• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०३ जेठ २०८३, आइतबार
०३ जेठ २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सुनको मुल्य बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार ?
  • ६ घण्टा 

अण्डाको उत्पादन घट्दा मूल्य भने बढ्यो
  • ७ घण्टा 

१० महिनामा नेपालमा ४५ अर्बभन्दा बढी वैदेशिक लगानी भित्रियो
  • ७ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ९ घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • ९ घण्टा 

२०८३ जेठ ०४ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २३ घण्टा 

पोखरामा बजाज चेतक ईभीको विस्तार, प्रिमियम विद्युतीय यात्रातर्फ अर्को कदम
  • १ दिन 

विद्युतीय सवारीको मोटर क्षमता सम्बन्धमा नाइमाको ध्यानाकर्षण
  • १ दिन 

नयाँ ओमोडा इ५ प्रो नेपाल आउँदै
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम अब अनलाइनबाटै लिन सकिने

  • २. नयाँ ओमोडा इ५ प्रो नेपाल आउँदै

  • ३. एसइईको ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

  • ४. क्लासिक टेकप्रति आकर्षण बढ्दो, दुई महिनामै थपिए ३ हजारभन्दा बढी नयाँ ग्राहक

  • ५. घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • ६. भारतको उत्कृष्ट विद्युतीय स्कुटर ब्राण्ड एम्पीयर अब पोखरामा

  • ७. आजदेखि सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सुरु

  • ८. बानेश्वर र सीतापाइलामा हिरोको नयाँ शोरुम उद्घाटन

  • ९. विद्युतीय सवारीको मोटर क्षमता सम्बन्धमा नाइमाको ध्यानाकर्षण

  • १०. ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१५ हजार कर्मचारी माग सहित बुधबार विज्ञापन खुलाउँदै लोकसेवा आयोग

admin २०७६, जेष्ठ, १४

काठमाडौं-सात प्रदेशमा १४ हजार ६ सय ७२ कर्मचारी आवश्यक रहेको विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगलाई पठाएको छ। पाँच सय ५५ स्थानीय तहबाट माग भएका कर्मचारीको संख्या मन्त्रालयले लोकसेवालाई पठाएको नयाँ पत्रिकामा खबर छ । मन्त्रालयको प्रस्तावअनुसार लोकसेवाले आगामी १५ जेठदेखि विभिन्न पदका कर्मचारीको विज्ञापन खुलाउने तयारी गरेको छ। लोकसेवाले कर्मचारी आवेदनको कार्यतालिका नै सार्वजनिक गरिसकेको छ। नवौँ तहका अप्राविधिक–प्राविधिक पदको खुला प्रतिस्पर्धाको परीक्षा भदौमा लिने र असोजमा नतिजा प्रकाशित हुने लोकसेवाले जनाएको छ। अन्तर्वार्ता र सिफारिस भने कात्तिकमा हुनेछ।

त्यस्तै, छैटौँ तहका अप्राविधिक पदको पदपूर्ति दुई चरणमा हुने कार्यतालिका छ। पहिलो चरणको परीक्षा साउनमा लिएर सोही महिना नतिजा सार्वजनिक गर्नेछ। दोस्रो चरणको परीक्षा भने भदौ–असोजमा लिई असोज–कात्तिकमा नतिजा आउनेछ। दुवैको अन्तर्वार्ता र सिफारिस कात्तिक–मंसिरमा हुनेछ। छैटौँ तहकै प्राविधिक पदको परीक्षा पनि दुई चरणमा गर्ने कार्यतालिका छ। पहिलो चरणको परीक्षा र नतिजा साउनमै हुनेछ भने दोस्रो चरणको परीक्षा भदौ–असोजमा भएर नतिजा कात्तिकमा प्रकाशित हुनेछ। दुवैको अन्तर्वार्ता र सिफारिस कात्तिक–मंसिरमा गर्ने लोकसेवाको तयारी छ।

पाँचौँ तहको अप्राविधिक पदमा पहिलो चरणको परीक्षा र नतिजा साउनमा हुनेछ। दोस्रो चरणको परीक्षा भदौ–असोजमा भई नतिजा असोज–कात्तिकमा आउनेछ। दुवैको अन्तर्वार्ता र सिफारिस भने असोज–कात्तिकमा आउनेछ। पाँचौँ तहका प्राविधिक पदको पदपूर्ति खुलाबाटै हुनेछ। यसको परीक्षा साउन–भदौमा भई भदौमा नतिजा आउने तथा अन्तर्वार्ता र सिफारिस भदौ–असोजमा हुनेछ।

