• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष ०६, २०८२
आइतबार, पुष ०६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सुरु

नोबेल मेडिकल कलेज भवनबाट खसेका इन्टर्न डाक्टरको निधन

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

२०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

हुस्सु र कुहिरोले ढाक्यो रौतहट, चिसोले जनजीवन अस्तव्यस्त

रिहा भएपछि चितवनमा रवि लामिछानेको विशेष सम्बोधन, ‘मिल्नुपर्नेहरु अन्तिममा मिलेरै छोड्छौं’

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ५. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ६. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ८. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • ९. दिपल एस०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ

  • १०. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

राजनितिमा युवा , समृद्धिको आधार



संस्कृति रिजाल,

‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणालाई आत्मसात गरेर विकासको गतिमा लम्किरहेको देशले विकासमा कदम सुस्त नै चालिरहेको छ। हामी चाहन्छौ समृद्ध नेपाल। देशलाई विकासको गतिमा लम्काउन सामाजिक, आर्थिक, सांस्कृतिक , प्राकृतिक सबै आधारले सबल बनाउन सक्नुपर्छ ।

हाम्रो देश संस्कृतिमा धनी छ, प्रकृतिमा धनी छ, जातियतामा धनी छ, उच्च मन र असल संस्कारमा धनी छ तर आर्थिक रुपले समृद्धिको हिसाबमा कमजोर नै छ। जसको मुख्य कारण भष्ट्राचार र राजनितिमा युवाको सहभागिता हुन नसक्नु नै हो।

हामी लोकतन्त्रमा छौ तर नेपालको नेपाली राजनितिले युवा वर्गलाइ समेट्न सकेको छैन।हामिले बुझिरहेका छैनौ या बुझेर अबुझ बनिरहेका छौ ताकी युवाको नेपाली राजनितिमा सहभागिता नभइ समृद्ध नेपाल परिकल्पना गर्नु हामी नेपालिको निदाउन्जेल देखिने सपना र ब्युझेपछी कल्पना बनिदिन्छ।

यदि हामी समृद्ध नेपालको सपना देख्छौ भने रातको निन्द्रामा होइन,नेपालिले अर्काको देशमा गुलामी गर्दाको पीडा अनि भरिएका आखाका आँसु सम्झेर खुल्ला मनले धरातलमा सम्भावनाका नक्सा कोर्दै देख्नुपर्छ, सपना। युवा हरेक परिवर्तनका संवाहक हुन। राजनिती जसरी हामी सबैले बुझ्नुपर्ने विषय हो त्यसरी नै राजनितिमा युवा सहभागितालाइ महत्त्वपूर्ण स्थान दिनु हाम्रो विषेश कर्तव्य हो।

जबकी युवा उर्जाले साहस गर्छ तर युवावस्था काटेका राजनितीज्ञले अनुभबको खोल ओडेर बिकास र समृद्धमा सम्झौता गर्छन। अब साहस गर्न सक्ने उर्जा, क्षमता, विवेक भएका युवालाइ राजनितिक नेतृत्वमा किन नल्याउने? युवालाइ विदेशिन बाध्य बनाउने नेपालको राजनिती अनि आर्थिक अवस्थालाइ सुधारेर समृद्ध बनाउन सक्ने विकासका केन्द्रबिन्दु मात्र युवा हुन।

यदि राजनितिक संगठनले युवामा लगानी गर्छ भने देशले पनि त्यती नै लाभ प्राप्त गरिरहन्छ । देशको वर्तमान स्थितिको कुरा गरौ, राजनिती भन्ने बितिकै आम जनमानसले हेर्ने दृष्टिकोण जे छ त्यसलाइ बदल्न एक सक्षम युवा पुस्ताले नेतृत्व लिन जरुरी छ जसले आउदै गरेको नया युवापुस्तामा राजनिती प्रतिको सकारात्मक दृष्टिकोण निर्माण गर्न सक्छ।

हिजोसम्म पछि गएर मन्त्री , प्रधानमन्त्री बन्नु भन्दै आशीर्वाद दिने नेपाली समाजले आज राजनिती गर्ने होइन, डाक्टर र इन्जिनियर बन्नु भनेर आशिर्वाद दिन्छ। यसरी हिजो युवाको योगदानबाट बाचेको मेरो देश नेपालमा आज तिनै क्षमताका प्रतिमुर्ति युवालाइ राजनीतिमा समावेश गराइएको छैन।

युवालाइ राजनितिक माहोलमा समावेश गराएर नेतृत्व सुम्पिने हो भने युवामा आत्मबल बडाउने हो भने देशको उज्ज्वल भबिष्य निर्माण हुन सक्छ। राजनितिक दलहरुले नै आफ्ना नेताहरुलाइ दबाब दिने हो भने युवाको समावेश राजनितिमा सुनिश्चित देखिन्छ। अब पनि हामी नेपालिमा युवा राजनितिको चेतना भएन भने हामिने दासत्वको जिन्दगी अङाल्नु पर्ने सम्भावना बढेर जान्छ।

