• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, पुष २९, २०८२
मङ्गलबार, पुष २९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष ३० गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

नेप्से परिसूचकमा ४.९० अंकको वृद्धि

२०८२ साल पौष २९ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ साल पौष २८ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नाइमाद्वारा मासिक मोबिलिटी संवादको नवौँ श्रृङ्खला सम्पन्न

माघ १ देखि ५ लाख रुपैयाँभन्दा बढीको कारोबार नगदमा प्रतिबन्ध

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

देशभर पश्चिमी वायुको प्रभाव : यी क्षेत्रमा बदली ,तराईका अधिकांश भूभागमा बाक्लो हुस्सु र कुहिरो

२०८२ साल पौष २७ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष २४ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. २०८२ साल पौष २५ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ३. निर्वाचन प्रहरीका लागि दर्खास्त आह्वान : १ लाख ३३ हजारबढी माग,यस्ता छन् सेवा सुविधा

  • ४. हुस्सुले तराईमा जनजीवन प्रभावित

  • ५. एल.आर.आर मोटर्सद्वारा ब्राण्ड एम्बेसडर विजय लामा तथा चलचित्र “एक्लो–१” सँग विशेष प्रदर्शनमार्फत सहकार्य

  • ६. अब नेपालीले विदेशमा २० हजार डलरसम्म लगानी गर्न पाउने

  • ७. नाडा र नाडा उपाध्यक्ष राजनबाबु श्रेष्ठ राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबाट सम्मानित

  • ८. २०८२ साल पौष २८ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. राष्ट्र बैंकले एक वर्षे १० अर्बको ऋणपत्र निष्कासन गर्ने

  • १०. प्रतिनिधिसभा निर्वाचनमा नेपाली सेनाले ८० हजार जनशक्ति परिचालन गर्ने तयारी

कम्युनिष्ट सरकारका मन्त्रीहरु सुन, पैसा, घर, जग्गादेखि शेयरमा मालामाल

जेठ ९, काठमाडौं । सरकारका मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्ति विवरणले सबैको ध्यान तानेको छ ।

केही दिनअघि मात्रै नेपाल कम्युनिष्ट पार्टीको नाममा कम्युनिष्ट दल गठन भएको छ । त्यही कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार छ । सरकारमा रहेका सबै मन्त्रीहरु पनि कम्युनिष्ट नै हुन्

तर कम्युनिष्ट मन्त्रीहरुको सम्पत्ति भने पुँजीपतिहरुकोभन्दा कम छैन ।

१८ मन्त्रीमध्ये महिलामन्त्री थममाया थापा सबैभन्दा गरीब र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ धनी देखिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार ओलीको नाममा बैंक खातामात्रै देखाइएको छ । घरजग्गा तथा शेयर लगायतका विवरण भने श्रीमती राधिका शाक्यको नाममा रहेको छ ।

सार्वजनिक सम्पत्ति विवरणअनुसार भक्तपुरको सूर्य्बिनायक–२ का स्थायी बासिन्दा ओलीको १ रोपनी क्षेत्रफलमा फैलिएको ३ तल्ले घर रहेको छ यस्तै सोहि स्थानमा आधा रोपनी क्षेत्रफलमा फैलिएको अर्को घर पनि रहेको छ । दुबै घर स्वआर्जनमा खरिद गरिएको सम्पत्ति विवरणमा उल्लेख छ ।

यसैगरी राधिका शाक्यकै नामा झापाको पृथ्वीनगरमा स्वआर्जनले १० कठ्ठा जमिन रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ । यस्तै स्वआर्जनमा १७–१८ तोला सुनका विभिन्न गरगहना भएको, राधिका शाक्यको नामा माछापुच्छ्रे बैंकमा ४ लाख रहेको, प्रभू बैंकमा पनि ६ लाख रहेको तगा ओली आफ्नै नाममा पनि एभरेष्ट बैंकमा ४२ लाख नगद रहेको सम्पत्ति विवरणमा उल्लेख छ । ओलीको नाममा बैंकमा रहेको नगर तलब भत्ता वापत प्राप्त भएको पनि सम्पत्ति विवरणमा उल्लेख छ ।

