• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०१ साउन २०८३, शुक्रबार
०१ साउन २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
  • १९ घण्टा 

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १९ घण्टा 

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
  • १ दिन 

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन
  • १ दिन 

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार
  • २ दिन 

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन
  • २ दिन 

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
  • २ दिन 

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
  • २ दिन 

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • २ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए

  • ३. टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

  • ४. ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु

  • ५. स्विटजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्याण्डसँग भिडने

  • ६. देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

  • ७. देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ८. फ्रान्सलाई स्तब्ध पार्दै फिफा विश्वकपको फाइनलमा स्पेन

  • ९. अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?

  • १०. यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

राजनितिमा युवा , समृद्धिको आधार

admin २०७५, फाल्गुन, २३



संस्कृति रिजाल,

‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणालाई आत्मसात गरेर विकासको गतिमा लम्किरहेको देशले विकासमा कदम सुस्त नै चालिरहेको छ। हामी चाहन्छौ समृद्ध नेपाल। देशलाई विकासको गतिमा लम्काउन सामाजिक, आर्थिक, सांस्कृतिक , प्राकृतिक सबै आधारले सबल बनाउन सक्नुपर्छ ।

हाम्रो देश संस्कृतिमा धनी छ, प्रकृतिमा धनी छ, जातियतामा धनी छ, उच्च मन र असल संस्कारमा धनी छ तर आर्थिक रुपले समृद्धिको हिसाबमा कमजोर नै छ। जसको मुख्य कारण भष्ट्राचार र राजनितिमा युवाको सहभागिता हुन नसक्नु नै हो।

हामी लोकतन्त्रमा छौ तर नेपालको नेपाली राजनितिले युवा वर्गलाइ समेट्न सकेको छैन।हामिले बुझिरहेका छैनौ या बुझेर अबुझ बनिरहेका छौ ताकी युवाको नेपाली राजनितिमा सहभागिता नभइ समृद्ध नेपाल परिकल्पना गर्नु हामी नेपालिको निदाउन्जेल देखिने सपना र ब्युझेपछी कल्पना बनिदिन्छ।

यदि हामी समृद्ध नेपालको सपना देख्छौ भने रातको निन्द्रामा होइन,नेपालिले अर्काको देशमा गुलामी गर्दाको पीडा अनि भरिएका आखाका आँसु सम्झेर खुल्ला मनले धरातलमा सम्भावनाका नक्सा कोर्दै देख्नुपर्छ, सपना। युवा हरेक परिवर्तनका संवाहक हुन। राजनिती जसरी हामी सबैले बुझ्नुपर्ने विषय हो त्यसरी नै राजनितिमा युवा सहभागितालाइ महत्त्वपूर्ण स्थान दिनु हाम्रो विषेश कर्तव्य हो।

जबकी युवा उर्जाले साहस गर्छ तर युवावस्था काटेका राजनितीज्ञले अनुभबको खोल ओडेर बिकास र समृद्धमा सम्झौता गर्छन। अब साहस गर्न सक्ने उर्जा, क्षमता, विवेक भएका युवालाइ राजनितिक नेतृत्वमा किन नल्याउने? युवालाइ विदेशिन बाध्य बनाउने नेपालको राजनिती अनि आर्थिक अवस्थालाइ सुधारेर समृद्ध बनाउन सक्ने विकासका केन्द्रबिन्दु मात्र युवा हुन।

यदि राजनितिक संगठनले युवामा लगानी गर्छ भने देशले पनि त्यती नै लाभ प्राप्त गरिरहन्छ । देशको वर्तमान स्थितिको कुरा गरौ, राजनिती भन्ने बितिकै आम जनमानसले हेर्ने दृष्टिकोण जे छ त्यसलाइ बदल्न एक सक्षम युवा पुस्ताले नेतृत्व लिन जरुरी छ जसले आउदै गरेको नया युवापुस्तामा राजनिती प्रतिको सकारात्मक दृष्टिकोण निर्माण गर्न सक्छ।

हिजोसम्म पछि गएर मन्त्री , प्रधानमन्त्री बन्नु भन्दै आशीर्वाद दिने नेपाली समाजले आज राजनिती गर्ने होइन, डाक्टर र इन्जिनियर बन्नु भनेर आशिर्वाद दिन्छ। यसरी हिजो युवाको योगदानबाट बाचेको मेरो देश नेपालमा आज तिनै क्षमताका प्रतिमुर्ति युवालाइ राजनीतिमा समावेश गराइएको छैन।

