Jankari Kendra
२२ श्रावण २०८३, शुक्रबार
Worldlink

रेडलाइट एरियाको आवश्यकता छ ः थपलिया

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७३, माघ, २७
रेडलाइट एरियाको आवश्यकता छ ः थपलिया

पुजन धिताल

शुकदेव थपलिया,पत्रकार

नेपालको रमणीय ठाउँको रुपमा परिचित काभेको सुन्दर नगर तिमालको सस्र्युखर्क १ मा माता गणेश कुमारी थपलिया र पिता गणेश प्रसाद थपलियाको कोखबाट वि.स २०५२।०७।२७ गते का दिन परिवारको माइलो सन्तानको रुपमा शुकदेव थपलियाको जन्म भएको हो । छोटो समयमा आफुलाई पत्रकारीता क्षेत्रमा मेहेनत गरी छुट्टै धारले चिनाउन सफल छन् । उनि भन्छन ’’मेहनत गरे सफल बन्न सजिलो छ । उनीसँग यो पालीको भेटमो गरेको कुराकानीको प्रस्तुत छ सार अंशः

आजभोली दिनहरु कसरी बित्दै छ ?

–बिशेषगरी म खोजमुलक समाचार लेखनतिर व्यस्त छु ।

कति सालदेखि कामको सुरुवात गर्नु भयो?

thapali ya

–वि.स २०६९ सालदेखि कामको सुरुवात गरेको हँु ।

सफलता के हो ?र किन आवश्यक पर्छ?

–क्रियाशिल र धैयताको उपज हो सफलता  जीवन जिउनको लागि आवश्यक पर्ने तत्व हो ।

तपाई आफ्नो सफलताको कुरा पहिलो पटक कसैलाई र किन सुनाउनु हुन्छ?

–मेरो परिवारलाई सुनाउछु किन भने जो म जन्मे देखि नै संगै छन् ।

तपाईको भबिष्यको लक्ष्य के हो ?

–देशले नै गौरव गर्नका लागी योग्य व्यक्ति बन्नु मेरो लक्ष्य छ ।

thapaliya 2

राजनीति के हो ? वर्तमान राजनीतिमा यहाँको धारणा ?

–राजनीति स्वतन्त्रताको पर्याय हो । हाल नेतृत्वको विषयलाई तछाड–मछाड गरि यसको स्वरुप बिगारिएको छ । हिजो एउटै परिवारका सदस्यहरु आज विभिन्न विचारका कारण सम्बन्ध र नाताहरु गुट र उपगुटमा विभाजित भएर तोडिँदैछन् सङगठनहरु र दलको नाममा अपभ्रशंहरु व्युँतदैछन् । जबसम्म हामीमा पार्टीवादी विचार रहन्छ तब सम्म विभिन्न नाममा हामीले नै दुःख पाइरहने छौँ । वर्तमान राजनीतिमा मेरो धारणा बुझ्नुहुन्छ भने देशको बिकास भन्दा पनि बाहानाबाझीमा सङक्रमणकाल बित्दै छन् संविधान बने पनि कार्यान्वयन हुन नसक्नु यसको एउटा नमुना उदाहरणको रुपमा लिन सकिन्छ । यस मानेमा पनि देश र समय अनुसार राजनीतिक धारहरु व्यक्तिगत स्वार्थ केन्द्रित छन् भन्ने लाग्छ ।thapaliya 3

अहिलेका युवाहरु राजनीतिमा चासो नदेखाउनुको कारण ?

–यहाँ युवालाई कुन क्षेत्रमा स्थान दिइएको छ र ? युवाहरु चासो भएर आए पनि उसको गतिविधिलाई सल्लाह सुझावको सटट साथ दिने भन्दा आलोचना गरी परास्त गर्नतिर अग्रसर हुनेहरुको जमात बाक्लो भएकै कारण यसमा युवाहरुको चासो कम भएको देखिन्छ । फेरी युवा जमातलाई नै ढाल बनाएर आफुहरु शिर्ष तह तप्कामा रहने प्रवृत्ति पुरानै रोग हो ।

तपाईं राजनिती गर्नु हुन्छ ?

–अहिले म विशुद्ध जनताको साथमा छु उनीहरुको समस्यालाई उजागर गरी सम्बन्धित तहमा पुर्याउने मेरो पेसागत धर्म हो । देश र समयले मागे राजनीति पनि गर्नुपर्छ ।

जीवन के हो ?

–बुझ्नै नसकिने सङ्घर्ष  र मृगतृष्णाबीचको सङ्गम बिन्दुको एक खेल नै जीवन हो ।

जीवनको ठुलो तीन चीज ?

१.परिवार –जो जन्म देखी नै मृत्यु पर्यन्त सँगै हुनेछन् ,

२.शब्द–संसारकै बहुमुल्य चीज हो भने

३.समय–संसारलाई चलाउने महान् खेलाडी भएकै कारण जीवनका ३ ठुला चीज मान्छु ।

प्रेम के हो ? प्रेममा शारीरिक सम्बन्ध नि ?

