• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०१ साउन २०८३, शुक्रबार
०१ साउन २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
  • १४ घण्टा 

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन
  • १४ घण्टा 

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार
  • १६ घण्टा 

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन
  • १७ घण्टा 

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
  • २० घण्टा 

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
  • २१ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • २१ घण्टा 

२०८३ साउन १ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २१ घण्टा 

पर्सामा चट्याङ पर्दा सात जना घाइते
  • १ दिन 

लोकप्रिय समाचार

  • १. आजदेखि पूर्ण तौलको एलपी ग्यास सिलिन्डर बिक्री पुन : सुरु, मुल्य कति ?

  • २. जी.ओ. अटोमोबाइल्सले ल्यायो नयाँ योजना : अब दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

  • ३. देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना

  • ४. ११ महिनामा निर्यात बढ्यो, तर व्यापार घाटा १६ खर्ब नाघ्यो

  • ५. देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

  • ६. एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

  • ७. नेपाली परिवारका लागि मन र घरको शान्तिको भरोसा बन्दै गोदरेज रेफ्रिजरेटर

  • ८. आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

  • ९. स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा

  • १०. अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

उम्मेद्धवारहरुलाई भ्याईनभ्याई, मतदाताहरुलाई पैसामा किन्ने खेल सुरु (कसले कहाँ कति रकम बाँडे विवरणसहित)

admin २०७४, मंसिर, २०

काठमाडौं, २० मंसिर । भोलि विहान ५ बजेबाट सुरु हुने प्रदेश र प्रतिनिधि सभाको दोस्रो चरणको मतदानको पूर्वसन्ध्यामा अहिले उम्मेद्धवाहरुले आफ्नो पक्षमा मतदाताहरुलाई पार्नको लागि पैसाको बोरा नै बोकेर निस्किएको घट्नाहरु सार्वजनिक हुन थालेका छन् ।

अरु त परै जाओस् निर्वाचन आयोग परिसर अघि नै उम्मेद्धवारहरुले व्यापक चलखेल सुरु गरिसकेका छन् । उम्मेद्धवारहरुले गरिब, असहाय तथा सुकुम्वासीहरुलाई आफ्नो पक्षमा मतदान गर्नको लागि प्रलोभनस्वरुप निकै मोटो रकम वितरण गरेको समाचारहरु बाहिरिएका छन् । काठमाडौं क्षेत्र नम्बर ५ को प्रदेश सभाका लागि नेपाली कांग्रेसका उम्मेद्धवार डा. प्रकाशशरण महत पैसा बाँडिरहेको अवस्थामा रँगे हात पक्राउ परेका छन् ।

त्यस्तै काठमाडौं क्षेत्र नम्बर ७ मा वाम गठबन्धनका उम्मेद्धवार रामविर मानन्धर पनि करोडौं रकम लिएर गोप्य रुपमा भोट बैंकमा छिरेको खबर बाहिरिएको छ । उनले आज रातिसम्म करिब दुई करोड रकम बाँडेर आफ्नो पक्षमा मत तान्ने तयारी गरेका छन् । उनका प्रतिद्धन्द्धी एवम् लोकतान्त्रिक गठबन्धनका उम्मेद्धवार समेत रहेका महिला, बालबालिका तथा समाजकल्याण मन्त्री विक्रम बहादुर थापापनि मानन्धरलाई माथ खुवाउनेगरि मोटो रकम लिएर जनताको घरदैलोमा पुगेका छन् ।

उता काठमाडौं क्षेत्र नम्बर १० का उम्मेद्धवाहरु पनि पैसाको चलखेल गर्न गाउँगाउँ छिरिसकेका छन् । लोकतान्त्रिक गठबन्धनका उम्मेद्धवार, बहालवाला खेलकुदमन्त्री एवम् नेपाली कांग्रेसका उम्मेद्धवार राजन केसी अहिले मोटो रकम लिएर किर्तीपुरका गाउँगाउँ पसेका छन् भने उनका प्रतिद्धन्द्धी वाम गठबन्धनका उम्मेद्धवार एवम् नेकपा माओवादी केन्द्रका उम्मेद्धवार हितमान शाक्यपनि बाक्लो रकम बाँड्दै हिँडेका छन् । उनले विशेषगरि कलंकी क्षेत्रमा रकम वितरण गरेको खुलासा भएको छ।

