• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बिहीबार, कार्तिक २८, २०८२
बिहीबार, कार्तिक २८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल कार्तिक २८ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

बेलायत–नेपाल साझेदारीलाई ब्रिटिस काउन्सिल गोइङ ग्लोवल पार्टनरसीप अवार्ड

टिकटकका सेफ्टी टुल्स : १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताले दैनिक ६० मिनेट मात्र चलाउन पाउने

आगामी प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय परिचयपत्रबाट पनि मतदान गर्न सकिने

पीएलओ ग्रुप र विराटनगर किंग्सबीच एनपीएल सिजन २ का लागि स्पोन्सरशिप सम्झौता

ल्हेन्दे खोलाको बाढीले ट्रक व्यवसायीलाई लाखौँको क्षति, चीनतर्फ रोकिएका कन्टेनर शीघ्र ल्याउन परराष्ट्र मन्त्रालयसँग महासंघको आग्रह

सोलु हाइड्रोपावरको आइपीओ प्रस्ताव स्वीकृत, सर्वसाधारणका लागि २ करोड कित्ता शेयर जारी हुने

सारथी स्कुटरको नयाँ शाखा सातदोबाटोमा, एक्सचेन्ज र फाइनान्स सुबिधामा नयाँ स्कुटर लिन सकिने

सुनको मूल्य प्रतितोला ५ हजार ९ सय बढ्यो,कतिमा हुँदैछ कारोबार ?

लोकप्रिय समाचार

  • १. २०८२ साल कार्तिक २६ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल कार्तिक २२ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. नोभेम्बर महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

  • ४. बोस्च पावर टुल्स द्वारा दराजमा ११.११ अफर सार्वजनिक : १५% सम्म छुट, जर्मन इन्जिनियरिङ्ग मात्र रु ११ मा

  • ५. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ६. जिली इएक्स ५ को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो : सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय पुरस्कार बटुल्दै

  • ७. २०८२ साल कार्तिक २५ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ८. यूरो एनक्याप टेस्टमा आयन भीलाई फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त

  • ९. नक्कली बिलबिजक बनाएर ठगी, सचेत रहन प्रहरीको आग्रह

  • १०. एमएडब्लू वृद्धिद्वारा सुर्खेतमा नयाँ फोटोन शोरुमको उद्घाटन

विश्वकप छनौटमा आज नेपालले जिम्बाब्बेसँग खेल्दै, सरप्राइज रिजल्टको प्रतिक्षा

फागुन २०, काठमाण्डौ । नेपालल आजदेखि क्रिकेट विश्वकप छनौट खेल खेल्दैछ । यो छनौट खेलमा राम्रो प्रदर्शन गर्न सके एक दिवसीय क्रिकेटको मान्यतासमेत पाउने सम्भावना छ ।

त्यसैले अब केही दिन नेपाली क्रिकेटका लागि अत्याधिक महत्वपूर्ण हुनेछन् । यसपटकको अवसरमा राम्रो प्रदेर्शन गर्न नसकेमा भने अर्को एउटा सुवर्ण अवसर खेर जानेछ ।

नेपालले विश्वकप छनोट चार वर्षअघि पनि खेलेको हो । त्यसैले यहाँ पुग्नु नै नयाँ इतिहास होइन । तर, सुपर सिक्समा पुगेर नयाँ इचिहास रच्ने अवसर छ । तर, यसका लागि नेपालले आफ्नो उच्चतम क्षमतामा प्रदर्शन गर्नैपर्छ ।

नेपालले पहिलो खेल आज टेस्ट मान्यताप्राप्त तथा लगातार पछिल्ला ९ विश्वकपमा सहभागीता जनाएको जिम्बाब्वेविरुद्ध उसकै भूमिमा खेल्दैछ ।
कुनै पनि टेस्ट राष्ट्रविरुद्ध नेपाली राष्ट्रिय टिमको भिडन्त यो दोस्रो हो । यसअघि टी२० विश्वकपमा नेपालले बंगलादेशविरुद्ध खेलेको थियो ।
डिभिजन २ मा गरेको प्रदर्शन र अभ्यास म्याचमा यूएईविरुद्धको जितले नेपाली टिम उच्च मनोबलमा छ ।

