सासंदहरुको ११ भाषामा शपथ ग्रहणको तयारी
फागुन २०, काठमाण्डौ । प्रतिनिधिसभा र राष्ट्रियसभा (संघीय संसद)का सदस्यहरुले आइतबार शपथ ग्रहण गर्दैछन् ।
प्रतिनिधिसभाको ४ बजे र राष्ट्रियसभाको पाँच बजे शपथ ग्रहणको कार्यक्रम राखिएको छ । दुवै सदनका सदस्यहरुको शपथ ग्रहणको कार्यक्रम संघीय संसद भवन नयाँ बानेश्वरमा हुनेछ ।
संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले शपथ ग्रहण कार्यक्रमको सबै तयारी पूरा भएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता गौतमले दुवै सदनका सासंदहरुको शपथ ग्रहण गराउनुअघि राष्ट्रपतिबाट एक बजे दुवै सदनका जेष्ठ सदस्यहरुलाई शपथ ग्रहण गराईने जानकारी गराए ।
प्रतिनिधिसभाका सांसदहरुलाई जेष्ठ सदस्य महेन्द्रराय यादवले र राष्ट्रियसभाका सांसदहरुलाई जेष्ठ सदस्य तारादेवी भट्टले राष्ट्रपतिबाट शपथ ग्रहण गरेपछि अन्य सासंदहरुलाई शपथ ग्रहण गराउनेछन् ।
राजपा नेता यादव र कांग्रेसकी भट्टलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा पद तथा गोपनियताको शपथ खुवाउने कार्यक्रम तय गरिएको छ ।
सर्लाही क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभामा निर्वा्चित यादव ८० वर्ष र भट्ट ६९ वर्ष रहेको संसद सचिवालयमा अभिलेख छ । प्रतिनिधिसभा २७५ सदस्यीय र राष्ट्रियसभा ५९ सदस्यीय छ ।
ऐतिहासिक संघीय संसदको पहिलो बैठक सोमबार बस्ने भएकाले सांसदहरुलाई एक दिन अगाडि नै शपथ ग्रहण गराउन लागिएको हो ।
शपथ ग्रहणका लागि सासंदहरुले निर्वाचित भएको प्रमाणपत्रसहित आउनुपर्ने गौतमले बताए ।
शपथ ग्रहण मुलत राष्ट्रिय भाषामा हुने भए पनि कानुनी व्यवस्थाअनुसार सासंदहरुले आफ्नो मातृभाषामा पनि शपथ ग्रहण गर्न पाउने गौतमले जानकारी दिए ।
मूल भाषाको रुपमा नेपाली भाषा, मातृभाषाको रुपमा मैथिली, भोजपुरी, थारु, मगर, अवधि, वर्जिका, नेवारी, हिन्दी, उर्दु र तामाङ गरी ११ भाषामा शपथ ग्रहण हुने गौतमले जानकारी दिए ।
दुवै संसद गरी ४४ जना सासंदले मातृभाषामा शपथ ग्रहण गर्नका लागि संसद सचिवालयमा जानकारी गराएको गौतमले बताए ।
परम्पराअनुसार राष्ट्रिय पोषाक र भाषा संस्कृति झल्किने पोषाक पनि सासंदले लगाउन पाउने उनले बताए ।
भोली बस्ने संसद अधिवेशनका बारेमा जानकारी दिदै गौतमले सुरुमा राष्ट्रपतिले संसद अधिवेशन बोलाएको पत्र पढेर सुनाउने कार्यतालिका रहेको बताए ।
ज्ञातअज्ञात शहीदहरुप्रति श्रद्धान्जली व्यक्त गरेपछि प्रधानमन्त्री नियुक्ति र मन्त्रीमण्डल गठनको पत्रहरु पनि विधिवत रुपमा संघीय संसदमा प्रवेश गर्ने उनले बताए ।
त्यसपछि दुवै सदन संचालनको नियमावली निर्माण प्रक्रिया सुरु हुने छ । नियमावली नबनेसम्मका लागि अन्तरिम कार्यविधि पारित गर्नुपर्ने गौतमले बताए ।
भोली बस्ने पहिलो बैठकले नै अन्तरिम कार्यविधि पारित हुनेछ । त्यसपछि भोलीको २१ दिनभित्र दुवै सासंदको सभामुख र उपसभामुखको चुनाव हुनुपर्ने व्यवस्था रहेको उनले जानकारी दिए ।
त्यसैगरी ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
सबै कार्यतालिकाका बारेमा दलहरुसँग आज १० बजे बैठक बस्ने कार्यक्रम रहेको छ ।
सम्बन्धित समाचार
फ्रान्समा १५ वर्षमुनीका बालबालिकालाई सामाजिक सञ्जालमा रोक
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट,बाढीमा क्षति र हराएका सवारीबारे गराए जानकारी
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
देशभर आज मध्यम वर्षाको सम्भावना
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
ट्रेन्डिङ
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