यस्तै राधिका शाक्यकै नाममा २५ लाखको राष्ट्रिय बचन पत्र रहेको पनि उल्लेख गरिएको छ । विवरणमा राधिका नेपाल राष्ट्र बैंकको प्रथम श्रेणीको पूर्व कर्मचारी भएको पनि उल्लेख गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको मन्त्रीहरूको सम्पत्ति विवरण अनुसार महासेठकी श्रीमती एवं सांसद जुली महतोको विभिन्न बैंक तथा वित्तीय संस्थामा धितोपत्र, ऋणपत्र र सेयर लगायत मात्रै ३९ करोड रुपैयाँ बराबरको छ ।

उनीसँग ५२ तोला सुन र डेढ किलो चाँदी छ भने ७२ लाख रुपैयाँ नगद रहेको सम्पत्ति विवरणमा उल्लेख छ । महासेठ र श्रीमतीको नाममा धनुषामा २ र ललितपुरमा एउटा घर छ ।

श्रीमती जुलीकुमारी महतो र उनका नाममा धनुषामा २ र ललितपुरमा एउटा घर रहेको पनि उल्लेख छ ।

त्यस्तै मन्त्री महासेठकी पत्नी महतोको नाममा धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा ८ विघा, सिन्धुली कमलामाइ नगरपालिकामा ५ कठ्ठा, ललितपुर महानगरपालिका २ नख्खुमा २ रोपनी १३ आना, धनुषाको जनकपुर उपमहानगरपालिकामा ९ कठ्ठा जग्गा रहेको छ । त्यस्तै मन्त्री महासेठको नाममा जनकपुर उपमहानगरपालिकामा १४ कठ्ठा र धनुषाधाम नगरपालिकामा १ विघा १० कठ्ठा जग्गा रहेको छ ।

यातायात मन्त्री महासेठको सम्पत्ति विवरणमा नविल, नेपाल इन्भेष्टमेन्ट, माछापुछ्रे, एनआईसी एशिया र एभरेष्ट बैंकमा खाता रहेको उल्लेख भए पनि त्यहाँ भएको रकम उल्लेख गरिएको छैन ।

त्यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थापाको नाममा भने म्याग्दीको बेनीमा आमाले दिएको एउटा घर रहेको छ । त्यस्तै गरगहनामा एक तोला सुन, तीनवटा बैंकमा गरी १५ हजार रुपैयाँ बचत रहेको छ ।

उनको माछापुछ्रे बैंकमा १ हजार, एभरेस्ट बैंकमा ४ हजार र कुमारी बैंकमा १० हजार रुपैयाँ बचत रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी ओली सरकारका सुनमा धनी मन्त्री हुन् । सम्पत्ति विवरणमा उल्लेख गरेअनुसार उनीसँग ६० तोला सुन र ३० किलो चाँदी छ ।

पोखरा र काठमाडौंमा गरी तीन वटा घर छ भने पोखरामा दुई स्थानमा जग्गा पनि छ । उनीसँग बैंक खातामा साढे २४ लाख रुपैयाँ मौज्दात र २० लाख बराबरको कार छ ।

कृषि, भुमि तथा सहकारीमन्त्री चक्रपाणी खनालका नाममा साढे २८ कठ्ठा जमिन रहेको सम्पत्ति विवरण सार्वजनिक भएको छ । ओली सरकारमा कृषि मन्त्री रहेका खनालको उक्त जमिन कपिलबस्तु र रुपन्देहीमा रहेको पाइएको हो ।

कपिलबस्तुको वाणगंगामा साढे १६ कठ्ठा र रुपन्देहीको तिलोत्तमा नगरपालिकामा १२ कठ्ठा जमिन रहेको छ । मनत्री खनालले उक्त जमिन पैतृक भएको पनि बताएका छन् ।

त्यस्तै,सुन चाँदीको हकमा ६ तोलाका २ औंठी र दुई वाला रहेका छन् भने
विभिन्न बैकमा झण्डै १५ लाख रकम मौजाद रहेको विवरणमा उल्लेख छ । मन्त्री खनालको १० लाख ३७ हजार बराबरको शेयर लगानी रहेको देखिएको छ भने १ लाख ६४ हजार ९ सयको एक सवारीसाधन रहेको छ । उक्त सवारीसाधन (श्रीमति यमा वञ्जाडे) का नाममा रहेको छ ।

संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितले सवारी साधनका नाममा आफूसँग एक थान पुरानो साइकल रहेको उल्लेख गरेका छन् । विराटनगर एक कठ्ठामा बनेको ५ कोठे घर र ललितपुर भैसेपाटीमा पत्नी विमलाको नाममा ४ आना जग्गा रहेको पनि उनले उल्लेख गरेका छन् । उनीसँग १० तोला सुन र १५ तोला चाँदी छ । उनी र श्रीमतिका नाममा बैंक तथा वित्तीय संस्थामा ५५ लाख रुपैयाँ मौज्दात छ ।

त्यस्तै, गृहमन्त्री रामबहादुर थापाले आफ्नो सम्पत्ति विवरणमा दुई वटा कुकुर पनि उल्लेख गरेका छन् । प्राप्त स्रोतमा छिमेकी लेखेका छन् । श्रीमती नैनकला थापाको नाममा चितवनमा घर र जग्गा, ६ तोला सुन र तीन लाख रुपैयाँ नगद भएको उल्लेख गरेका छन् ।

यसअघि पहिलो संविधानसभामा सभासद हुँदा २० हजार बैंकमा मौज्दात रहे पनि हाल निष्क्रिय रहेको उनले खुलाएका छन् । स्वकीय सचिव विरु तामाङको नाममा ६० हजार रहेको सम्पत्ति विवरणमा छ ।

अपर तामाकोशी जलविद्युतमा श्रीमतीका नाममा एक सय ४६ कित्ता सेयर रहेको उनले उल्लेख गरेका छन् ।

उर्जामन्त्री वर्षमान पुनले आफ्नो सम्पत्ति विवरणमा रोल्पामा २ वटा २५ वर्ष र ३५ वर्ष पुरानो घर भएको उल्लेख गरेका छन् । उनीसँग १५ तोला सुन र आधा किलो चाँदी पनि छ ।

सात लाख रुपैयाँ नगद र साढे ३ लाख रुपैयाँ बैंक मौज्दात रहेको उनले सम्पत्ति विवरणमा खुलाएका छन् ।

त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवसँग सिरहा र धनुषामा १र१ वटा घर छ । रविकिरण यादव र श्रीमती प्रमिलादेवी यादवका नाममा सिराहा, धनुषा र ललितपुरमा सात स्थानमा जग्गा भएको उनले उल्लेख गरेका छन् । उनीसँग ६ तोला सुन, १० तोला चाँदी र पाँच लाख ५२ हजार रुपैयाँ बैंक मौज्दात छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको काठमाडौंमा दुईतले पक्की घर छ भने २ तोला सुन र २ लाख ५७ हजार बैंक मौज्दात रहेको आफ्नो सम्पत्ति विवरणमा खुलाएका छन् । उनीसँग करिब २५ सय पुस्तक छन् भने विभिन्न व्यक्तिसँग रहेको १४ लाख ८५ हजार रुपैयाँ ऋण सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक गरेको विवरण समेत अधिकांश सम्पत्ति श्रीमती मिरा ध्वँजु्को नाममा रहेको उल्लेख छ । रक्षामन्त्री पोखरेल झापाको चन्द्रगढीमा पैतृक सम्पत्ति वापत १२ कठ्ठा जग्गा र नेपाल इन्भेष्टमेन्ट बैकमा ७ लाख बचत मात्रै आफ्नो नाम रहेको उल्लेख गरेका छन् ।

करोडौँ सम्पत्ति भएका पोखरेलको अन्य सबै सम्पत्ति श्रीमती ध्वँजुको नाम छ । काठमाडौंको टोखा६ धापासीमा २३ आनामा बनेको ३ तले घर, भक्तपुरको नगरकोटमा १ रोपनी ११ आना (माइतीबाट प्राप्त), धादिङको खानी खोलामा ४ रोपनी पाखो जग्गा श्रीमती ध्वँजुको नाममा छ ।

मिराकै नाममा राष्ट्रिय वाणिज्य बैंक, एभरेष्ट बैंक र सानिमा बैंकमा गरी ६ लाख ४० हजार बचत रहेको उल्लेख छ । बरुण हाइड्रोमा १० हजार, कृषि विकास बैकमा २ सय, मोर्डन कन्या मल्टिपल कलेजमा ५ हजार सेयर पनि ध्वँजुकै नाम छ ।