डिभिजन२ का खेलहरुमा नेपालले अत्यन्त कठिन परिस्थितिबाट जित निकाल्न सफल भएको थियो । त्यसले नेपाली खेलाडीमा बलियो आत्मविश्वास जगाएको छ ।

नेपाली ब्याटिङमा सिनियर र जुनियर ब्याट्सम्यानहरुको गजब संयोजन छ । त्यसो त प्रतियोगितामा सबैभन्दा भविश्यवाणी गर्न नसकिने ब्याटिङ लाइनअप नेपालकै देखिन्छ ।

टिममा पारस खड्का, शरद भेषावकर र ज्ञानेन्द्र मल्लको खेलाडीहरुको त्रिशक्ति छ । उनीहरुमध्ये भरलाग्दा ओपनिङ ब्याट्सम्यान ज्ञानेन्द्र मल्लको पछिल्लो खराब र्फम नेपालका लागि चिन्ताको विषय बनेको छ । नेपाली ब्याटिङका एक खम्बा मानिएका उनले राम्रो सुरुवात दिलाउन नसके नेपाली टिम चाँडै दवावमा पर्नेछ । त्यसैले उनी र्फममा फर्किनु नेपालका लागि अति महत्वपूर्ण हुन्छ ।

अर्कोतर्फ कप्तान पारस खड्का लयमा छन् । उनी डिभिजन २ प्रतियोगिताभरी सबैभन्दा बढि रन बटुल्ने र सबैभन्दा बढि छक्का हान्ने ब्याट्सम्यान थिए । फाइनलमा यूएईविरुद्ध उनले उत्कृष्ट शतक हानेका थिए, तर त्यो नेपाललाई जिताउन पर्याप्त भएन ।

अर्का अनुभवी ब्याट्सम्यान शरद भेषवाकर पछिल्लो केही समययता स्थिर प्रदर्शन गर्दै आएका छन् । मध्यक्रममा उनी वरिपरी युवा खेलाडीहरु छन् । त्यसैले उनले सम्हालिएर ब्याटिङ गर्दै युवा ब्याट्सम्यानहरुलाई आफ्नो सट खेल्न चान्स दिनुपर्नेछ ।

दिपेन्द्र सिंह ऐरी, आरिफ सेख, रोहितकुमार पौडेल, दिलिप नाथ जस्ता युवा खेलाडीहरु छन् । उनीहरुमध्ये दिपेन्द्र सिंह ऐरीबाट नेपालले ठूलो आशा लिएको छ । डिभिजन २ प्रतियोगितामा उनी खासै लयमा देखिएनन् । तर, यूएईविरुद्धको अभ्यास म्याचमा ४१ रन हानेर उनले आफ्नो र्फम फर्काउन खोजेका छन् ।

तल्लो मध्यक्रममा ब्याटिङ गर्ने आरिफ र रोहित पौडेलले डिभिजन २ प्रतियोगितामा नेपाललाई ठूलो शक्ति प्रदान गरेका थिए । नेपाल उनीहरुको यही र्फमको निरन्तरता चाहन्छ । १५ वषिर्य रोहितले गजबको परिपक्वता देखाएका छन् र उनलाई भविष्यका ब्याटिङ स्टारका रुपमा हेर्न थालिएको छ ।

नेपाली टिम सम्भावित ओपनिङ ब्याट्सम्यान दिलिप नाथले आक्कलझुक्कल आफ्नो क्षमता देखाए पनि आफूलाई प्रमाणित गर्न अझै सकेका छैनन् । तर विकेटकिपर पनि भएको हिसाबले नेपालसामु उनीबाट ओपनिङ गराउनुको विकल्प छैन ।