नेपालको राजनितिक इतिहासलाइ केलाएर हेर्दा २००७,२०४६ र २०६२-६३ सालका जनआन्दोलनमा युवाहरुको भुमिका अतुलनिय रहेको पाइन्छ। विश्व राजनिती र नेपालको राजनितिलाइ तुलना गर्दा विश्वका अरु विकसित देशहरु विकास हुनुको कारण नै युवा जनशक्ति हुन। विश्व विजेता सिकन्दर जो ३२३ मा मेसेडोनियामा जन्मेर २० वर्षमा नै गृकका राजा भए।

उनले विश्वका इरान, सिरिया, टर्की, अफगानिस्तान , जुदेआ, गाभा, पंजाब लगायतका राज्यलाइ कब्जामा लिन सफल भए। यश कुराबाट पनि स्पष्ट हुन्छ, राजनितिमा युवाको महत्त्व । नेपालकै सन्दर्भलाई जोडौ, पृथ्विनारायण शाहको एकीकरणले आज हामी नेपाल र नेपाली भनेर गौरब गरेर बांच्न पाएका छौ। नेपालमा जन्मेका युवा समाजसेवी कुन्जना घिमिरे (सुन्तली) र सिताराम कट्टेल (धुर्मुस) जस्ता नेपाली युवाका कारण हामी गर्व गर्छौ।

रवि लामिछाने , भाग्य न्यौपाने जस्ता युवा पत्रकार जन्मेकै कारण आज देशका हजार दुखी र अन्यायमा परेका जनताले न्याय पाएका छन। आज पनि ४० वर्षभन्दा मुनिका सभासद मात्र १४% छन। यस्तो अबस्थामा हामिले समृद्धिको सपना देख्नु दिवा स्वप्न मात्र हो। सन्दिप लामिछाने, पारस खड्का जस्ता युवा खेलाडी जन्मेर नै आज नेपाल विस्वमा चिनिएको छ।

हामी नेपाली जनता जब निर्वाचन आउँछ अनि दुई हात जोडेर आउने त्यही बर्षौ देखिका नेतालाइ भोट हाल्छौ अनि जिताउछौ र समृद्धिको सपना देख्छौ। हजारौं बर्ष देखि विकास नगर्ने नेतालाइ विकास गर्छन भन्ने आशले पटकपटक जिताउने हामी नेपालिलाइ लाटा भन्ने या त मूर्ख, खोइ अन्योलमा पर्छु आफै। यदि हामी समृद्ध नेपाल चाहन्छौ भने युवा राजनितिमा समावेश हुनुपर्छ।

कलेज देखि राजनितिक विद्यार्थी संगठनमा होमिएका अहिलेका युवालाइ राजनितिमा अब समावेश गर्ने कि नगर्ने? बुढी आमा धनको आशमा तन्नेरी छोरालाइ खाडी मुलुकमा पठाउन बाध्य हुन्छिन अनि छोराले झोलामा पोइसाको बिटो होइन आफुलाइ बाकस भित्र हालेर फर्काउछ। कति दुख्ला आमाको मुटु, कति छोराछोरी टुहुरा होलान, कति श्रीमति बिधवा होलान।

धन नै आर्जन गरेर स्वदेश फर्किए पनि देश विकसित हुन सक्ला र? सक्दैन। हिजो मेरो बुवाले पढ्नुभएको वाक्य “नेपाल विकासोन्मुख राज्य हो।” आज म पनि यहि पढिरहेकी छु र यदि युवा राजनितिमा समावेश हुदैनन भने अब आउने भावी पुस्ताले पनि सोही वाक्यलाइ नै दोर्याउछ। राजनितिक परम्परालाई हामिले तोड्नुपर्छ, नया संरचना कोर्नु पर्छ । त्यसैले जब गरिन्छ तब मात्र फल पाइन्छ भन्ने संस्कृतिको बिकास यो देशमा हुनुपर्छ अनि मात्र युवा राजनितिमा समावेश हुने अबसर पाउँछन् र आफ्नो बल, विवेक , बुद्धि र श्रम प्रयोग गरेर देशको कांचुली युवाले फेर्छन।

“जय देश, जय युवा”



    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान
    कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति
    ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सुरु

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    ताजा

    बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

    कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

    ८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

    ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सुरु

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान
    • कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति
    • ८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
    • ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सुरु
    • नोबेल मेडिकल कलेज भवनबाट खसेका इन्टर्न डाक्टरको निधन

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.