Jankari Kendra
१० श्रावण २०८३, आईतवार
Worldlink

अरनिको डेभलपमेन्ट बैंकले झण्डै ९५ हजार कित्ता सेयर बोलकबोलमा बेच्ने

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७३, पुष, २५
अरनिको डेभलपमेन्ट बैंकले झण्डै ९५ हजार कित्ता सेयर बोलकबोलमा बेच्ने

अरनिको डेभलपमेन्ट बैंक (ARDBL) ले ५१ हजार ९० कित्ता साधारण सेयर र ४३ हजार सात सय ५९ कित्ता संस्थापक सेयर माघ १० गतेदेखि सर्बसाधरणहरुलाई बोलकबोलबाट बेच्ने भएको छ ।

बैंकले कातिक ८ गतेदेखि ३६ प्रतिशत हकप्रद जारी गरेको थियो । बैंकले जारी गरेको हकप्रदमा नबिकेको सेयर बोलकबोलमा बेच्न लागेको हो । बोलकबोल आवेदन सिद्धार्थ क्यापिटल अनामनगर र अरनिको डेभलपमेन्ट बैंक धुलिखेलबाट माघ २४ गते सम्म कार्यालय समयभित्र बुझाउन सक्नेछन् ।

बोलकबोल माघ २५ गते तीन बजे बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा खोलिने छ ।बोलकबोल गर्न ईच्छुक लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन गर्न सक्नेछन् । बोलकबोल गर्नेले एक सय रुपैंयाँ भन्दा धरै मुल्य अंकित गरेर आवेदन दिन सक्नेछन् ।

बैंकको सेयर अन्तिम पटक असोज ३० गते नेप्सेमा तीन सय ७० रुपैंयाँमा कारोबार भएको थियो । बैंकले गत बर्षको नाफाबाट सेयरधनीलाई १७ प्रतिशत बोनस दिएको छ ।

सेञ्चुरी कर्मसियल बैंकसँग एक्वीजीसनमा गएको बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्मको अवधिमा ८१ लाख ७२ हजार खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १२.६८ रुपैंयाँ कायम गरेको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

स्रोत http://merolagani.com/NewsDetail.aspx?newsID=29416

Top Changing Nepal

युट्युब सट्स