नेपाली टिमको सबैभन्दा कमजोर कडी यतिबेला देखिएको छ फास्ट बलिङ । डिभिजन २ मा सोमपाल कामी र करण केसीलाई नेपालले स्ट्राइकिङ फास्ट बलरका रुपमा उतारेको थियो ।

तर, उनीहरुमध्ये करण केसीको बलिङ पुरै फ्लप रह्यो । उनले न विकेट लिन सके, न रन रोक्न । बरु ब्याटिङको बलमा उनले क्यानाविरुद्धको निर्णायक म्याच जिताए ।

अर्का फास्ट बलर सोमपाल कामीमा विकेट लिने क्षमता भए पनि उनको प्रदर्शनमा एकरुपता देखिएको छैन । कतिपय अवस्थामा उनी निकै खर्चिला सावित हुन सक्छन् र नेपाललाई चाहिएको बेला उनीबाट विकेट ननिस्कन सक्छ ।

नेपालका तेस्रो फास्ट बलरको रुपमा कप्तान पारस खड्काले खेल्ने छन् । तर ब्याटिङमा जस्तो बलिङमा उनको भर गर्न सकिँदैन । यद्यपि उनी प्राय किफायति रहन्छन् ।

यो प्रतियोगितामा नेपालले सोचेजस्तो नतिजा निकाल्नका लागि नेपालको सबैभन्दा ठुलो हतियार भनेको स्पिन बलिङ नै हो । त्यसो त जिम्वाबेको पिच सामान्यतया फास्ट बलिङ फ्रेन्ड्ली हुन्छ । तर, आईसीसीका अनुसार यो प्रतियोगितामा ‘स्पिन’ ठूलो फ्याक्टर हुन सक्छ ।

नेपालका बसन्त रेग्मी र सन्दिप लामिछाने प्रतियोगिताकै सम्भावित उत्कृष्ट स्पिन जोडी हुन् । सन्दिपको विषयमा धेरै भन्नै पर्दैन, जसले पछिल्लो समय आइपीएल र क्यारेबियन लीगमा समेत स्थान बनाएर विश्व क्रिकेटको ध्यानआकृष्ट गरेका छन् । अर्कोतर्फ बसन्त अनुभव र क्षमताका खानी हुन् । जस्तोसुकै पिचमा पनि यी दुईविरुद्ध विपक्षी ब्याट्सम्यानहरुले खुलेर खेल्न कठिन हुनेछ ।

नेपालसँग अनुभवि स्पिनर शक्ति गौचन पनि छन् । तर उनले डिभिजन २ प्रतियोगितामा एउटा म्याच पनि पाएनन् । यस प्रतियोगितामा पीचको अवस्था हेरेर तीन जना स्पिनर खेलाइए उनले मौका पाउन सक्छन्, अन्यथा बेन्चमै बसेर रमाउनुपर्नेछ । चौंथो स्पिनरका रुपमा लिइएका ललित राजभण्डारीले मौका पाउन झन् कठिन छ ।

जिम्बाबेको कुरा गर्दा विश्व क्रिकेटको एउटा शक्ति राष्ट्र नै थियो, जसले पछिल्लो समय आफ्नो पुरानो साख बचाउन सकेको छैन । एक दिवसीय मान्यता प्राप्त १२ राष्ट्रहरुको सूचीमा अहिले यो ११ स्थानमा छ । जिम्बाबेभन्दा पछाडि आयरल्यान्ड मात्र छ ।

हालै मात्र यूएईमा अफगानिस्तानविरुद्ध खेलेको ५ म्याचको श्रृंखला जिम्बाव्वेले १–४ ले सुम्पेको थियो । शारजहाँमा भएको अन्तिम खेलमा जिम्बाबे ३३ ओभरभित्र ९५ रनमा अलआउट भएको थियो ।

