रौतहटमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु २ जना गम्भीर घाइते
अखिलेश कुमार यादव ।रौतहट, ३० बैशाख ।
रौतहटको जिल्लाको दक्षिणी भेगमा रहेको मौलापुर गाउँपालिका स्थित शनिबार बिहान दुइटा मोटरसाइकल एक आपसमा ठोक्किदा चालकको घटनास्थलमै निधन भएको छ । दुइजना यात्रु गम्भीर घायल भएको छ । मृतकको पहिचान मौलापुर ३ मर्यादपुर गाउँका २५ वर्षीय मुकेस कुमार पटेलको रुपमा गरिएको छ इलाका प्रहरी चौकी बन्कुलले जानकारी गराएको छ ।
बन्कुल बाट मौलापुर तर्फ गइरहेको बा२८प ५८७ नम्बर को मोटरसाइकल र बिपरित दिसा बाट आउदै गरेको ना १३प ११३५ नम्बर को मोटरसाइकल पथरा बुधराम गाउँ नजिकै बिहान् ९ बजे एक आपसमा ठोकिएको थियो ।एक आपसमा मोटरसाइकल ठोक्किदा घटनास्थलमा चालकको मृत्यु भएको छ । सो स्थानमा रहेको घुमाउरो बाटोमा तीब्र गतिमा गुडिरहेको दुबै मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भयो जिल्ला प्रहरी प्रमुख एसपी यज्ञ बिनोद पोख्रेलले जानकारी दिएका छन् ।
अर्का चालक कटहरिया गाउपलिका १ भसेढ्वाका २० बर्षका रामजी यादव र पछाडी बसिरहेका फतुआ बिजयपुर गाउँ पालिका पेटभर्वा टोलका २५ का हरिन्दर यादवको गम्भीर अवस्थामा जिल्ला अस्पताल गौरमा उपचार भैइरहेको तथा थप उपचारको लागि काठमाडौँ पठाउने तयारीमा रहेको प्रहरी प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले बताएका छन् ।बिगत केहि दिन पहिला रौतहटमा मोटरसाइकल दुर्घटनमा परेर एक यात्रुको मृत्यु भएको थियो एक हफ्ताको भित्र रौतहट मा यो दोस्रो मोटरसाइकल दुर्घटना हो । यसको ठप्प बिबरण आउँन बाकि छ ।