काठमाडौंमात्रै नभएर तराई मधेशका विभिन्न जिल्लामा अहिले उम्मेद्धवारहरु गोप्य रुपमा निजी गाडी लिएर भोजभतेर र पैसा वितरणमा सक्रिय भएका छन् । उनीहरुले एउटा भोटपनि किन्ने भन्दै मोटो रकम छुट्याएका छन् । खासगरी ठूला दलका उम्मेद्धवारहरुले यस्तो हतकण्डा अपनाईरहेका छन् । भोजभतेर त हप्तादिनअघि नै सुरु भएको छ । किनकी उम्मेद्धवारहरुले ठूलो मतदाताहरु रहेका क्षेत्रमा मदिरा र मासुको वालछेल नै बनाएका समाचारहरु विभिन्न सञ्चारमाध्यममा निकै महत्वका साथ प्रकाशित भएका छन् । यसले पनि देखाउँछ, मधेशमा मसल र मनीको भरमग्दुर प्रयोग भैरहेको छ ।

खासगरी धनुषा क्षेत्र नम्बर ३ मा राजेन्द्र महतो भर्सेस विमलेन्द्र निधिवीचको लडाई अहिले दुवै नेताको लागि प्रतिष्ठाको विषय भएको छ । उनीहरुको चुनावी प्रतिष्पर्धा निकै महत्वका साथ सञ्चारमाध्यमहरुले सुरुवाती दिनदेखि नै प्रकाशित गर्दै आएका छन् । महतो र निधि दुवैले आफ्नो पक्षमा मतदाताहरुलाई पार्नको लागि कुनै कसर बाँकी राखेका छैनन । यतिसम्म कि निधि र महतो दुवैजना दश करोडभन्दापनि बढि रकम खर्चिन तयार छन् । स्रोतका अनुसार उनीहरुले आफ्नो पक्षमा मतदाताहरुलाई आकर्षित पार्नको लागि हिजो रातिदेखि नै पैसाको विटो वितरण सुरु गरिसकेका छन् । निधिले जति रकम खर्चिन्छन् त्यो भन्दापनि बढि खर्चिन आफू तयार रहेको महतोको भनाई छ ।

चितवनमा वाम गठबन्धनका उम्मेद्धवार पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दश करोड रकम उनका प्रतिद्धन्द्धी विक्रम पाण्डेले वितरण गरिसकेको खबर बाहिरिएको छ । उनले खासगरी माडी क्षेत्रका जनतालाई आफ्नो प्रभावमा पार्न यत्रो रकम खचिएको बुझिएको छ ।

काठमाडौँ क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार डा. प्रकाशरण महत र नुवाकोटका कांग्रेस नेता एवं समानुपातिक उम्मेदवार बहादुरसिंह लामा धापासी स्थित सुकुम्वासी वस्तीमा मतदातालाई प्रभावित गर्दै गर्दा स्थानीयको घेरावन्दीमा परेका छन् ।

टोखा नगरपालिकाको वडा नम्बर ७ को सुकुम्वासी वस्तीमा उनीहरुले पैसा बाँड्दै गर्दा  स्थानीयले घेरावन्दी गरेका थिए । केही वेर स्थानीय र उम्मेदवार महतबीच चर्काचर्की भएको थियो ।

नवराज सिलवालको पक्षमामत माग्ने वडा अध्यक्षलाई स्थानीयले लखेटे

नवराज सिलवालको पक्षमा राती राती मत माग्ने एमाले वडा अध्यक्षलाई स्थानीयले लखेटेका छन् । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको बिहीबार हुन लागेको निर्वाचनमा मतदातालाई प्रभावित तुल्याउन ललितपुर क्षेत्र नं. १ मा मतदाता प्रभावित बनाउन हिँडेका एमालेका वडाध्यक्ष गंगाराम तिमल्सिनालाई स्थानीयले हातपात गरेका हुन् ।

मंगलबार राति दलबलसहित बाम गठबन्धनका तर्फबाट प्रतिनिधी सभामा उम्मेदवारी दिएका एमालेका उम्मेदवार तथा पूर्वडिआईजी नवराज सिलवालको पक्षमा मत मागेर मतदाता प्रभावित बनाइ रहेका बेला स्थानीयले तिमल्सिनालाई छोपेर हातपात गरेको प्रत्यक्षदर्शीले बताए ।

रौतहटमा माछा र मासुको भोज, मदिरा फालाफाला

निर्वाचनका लागि २४ घण्टा भन्दा कम समय बाँकी रहदा रौतहटका उम्मेदवारहरुको बेचैनी बढेको छ । मौन समयको उल्लंघन गर्दै उम्मेदवारहरु मतदाता प्रभावित पार्न सक्रिय छन् ।जिल्लाका अधिकांश मतदाताको घर घरमै उम्मेदवारले माछा र कुखुरा पुर्‍याएका छन् ।

प्राय गरिब तथा दलित बस्तीहरुका मतदाता रिझाउन उम्मेदवारहरुले मासु र मदिरा बाँड्ने गरेका छन् । व्यापारीलाई भने भ्याइनभ्याइ छ । गरुडा बजारमा रहेको मासु पसलमा राति एक बजेदेखि कुखुराको मासु तयार गरिँदै छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

ताजा

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.