जिम्बाब्वेको ब्याटिङका प्रमुख हतियार मध्यक्रमका विकेटकिपर ब्याट्सम्यान ब्रेन्डन टेलर हुन् । उनी वर्ल्ड क्लास ब्याट्सम्यान मानिन्छन् । उनले विश्वका शक्तिशाली टिमहरुविरुद्ध पनि उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका छन् ।

टेलर केही समय टिमबाट बाहिर थिए तर, पुनरागमनपछि उनले राम्रो लय समातेको देखिन्छ । गत जनवरीमा उनले श्रीलंकाविरुद्ध अर्द्धशतक हानेका थिए भने अफगानिस्तानविरुद्ध १२५ रन हान्दै शारजाहमा जिम्बाबेलाई सिरिजको एक मात्र म्याच जिताएका थिए । उनले अहिलेसम्म ९ सतक हानिसकेका छन् ।

नेपाल सतर्क हुनुपर्ने अन्य ब्याट्सम्यानहरुमा ओपनर हेमिल्टन मासाकाद्जा र अलराउन्डर सिकन्दर राजा हुन् । मासाकाद्जाले ओडीआईमा पाँच शतक र ३२ अर्द्धशतक हानेका छन् । पपुवा न्यूगिनीविरुद्ध अभ्यास म्याचमा उनले अर्द्धशतक हानेका थिए । यसैगरी पाकिस्तानी मुलका ब्याटिङ अलराउन्डर सिकन्दर राजाले ३ शतक र ११ अर्द्धशतक हानेका छन् ।

बलिङको कुरा गर्दा २७ वर्षीय तेन्दाई चतारा जिम्बाबेका प्रमुख बलर मानिन्छन । उनले अहिलेसम्म ५० ओडीआई खेलेर ६८ विकेट लिएका छन् । अर्का घातक बलर हुन् कप्तान ग्रेम क्रिमर । ३१ वर्षीय क्रिमर लेगब्रेक फाल्छन् । उनले अहिलेसम्म ९० ओडीआई खेलेर एक सय ९ विकेट लिएका छन् ।

आईसीसीले म्याच प्रिभ्यूमा हिजो लेखेको थियो, ‘भोलिको म्याचमा जिम्बाबे ‘फेभरेट’ हो । तर, नेपालले सरप्राइज रिजल्ट निकाल्न सक्छ ।’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बेलायत–नेपाल साझेदारीलाई ब्रिटिस काउन्सिल गोइङ ग्लोवल पार्टनरसीप अवार्ड
    टिकटकका सेफ्टी टुल्स : १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताले दैनिक ६० मिनेट मात्र चलाउन पाउने
    आगामी प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय परिचयपत्रबाट पनि मतदान गर्न सकिने

    लोकप्रिय

    २०८२ साल कार्तिक २६ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक २२ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    नोभेम्बर महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

    बोस्च पावर टुल्स द्वारा दराजमा ११.११ अफर सार्वजनिक : १५% सम्म छुट, जर्मन इन्जिनियरिङ्ग मात्र रु ११ मा

    आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

    ताजा

    २०८२ साल कार्तिक २८ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    बेलायत–नेपाल साझेदारीलाई ब्रिटिस काउन्सिल गोइङ ग्लोवल पार्टनरसीप अवार्ड

    टिकटकका सेफ्टी टुल्स : १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताले दैनिक ६० मिनेट मात्र चलाउन पाउने

    आगामी प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय परिचयपत्रबाट पनि मतदान गर्न सकिने

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल कार्तिक २८ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • बेलायत–नेपाल साझेदारीलाई ब्रिटिस काउन्सिल गोइङ ग्लोवल पार्टनरसीप अवार्ड
    • टिकटकका सेफ्टी टुल्स : १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताले दैनिक ६० मिनेट मात्र चलाउन पाउने
    • आगामी प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय परिचयपत्रबाट पनि मतदान गर्न सकिने
    • पीएलओ ग्रुप र विराटनगर किंग्सबीच एनपीएल सिजन २ का लागि स्पोन्सरशिप सम्झौता

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.