लोकसेवाद्वारा ११ सयभन्दा बढी नासुको दरखास्त माग
लोकसेवा आयोगले निजामती सेवाका विभिन्न समूहमा १ हजार १ सय १२ जना नायब सुब्बाका लागि दरखास्त माग गरेको छ । जसमध्ये ४ सय ५८ जना खुला प्रतिस्पर्धाबाट नियुक्त हुनेछन् । बाँकी भने निजामति सेवाको आन्तरिक प्रतिस्पर्धाबाट छानिनेछन् । लोकसेवाले माघ १८ गतेसम्मको म्याद दिएर दरखास्त माग गरेको हो । सबैभन्दा बढी मध्यमाञ्चल क्षेत्रका लागि १ सय ९८ नासु मागिएको छ । पूर्वाञ्चलका लागि ९१, पश्चिमाञ्चलका लागि ६९, मध्यपश्चिमाञ्चल क्षेत्रीय ५७, सुदूरपश्चिमाञ्चलका लागि ४३ पदमा खुला प्रतिस्पर्धा हुनेछ । यसमा आन्तरिक र खुला दुबै गरी प्रशासन सेवाअन्तर्गत आठ सय ९१ जना माग गरिएको छ । जसमा प्रशासन सेवाअन्तर्गत रहेको सामान्य प्रशासन समूहका लागि ५ सय ९२, लेखा समूहका लागि २ सय २२ र राजस्व समूहका लागि ७७ जना नासु पदमा नियुक्त हुनेछन् । अन्य समूहहरुमा पनि नासुका लागि दरखास्त खुलेको छ । खुला तथा आन्तरिकतर्फ प्रथम चरणको परीक्षा फागुनमा हुनेछ । दोस्रो चरणको परीक्षा वैशाखमा हुने आयोगले जनाएको छ । नायव सुब्बा दरखास्त दिन न्यूनतम शैक्षिक योग्यता प्रबणिता उत्तीर्ण वा सो सरहको र नेपाली नागरिक हुनुपर्छ ।
सम्बन्धित समाचार
क्लासिक टेकमा १०० भन्दा बढी रोजगारीको अवसर
एलजी सीप शिक्षाबाट नेपाली युवामा रोजगारीको आशा, ४०० मध्ये ३० प्रतिशतले पाए रोजगार
दक्षिण कोरियामा रोजगारीका लागि भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय जनाको माग
गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही
इजरायलमा २ हजार ३ सय नेपाली कामदारका लागि रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन
नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