–आँखाले देखेर मनले महसुस गर्न पाइने स्वर्गीय आनन्द  नै प्रेम हो । शारीरिक सम्बन्धको सवाल छ, त्यो दुई जनाबिचको गोपनीयताको कुरा हो । मन मिलेको खण्डमा यसलाई अन्यथा मान्नु पर्दैन तर हाम्रो समाजमा मन मिल्ने समय सम्म शारीरिक सम्बन्ध राख्न मञ्जुर हुने मन फाट्नासाथ त्यसलाई बलात्कारको आरोप लगाउने प्रचलन पनि छ । महत्वपुर्ण सवाल के हो भने हामी कानुनी बन्धनमा छौँ कानुन परि पालना गर्नु हाम्रो कर्तव्य पनि हो मेरो व्यक्तिगत बिचारको कुरा गर्नुहुन्छ भने शारीरिक सम्बन्धका बारेमा कानुनमा केहि समयअनुसार परिमार्जीत हुनु जरुरी छ । नेपालमा देखिँदै आएको अस्वभाविक अनियन्त्रीत अव्यवहारिक यौनजन्य अपराधहरु नियन्त्रण गर्न,सभ्य समाजको निर्माण गर्न,बिकृतिहरु हटाउन र नेपालको युवा पुस्ताहरुको यौन चाहानालाई हेर्ने हो भने नेपालमा रेडलाइट एरिया बनाउनु आवश्यक भएको पनि मलाई महसुस भएको छ ।

पत्रकारिताबाट बाँच्न सकिन्छ त ?

–वर्तमान परिस्थीतीमा कठिन छ वैकल्पीक पेसा अपनाउनु पर्ने बाध्यता छ । ध्रुवसत्य कुरा के हो भने पत्रकारहरुले नियुक्ति पत्र अनुसारले तलब भत्ता पाएका छैनन् ।साहुजीहरुले नियुक्ति पत्रमा जति पैसा दिने उल्लेख गरे पनि जेन्टल एग्रीमेन्ट अनुसार ज्यादै न्यून पारिश्रमिक दिइन्छ मेरो विचारमा यो ९५ प्रतिशत पत्रकारको समस्या हो । जति नै चर्का कुरा गरे पनि पत्रकारहरुले कि न्युनत्तम पारिश्रमिकमा काम गर्नुपर्छ कि पेसा छोड्नुपर्ने हुन्छ । तपाई काभ्रेकै पत्रपत्रिकाका प्रकाशकहरुले सम्पादक तथा पत्रकारहरुलाई सूचना विभागको पास बनाउने बेलामा दिएको नियुक्ति पत्रमा उल्लेख गरे बमोजिम तलब भत्ता पाएका छन् कि छैनन् ? सत्य कुरा उनीहरुले बताउन सक्छन् । आफ्नो योग्यता र क्षमताको आधारमा तलब भत्ता पाउँछु भनेर नसोचे पनि हुन्छ । कागजी रुपमा पैसा धेरै बुझेको देखिए पनि व्यवहारिक रुवमा त्यसको १० प्रतिशत पनि पाएका हुँदैनन् अब तपाँई आफै भन्न्स पत्रकारीताबाट बाँच्न सकिन्छ या सकिँदैन मेरो व्यक्तिगत सुझाव यो पेसामा लागेर आर्थिक उपार्जन गर्छु भन्नेहरु नआउँदा नै राम्रो ।

किन पत्रकारिता छनोट गर्नुभयो ? काभ्रेको पत्रकारीताको स्वरूपलाई कसरी हेर्नुहुन्छ ?

–सुरुमा म यो पेसामा बुझेर लागेको होइन रहरले लागेको हो । लामो समय यहि पेसामा भए पछि पेसा परिवर्तन गर्न गाह्रो भयो । आर्थीक उपार्जन नभए पनि आत्म सन्तुष्टिको पाएकै कारण यसमा लागिरहेको छु । काभ्रेको पत्रकारीताको सवालमा विगत केहि बर्षदेखी मात्रै थोरै जानकार छु यसमा सबैको आ आफ्नै स्थान छ राष्ट्रिय रुपमा काभ्रेका सूचनाहरुलाई उच्च स्थानमा लान अग्रज दाजुहरुको योगदान भुल्न सकिदैन । नयाँ पुस्ताको आगमनमा काभ्रेमा सिकाउने र प्रतिस्पर्धी रुपमा हेर्ने दृष्टि कै कारण यसमा आउने नयाँ पुस्ताले स्थान पाउन सकेका छैनन् ।

पत्रकारीता पार्टीकारिता बन्दै छ नि ?

–पत्रकार भएपछि पत्रकारितामा उसले राजनीति गर्नु हुन्न भन्ने बुझेको छु किनकी पत्रकार शब्द आँफैमा पवित्र छ त्यसलाई विचारको खेल भित्र तौलनु नै अपराध हो भन्ने महसुस गर्न पुग्छु । पत्रकार राजनीतिक विचारबाट प्रभावित हुन पुग्नु दुखद् कुरा हो । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महाँसंघको चुनाव नजीकिदै गर्दा तपाँई नै हेर्नुस् कसले कुन पार्टीबाट टिकट पाउँछन् यो पार्टी ऊ पार्टीबाट भन्दै हिँड्दा पत्रकारहरु राजनीतिबाट कति प्रभावित छन् भन्ने कुरा अनुमान लगाउन सकिन्छ । पार्टीकारीता बन्ने बनाउने भन्ने कुरा नेपालको नीतिमा पनि भर पर्ने कुरा हो यसलाई वास्तविकतामा झार्ने हो भने कडाइका साथ पत्रकारीता क्षेत्रलाई लिने हो भने वास्तविक सूचनाहरु जनताले सहजै थाहा पाउनेछन् ।

अन्त मा के भन्नुहुन्छ ?

–मेरा विचार पहिलो चोटी तपाईँको पत्रिकामा राख्न दिनु भएकोमा तपाई र तपाईको सिङ्गो पत्रिकाको टिमलाई धन्यवाद दिन चाहान्छु । शब्द नै संसार हो यसलाई सदैव मायाँ गरौँ हामीले यसलाई जसरी बुझ्याँै त्यसरी नै बुझ्न सकिनेछ संसार भन्छु ।

Top Changing Nepal

युट्युब सट्स