युवालाइ राजनितिक माहोलमा समावेश गराएर नेतृत्व सुम्पिने हो भने युवामा आत्मबल बडाउने हो भने देशको उज्ज्वल भबिष्य निर्माण हुन सक्छ। राजनितिक दलहरुले नै आफ्ना नेताहरुलाइ दबाब दिने हो भने युवाको समावेश राजनितिमा सुनिश्चित देखिन्छ। अब पनि हामी नेपालिमा युवा राजनितिको चेतना भएन भने हामिने दासत्वको जिन्दगी अङाल्नु पर्ने सम्भावना बढेर जान्छ।

नेपालको राजनितिक इतिहासलाइ केलाएर हेर्दा २००७,२०४६ र २०६२-६३ सालका जनआन्दोलनमा युवाहरुको भुमिका अतुलनिय रहेको पाइन्छ। विश्व राजनिती र नेपालको राजनितिलाइ तुलना गर्दा विश्वका अरु विकसित देशहरु विकास हुनुको कारण नै युवा जनशक्ति हुन। विश्व विजेता सिकन्दर जो ३२३ मा मेसेडोनियामा जन्मेर २० वर्षमा नै गृकका राजा भए।

उनले विश्वका इरान, सिरिया, टर्की, अफगानिस्तान , जुदेआ, गाभा, पंजाब लगायतका राज्यलाइ कब्जामा लिन सफल भए। यश कुराबाट पनि स्पष्ट हुन्छ, राजनितिमा युवाको महत्त्व । नेपालकै सन्दर्भलाई जोडौ, पृथ्विनारायण शाहको एकीकरणले आज हामी नेपाल र नेपाली भनेर गौरब गरेर बांच्न पाएका छौ। नेपालमा जन्मेका युवा समाजसेवी कुन्जना घिमिरे (सुन्तली) र सिताराम कट्टेल (धुर्मुस) जस्ता नेपाली युवाका कारण हामी गर्व गर्छौ।

रवि लामिछाने , भाग्य न्यौपाने जस्ता युवा पत्रकार जन्मेकै कारण आज देशका हजार दुखी र अन्यायमा परेका जनताले न्याय पाएका छन। आज पनि ४० वर्षभन्दा मुनिका सभासद मात्र १४% छन। यस्तो अबस्थामा हामिले समृद्धिको सपना देख्नु दिवा स्वप्न मात्र हो। सन्दिप लामिछाने, पारस खड्का जस्ता युवा खेलाडी जन्मेर नै आज नेपाल विस्वमा चिनिएको छ।

हामी नेपाली जनता जब निर्वाचन आउँछ अनि दुई हात जोडेर आउने त्यही बर्षौ देखिका नेतालाइ भोट हाल्छौ अनि जिताउछौ र समृद्धिको सपना देख्छौ। हजारौं बर्ष देखि विकास नगर्ने नेतालाइ विकास गर्छन भन्ने आशले पटकपटक जिताउने हामी नेपालिलाइ लाटा भन्ने या त मूर्ख, खोइ अन्योलमा पर्छु आफै। यदि हामी समृद्ध नेपाल चाहन्छौ भने युवा राजनितिमा समावेश हुनुपर्छ।

कलेज देखि राजनितिक विद्यार्थी संगठनमा होमिएका अहिलेका युवालाइ राजनितिमा अब समावेश गर्ने कि नगर्ने? बुढी आमा धनको आशमा तन्नेरी छोरालाइ खाडी मुलुकमा पठाउन बाध्य हुन्छिन अनि छोराले झोलामा पोइसाको बिटो होइन आफुलाइ बाकस भित्र हालेर फर्काउछ। कति दुख्ला आमाको मुटु, कति छोराछोरी टुहुरा होलान, कति श्रीमति बिधवा होलान।

धन नै आर्जन गरेर स्वदेश फर्किए पनि देश विकसित हुन सक्ला र? सक्दैन। हिजो मेरो बुवाले पढ्नुभएको वाक्य “नेपाल विकासोन्मुख राज्य हो।” आज म पनि यहि पढिरहेकी छु र यदि युवा राजनितिमा समावेश हुदैनन भने अब आउने भावी पुस्ताले पनि सोही वाक्यलाइ नै दोर्याउछ। राजनितिक परम्परालाई हामिले तोड्नुपर्छ, नया संरचना कोर्नु पर्छ । त्यसैले जब गरिन्छ तब मात्र फल पाइन्छ भन्ने संस्कृतिको बिकास यो देशमा हुनुपर्छ अनि मात्र युवा राजनितिमा समावेश हुने अबसर पाउँछन् र आफ्नो बल, विवेक , बुद्धि र श्रम प्रयोग गरेर देशको कांचुली युवाले फेर्छन।

“जय देश, जय युवा”



तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना

ताजा

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.