसीलाई युरोनोमसका आधारमा पराजित गर्दै स्वर्ण पदक हात पारेका छन ।
बक्सिङ्ग खेलको विकासका लागि अावाज उठाँउदा उनि खेल बाटै तिन वर्ष प्रतिबन्धित हुदाँ समेत बक्सिङ्ग खेल प्रति मोह र लगनशिलता जारी राखेका म्याक्सले अाफुलाइ अझ राम्रो राष्ट्रिय खेलाडीको रूपमा विकास गर्न सफल भएका छन । उनले नेपालमा पहिलो पटक व्यवशायिक बक्सिङ्ग कम्पनी ” म्याक्स बक्सिङ्ग प्रमोशन प्रा.लि.” को पनि स्थपना गरेका छन । म्याक्स बक्सिङ्ग प्रमोशन प्रा.लि. मार्फत नेपालमा पनि व्यवशायिक रूपमा बक्सिङ्ग खेलको विकास गर्ने म्याक्स बताउछन । बक्सिङ्ग खेल खेल्ने क्रममा म्याक्सले धेरै नै समस्याहरू झेल्न परे पनि बक्सिङ्ग खेलको विकासको लागि अाफ्नो जिवन नै अर्पण गरेको बताउने म्याक्सले बक्सिङ्ग खेललाइ अाफ्नै जन्म दिने अामा संग तुलना गरेका छन ।
उनि बक्सिङ्ग खेलकै विकासका लागि निरन्तर लागिरहदा कहिले काहीं बक्सिङ्ग संघकै पदाधिकारी बाट अपमानित हुनु पर्ने घटनाहरू दोहरिरहनुले देशको लागि खेल्ने खेलाडीको भावनामा गम्भिर चोट पुगेको देखिन्छ । निहित व्यक्तिगत स्वार्थमा फसेर राष्ट्रिय हितका लागि खेल्ने खेलाडिलाइ उचित खेल्ने वातावरण नबनाइ दिएर निरूत्साहित बनाउने प्रयास दोहरिरहनुले खेल जगतकै बदनामि हुने गरेको छ । निस्वार्थ भावले खेल विकासका लागि देशको लागि खेल्ने खेलाडिलाइ उचित वातावरण र प्रोत्साहन दिन सके खेलको माध्यम बाट राष्ट्रको शिर उच्च राख्ने सम्भावनाहरू नेपालमा लुकेर रहेकाे अवश्थामा प्रशस्तै पाउन सकिन्छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

