• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, कार्तिक २९, २०८२
शुक्रबार, कार्तिक २९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

विर्तामोडमा सार्वजनिक भयो ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक’ ले ‘पर्फेक्ट’ बनेको दिपल एस ०५ : सुरु भयो विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज

२०८२ साल कार्तिक २९ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

कजारिया टायल्सको ‘लक्की ड्र’ बम्पर विजेता घोषणा, चितवनकी योजीना गुरुङ सिङ्गापुर क्रुज यात्राको भाग्यशाली

डेडिकेटेड र ट्रङ्क लाइन प्रयोगबापत २५ नयाँ उद्योगले बुझाए पहिलो किस्ता, ३५ उद्योगबाट २३ करोड ८७ लाख उठ्यो

तोलामा ५ सय घट्यो सुनको मूल्य ,कतिमा हुँदैछ कारोबार?

फोटोन ग्लोबल कन्फरेन्समा एमएडब्लु वृद्धिले जित्यो ‘पायोनियर इन न्यू एनर्जी प्रोमोशन’ अवार्ड

नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

नेपाली सेनामा विभिन्न पदका लागि दरखास्त आह्वान (सूचनासहित)

गरिमा विकास बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. २०८२ साल कार्तिक २६ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. बोस्च पावर टुल्स द्वारा दराजमा ११.११ अफर सार्वजनिक : १५% सम्म छुट, जर्मन इन्जिनियरिङ्ग मात्र रु ११ मा

  • ३. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ४. जिली इएक्स ५ को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो : सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय पुरस्कार बटुल्दै

  • ५. २०८२ साल कार्तिक २५ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. यूरो एनक्याप टेस्टमा आयन भीलाई फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त

  • ७. नक्कली बिलबिजक बनाएर ठगी, सचेत रहन प्रहरीको आग्रह

  • ८. अब एक पटकका लागि नाम, जन्ममिति लगायतका व्यक्तिगत घटना विवरण सच्चाउने बाटो खुल्यो

  • ९. एमएडब्लू वृद्धिद्वारा सुर्खेतमा नयाँ फोटोन शोरुमको उद्घाटन

  • १०. २०८२ साल कार्तिक २७ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

दुईबुँदे सहमति गर्दै फोरम सरकारमा जाने तयारी, उपेन्द्रले गरे यस्तो प्रस्ताव

फागुन १८, काठमाडौँ । संघीय समाजवादी फोरम एमाले–माओवादीसँग दुईबुँदे राजनीतिक सहमति गरी सरकारमा जान तयार भएको छ ।

संविधान संशोधन गर्न सकिने विषय संयुक्त कार्यदलमार्फत गृहकार्य गर्दै जाने सहमति गर्दै फोरम सरकारमा सहभागी हुन तयार भएको हो ।

अाजको नयाँ पत्रिकामा खबर छ-‘उहाँहरू दुईबुँदे सहमतिमार्फत सरकारमा सामेल हुन तयार हुनुभएको छ, सहमतिका लागि अन्तिम मस्यौदा पनि बनिसकेको छ,’ फोरमसँगको छलफलका लागि गठित कार्यदलमा एमालेतर्फका एक सदस्यले भने, ‘तर, शीर्ष तहमा मन्त्रालय बाँडफाँडसहित प्याकेजमा कुरा मिल्न बाँकी नै रहेकाले छलफल लम्बिँदै गएको हो ।’

दुईतिहाइ मत पुर्‍याउने गृहकार्यसहित एमाले र माओवादी केन्द्रले एक सातादेखि लगातार छलफल गर्दै आएका छन् । प्याकेजमै विषय नटुंगिएकाले सरकार–फोरम छलफल लम्बिँदा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले फोरमसँगको वार्ता नटुंगिएकाले मन्त्रिपरिषद्लाई पूर्णता दिन कम्तीमा आइतबारसम्म कुर्नुपर्ने बताए ।

मन्त्रालयबारे फोरमले आन्तरिक छलफल गर्ने

सरकारमा सहभागिताबारे करिब–करिब राजनीतिक सहमति भइसके पनि मन्त्रालय बाँडफाँडसहित प्याकेज सहमति हुन नसकेपछि फोरमले आन्तरिक छलफल गर्ने भएको छ ।

‘समाजवादसम्म पुग्ने र समाजवादको मौलिक मोडल अपनाउने विषयमा आधारभूत रूपमा सहमति नै रहेकाले नमिल्ने स्थिति नै छैन, हामी छलफलमै छौँ,’ फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भने, ‘तर, सबै टुंगो लगाउन अझै दुई–चार दिन लाग्न सक्छ, हामी पार्टीमा छलफल गरेर अघि बढ्दै छौँ ।’