उपत्यकामा भेटिए थरीथरी बम शीर्षकको पत्रिकाले अर्को समाचार छापेको छ । आइतबार चारजनाको ज्यान जाने गरी उपत्यकामा शृंखलाबद्ध विस्फोट भए। सोमबारसम्म ११ ठाउँमा विस्फोटक पदार्थ रहेको सूचना आएकोमध्ये नौ ठाउँमा विस्फोटक पदार्थ भेटिएको नेपाली सेनाले जानकारी दिएको छ।

सुकेधारामा टाइम बम विस्फोट भएको सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिए। घट्टेकुलोमा विस्फोट भएको रिमोट कन्ट्रोलबाट चल्ने बम र नागढुंगामा विस्फोट भएको प्रेसर कुकर बम रहेको उनले बताए।

सेनाले डिस्पोज गरेको लगनखेल, ग्वार्को, घट्टेकुलोमै भेटिएको अर्को, भैँसेपाटी र नयाँ बसपार्कमा भेटिएको पनि प्रेसकुकर बम हो।त्यसबाहेक चापागाउँमा भेटिएको भने रिमोट कन्ट्रोलबाट चल्ने विस्फोटक पदार्थ हो। सुकेधारामै भेटिएको एक र नैकापमा भेटिएको अर्को भने नक्कली बम रहेको सेनाको भनाइ छ।

त्यस्तै नक्कली लालपुर्जा बनाएर ९२ रोपनी सरकारी जग्गा हाउजिङलाई शीर्षकमा पत्रिकामा अर्को समाचार छ । नक्कली लालपुर्जाका आधारमा मालपोत कर्मचारीले चन्द्रागिरी नगरपालिकास्थित ९२ रोपनी सरकारी जग्गा हाउजिङ कम्पनीको नाममा पास गरिदिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी त्यसमा संलग्न मालपोत कर्मचारीसहित सातजनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

मालपोत कार्यालय कलंकीका तत्कालीन मालपोत अधिकृत शिवप्रसाद रिमाल र नायब सुब्बा हरिप्रसाद आचार्य, नक्कली जग्गाधनी मीनाकुमारी थापा, सुयल हाउजिङ कम्पनीका सञ्चालक रामकुमार सुयल थापाविरुद्ध मुद्दा दायर भएको हो। नक्कली जग्गाधनी मीनाकुमारीको वारेस दिपेन्द्रविक्रम शाह, अधिवक्ता बाबुराम शर्मा रेग्मी र अधिवक्ता योगेन्द्र पोखरेलविरुद्ध आयोगले मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए।

तत्कालीन बाडभन्ज्याङ गाविस–३ स्थित पाताल तथा ठोट्नेखोला र चिसापानी सामुदायिक वन उपभोक्ता समूहले उपभोग गरिरहेको सरकारी जग्गा सुयल हाउजिङ कम्पनीका नाममा पास गरिएको हो। सरकारी मूल्यांकनअनुसार सो जग्गाको मूल्य दुई करोड २१ लाख १० हजार रुपैयाँ रहेको आयोगले जनाएको छ।

नक्कली जग्गाधनी खडा गरी नक्कली लालपुर्जा बनाएर सरकारी जग्गा निजी कम्पनीका नाममा मालपोत कर्मचारीले जग्गाधनी दर्ता स्रेस्ता खडा गरिदिएका थिए। सुयल हाउजिङका सञ्चालक रामकुमार सुयल थापासमेतले परिपञ्च मिलाई आफ्नै दिदी मीनाकुमारीको नाममा नक्कली जग्गाधनी प्रमाणपुर्जा बनाएका थिए।

खबर हब बाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला
नेपाली सेनामा ४,५०० पदमा आवेदन खुला : सुरक्षा क्षेत्रमा करियर बनाउने अवसर
मेटाको निर्णयः ८ हजार कर्मचारी कटौती गर्दै एआईतर्फ केन्द्रित हुने

ताजा

सुनको मुल्य बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार ?

अण्डाको उत्पादन घट्दा मूल्य भने बढ्यो

१० महिनामा नेपालमा ४५ अर्बभन्दा बढी वैदेशिक लगानी भित्रियो

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.