२०२० सालयता ९ तोला सुन र २५ तोला चाँदी सम्पत्ति रहेको उल्लेख छ । मिराकै नाम माछापुच्छ्रे बैंकबाट घर बनाउन ३० लाख ऋण लिएको कुरा सम्पत्ति विवरणमा उल्लेख छ ।

त्यस्तै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आफ्नो सम्पत्तिका नाममा खोटाङमा एउटा घर र तीन लाख ८ हजार रुपैयाँ बैंक मौज्दात देखाएका छन् ।

अर्थमन्त्री डा. युवराज खतिवडासँग ९ लाख ६० हजार बराबरको कार रहेको उल्लेख गरेका छन् । आफू र श्रीमतीका नाममा काठमाडौंमा दुई वटा घर र काठमाडौं, भक्तपुर, दोलखा र झापाका ६ ठाउँमा जग्गा भएको उनले सम्पत्ति विवरणमा जनाएका छन् ।

उनीसँग १० तोला सुन, एक किलो चाँदी र डेढ लाख नगद छ भने विभिन्न बैंक तथा वित्तीय संस्थामा ठूलो सेयर लगानी छ । विभिन्न बैंकमा गरी उनको १ करोड ५१ लाख रुपैयाँ बचत रहेको छ ।

त्यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसँग श्रीमती प्रतिमा श्रेष्ठका नाममा काठमाडौंमा एउटा घर र भीमबहादुर विष्टका नाममा गुल्मीमा दुई वटा घर छ । त्यस्तै, ७ तोला सुन तथा विभिन्न बैंक तथा वित्तीय संस्थामा सात लाख ३२ हजार नगद मौज्दात र श्रीमतीका नाममा ३ सय १४ कित्ता सेयर रहेको उनले जनाएको छ ।

वनमन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोटमा एउटा घर, १५ लाख रुपैयाँ नगद, ५ तोला सुन, १० किलो चाँदी र बैंकमा २ लाख मौज्दात रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । उनले पार्टीको नाममा रहेको एउटा गाडी चढ्ने गरेको पनि सम्पत्ति विवरणमा खुलाएका छन् ।

खेलकुद मन्त्री जगतबहादुर सुनारले आफूसँग ५० तोला सुन रहेको उल्लेख गरेका छन् । उनीसँग एउटा घर र केही जग्गा र आफूसहित श्रीमतिका नाममा २० लाख रुपैयाँ बैंक मौज्दात छ ।

कानूनमन्त्री शेरबहादुर तामाङसँग श्रीमतीका नाममा काठमाडौंमा अढाइ तले घर छ । उनीसँग ३० तोला सुन, एक लाख २८ हजार बैंक मौज्दात र श्रीमतीको एउटा कार रहेको सम्पत्ति विवरणमा खुलाएका छन् । उनको सिन्धुपाल्चोक, मोरङ र खोटाङमा जग्गा पनि छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देशभर पश्चिमी वायुको प्रभाव : यी क्षेत्रमा बदली ,तराईका अधिकांश भूभागमा बाक्लो हुस्सु र कुहिरो
    देशभर पश्चिमी वायूको आंशिक प्रभाव : आज तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने
    नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक

    लोकप्रिय

    २०८२ साल पौष २४ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष २५ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

    निर्वाचन प्रहरीका लागि दर्खास्त आह्वान : १ लाख ३३ हजारबढी माग,यस्ता छन् सेवा सुविधा

    हुस्सुले तराईमा जनजीवन प्रभावित

    एल.आर.आर मोटर्सद्वारा ब्राण्ड एम्बेसडर विजय लामा तथा चलचित्र “एक्लो–१” सँग विशेष प्रदर्शनमार्फत सहकार्य

    ताजा

    २०८२ साल पौष ३० गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    नेप्से परिसूचकमा ४.९० अंकको वृद्धि

    २०८२ साल पौष २९ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष २८ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष ३० गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • नेप्से परिसूचकमा ४.९० अंकको वृद्धि
    • २०८२ साल पौष २९ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल
    • २०८२ साल पौष २८ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल
    • नाइमाद्वारा मासिक मोबिलिटी संवादको नवौँ श्रृङ्खला सम्पन्न

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2026 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.