अनुगमनमा मिठाइ पसल, अधिकांश दुर्गन्धित
जानकारी केन्द्र
२०७४, आश्विन, ११
बिष्णु जोशी, धनगढी
धनगढी कैलालीको धनगढी काअधिकांश मिठाई पसलका भान्सा दुर्गन्धित रहेको पाइएको छ । धनगढी उपमहानगरपालिका कार्यालयले धनगढी बजारका विभिन्न होटेल, मिठाई पसल, पेय पदार्थका ठुला पसल, किराना पसल तथा डेरीको अनुगमन गर्दा डेरी तथा मिठाई पसलका भान्सा अधिकान्श दुर्गन्धित अवस्थामा रहेको पाइएको छ । धनगढी उपमहानगरपालिकाका सूचना अधिकारी सुरेन्द्र कार्कीको नेतृत्वमा गएको अनुगमन टोलीले मिठाई पसल, किराना, पेय पदार्थ बिक्री गर्ने पसलमा अनुगमन गरेको थियो ।
यस क्रममा न्यू ब्ल्यु स्टार स्वीट हाउसको भान्साघर निकै दुर्गन्धित अवस्थामा रहेको र मिठाई बनाउन अखाद्य वस्तु प्रयोग गरेको भेटिएको जनाइएको छ ।त्यस्तै, महावीर भोजनालयको भान्सा घर स्वच्छ भए पनि मिठाईमा रङ्गको प्रयोग गरेको भेटिएको थियो । सूचना अधिकारी कार्कीका अनुसार विगतको तुलनामा गुणस्तरमा केही सुधार आएको बताउनु भयो । उनले आम उपभोक्ताहरु सचेत हुने हो र सामान खरिद गर्दा बिलसहित सामानको लेवल पनि हेर्ने हो भने अझैं सुधार आउने बताएका छन
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