यी हुन् फोरमबाट मन्त्रीका दाबेदार

फोरमबाट अध्यक्ष उपेन्द्र यादव, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, नेताहरू इस्तियाक राई र रेणु यादव मन्त्रीका मुख्य दाबेदार हुन् । अध्यक्ष यादव कम्तीमा ३ देखि ४ जनालाई मन्त्रिपरिषद्मा सहभागी गराउने गरी दुईवटा प्रभावशाली मन्त्रालय लिने योजनामा छन् ।

यादवको चाहना मर्यादाक्रममा अघि

अध्यक्ष यादवले मन्त्रिपरिषद्मा सहभागितासँगै आफ्नो मर्यादाक्रमबारे पनि कुरा राखेका छन् । प्रधानमन्त्री ओलीसँगको छलफलमा उनले मर्यादाक्रममा आफू अगाडि हुनुपर्ने प्रस्ताव गरेको स्रोतले बतायो ।

अन्य मन्त्रीहरू पार्टी अध्यक्षको हैसियतमा सहभागी नहुने, उपप्रधानमन्त्री र दुई–दुईपटक परराष्ट्रमन्त्री भएकाले प्रधानमन्त्रीपछिको मर्यादाक्रम हुनुपर्ने यादवको दाबी छ । तर, प्रधानमन्त्री ओलीले भने यसबारे कुनै प्रतिक्रिया नदिएको स्रोतले बतायो ।

यस्तो छ सहमतिको मस्यौदा
१. संविधान संशोधनबारे

संघीय समाजवादी फोरमले उठाउँदै आएको संविधान संशोधनसँग सम्बन्धित माग र मुद्दा संविधान संशोधनको माध्यमबाट संशोधन गर्ने । त्यस्तै, कतिपय विषय र एजेन्डा सरकारको नीति तथा कार्यक्रममार्फत सम्बोधन गरिनेछ । यी सबैको गृहकार्य गर्न आवश्यकताअनुसार संयन्त्र निर्माण गरेर अघि बढ्न सहमत भएका छौँ ।

२. सरकारमा सहभागिताबारे

एमाले र माओवादी केन्द्रसँग सरकारमा सहकार्य गर्दै अघि बढ्न संघीय समाजवादी फोरम सहमत भएको छ ।

सरकारको प्रस्ताव २ फोरमको माग ३ मन्त्रालय

सरकारमा सहभागिताको विषयलाई लिएर सत्तारुढ एमाले–माओवादी र फोरम नेताहरूबीच बिहीबार प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफल भयो । तर, मन्त्रालय बाँडफाँडमा सहमति जुट्न सकेन । प्रधानमन्त्री केपी ओलीले २ वटा मन्त्रालय दिन सकिने प्रस्ताव गरेका थिए । तर, फोरम अध्यक्ष यादवले ३ मन्त्रालय मागे ।

यादवले प्रतिनिधिसभामा उपसभामुखसमेत दाबी गरेका छन् । उच्च स्रोतका अनुसार प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डले यादवलाई संघीय मामिला या परराष्ट्रमध्ये एक आफूले हाँक्ने गरी दुई मन्त्रालय लिएर सरकारमा आउन आग्रह गरेका थिए ।

‘तपाईं संघीयताको च्याम्पियन हो, त्यसैले संघीय मामिला मन्त्रालय लिनुभयो भने काम गर्न सरकारलाई धेरै सहज हुन्थ्यो, त्यसो हुन्न भने दुई–दुईपटक परराष्ट्रमन्त्री भइसकेका कारण त्यही लिएर सरकारमा सहभागी हुनुस्,’ ओलीको भनाइ उद्धृत गर्दै यादवनिकट स्रोतले भन्यो ।

तर, प्रदेश २ मा सरकारको नेतृत्व गरिरहेकाले काम गरेर देखाउनुपर्ने अवस्था रहेको भन्दै यादवले ‘पावर’ केन्द्रितभन्दा पनि सहरी विकास, भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत र कृषि तथा भूमिसुधारमध्ये सकेसम्म २ र अर्को एक मन्त्रालय माग गरेका छन् ।

 एमालेमा मन्त्री छान्न झमेला

१४ फागुनमा चार मन्त्री थपिएसँगै मन्त्रिपरिषद्को संख्या ७ पुगेको छ । बाँकी रहेका ११ मन्त्रालयमध्ये फोरमलाई कम्तीमा २ मन्त्रालय दिने हो भने ९ वटा मात्र बाँकी रहन्छ । अहिलेसम्म एमालेबाट ४ र माओवादीबाट २ जना मन्त्री बनिसकेका छन् । ९ मध्ये माओवादीले ४ मन्त्रालय लिने सम्भावना रहेकाले एमालेको भागमा ४ या ५ मन्त्रालय मात्र बाँकी रहन्छ ।

जब कि एमालेभित्रै अर्थमन्त्रीका दाबेदार सचिव प्रदीप ज्ञवाली र सुरेन्द्र पाण्डेसँगै अहिलेसम्म मन्त्रीको अवसर नपाएका सचिव योगेश भट्टराई र अर्का सचिव गोकर्ण विष्ट दाबेदार छन् ।

ओलीलाई नजिकबाट सघाइरहेका विश्वासपात्र नेता ज्ञवाली फोरमसँगको बाँडफाँड टुंगिँदा महत्वपूर्ण मन्त्रालय पाउने सम्भावना कम हुने भएकाले सरकारमा सहभागी हुने कि नहुने द्विविधामा छन् । पाण्डेसहित पदाधिकारी तहका दुई नेतालाई मन्त्री बनाउनुपर्ने दबाब प्रधानमन्त्रीसामु भएकाले २ या ३ मन्त्रालयमा अन्य आकांक्षीलाई मिलाउनुपर्ने हुन्छ ।

त्यसमा नेताहरू छविलाल विश्वकर्मा, भानुभक्त ढकाल, रवीन्द्र अधिकारी, यज्ञराज सुनुवार, वसन्त नेम्वाङ, रघुवीर महासेठ, कृष्णगोपाल श्रेष्ठ, पार्वत गुरुङ, शेरबहादुर तामाङ, गोकुल बास्कोटा, जगत विश्वकर्मा, प्रेम आले, नारदमुनी रानालगायत डेढ दर्जनभन्दा बढी दौडमा रहेकाले एमालेमा मन्त्री छान्न सकस परेको छ ।

स्थायी समितिले शीर्ष नेताहरूसँगको परामर्शमा मन्त्री छनोट गर्ने जिम्मा प्रधानमन्त्रीलाई नै दिएको छ । त्यसअनुसार प्रधानमन्त्री ओलीले एकसरो परामर्श गरिसके पनि प्रादेशिक, लैंगिक, जातीय सन्तुलनसमेत मिलाएर कसरी छनोट गर्ने अप्ठ्यारो छ ।

एमालेको भागमा परेको परराष्ट्र मन्त्रालय फोरमले लिने करिब निश्चित भएकाले भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, सूचना तथा सञ्चार, कानुन, न्याय तथा संसदीय मामिला, पर्यटन, शिक्षा तथा खेलकुद, बाँकी रहन्छ । यीमध्ये पनि एउटा अझै फोरमसँग बाँडफाँड नटुंगिएकाले कुन–कुन बाँकी रहने निश्चित छैन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कजारिया टायल्सको ‘लक्की ड्र’ बम्पर विजेता घोषणा, चितवनकी योजीना गुरुङ सिङ्गापुर क्रुज यात्राको भाग्यशाली
    नेपाली सेनामा विभिन्न पदका लागि दरखास्त आह्वान (सूचनासहित)
    आईजीपी कार्कीको पहिलो निर्णय : सईसम्मका प्रहरीका लागि सहुलियत कर्जा वृद्धि

    लोकप्रिय

    २०८२ साल कार्तिक २६ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    बोस्च पावर टुल्स द्वारा दराजमा ११.११ अफर सार्वजनिक : १५% सम्म छुट, जर्मन इन्जिनियरिङ्ग मात्र रु ११ मा

    आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

    जिली इएक्स ५ को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो : सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय पुरस्कार बटुल्दै

    २०८२ साल कार्तिक २५ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    विर्तामोडमा सार्वजनिक भयो ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक’ ले ‘पर्फेक्ट’ बनेको दिपल एस ०५ : सुरु भयो विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज

    २०८२ साल कार्तिक २९ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    कजारिया टायल्सको ‘लक्की ड्र’ बम्पर विजेता घोषणा, चितवनकी योजीना गुरुङ सिङ्गापुर क्रुज यात्राको भाग्यशाली

    डेडिकेटेड र ट्रङ्क लाइन प्रयोगबापत २५ नयाँ उद्योगले बुझाए पहिलो किस्ता, ३५ उद्योगबाट २३ करोड ८७ लाख उठ्यो

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • विर्तामोडमा सार्वजनिक भयो ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक’ ले ‘पर्फेक्ट’ बनेको दिपल एस ०५ : सुरु भयो विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज
    • २०८२ साल कार्तिक २९ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • कजारिया टायल्सको ‘लक्की ड्र’ बम्पर विजेता घोषणा, चितवनकी योजीना गुरुङ सिङ्गापुर क्रुज यात्राको भाग्यशाली
    • डेडिकेटेड र ट्रङ्क लाइन प्रयोगबापत २५ नयाँ उद्योगले बुझाए पहिलो किस्ता, ३५ उद्योगबाट २३ करोड ८७ लाख उठ्यो
    • तोलामा ५ सय घट्यो सुनको मूल्य ,कतिमा हुँदैछ कारोबार?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.