असार १६ गते सोमबारको राशिफल
सूर्योदय– ५:१३ बजे, सूर्यास्त– १९:०२ बजे र दिनमान ३४ घडी २ पला।
जय गुरु देव !! जय भोले बाबा !!
सत्य सनातन वैदिक धर्मको जय !! जय !! जय !!
आजको- पञ्चाङ्ग
वि.सं. २०७६ असार १६,सोमबार, इ.स. २०१९ जुलाई १, शकसंवत् १९४१, परिधावी संवत्सर, उत्तरायण,ग्रीष्म ऋतु, ने.सं. ११३९ तछलागा, आषाढ कृष्णपक्ष, चतुर्दशी, २६:२८ उप्रान्त औंसी,नक्षत्र– रोहिणी, ८:५३ बजेउप्रान्त मृगशिरा, योग– गण्ड, १८:०० बजेउप्रान्त वृद्धि, करण– भद्रा, १५:०२ बजेदेखि शकुनि, २६:२८ बजेउप्रान्त चतुष्पद,आनन्दादिमा प्रवर्द्ध योग, चन्द्रराशि– वृष, २०:४६ बजेउप्रान्त मिथुन, सूर्योदय– ५:१३ बजे, सूर्यास्त– १९:०२ बजे र दिनमान ३४ घडी २ पला।
भोलिको- पञ्चाङ्ग
वि.सं. २०७६ असार १७,मंगलबार, इ.स. २०१९ जुलाई २, शकसंवत् १९४१, परिधावी संवत्सर, उत्तरायण, ग्रीष्म ऋतु, ने.सं. ११३९ तछलागा, आषाढ कृष्णपक्ष,औंसी, २५:०३ उप्रान्त प्रतिपदा,नक्षत्र– मृगशिरा, ८:३२ बजेउप्रान्त आर्द्रा,योग– वृद्धि, १५ :५८ बजेउप्रान्त ध्रुव, करण– चतुष्पद, १३:४९ बजेदेखि नाग, २५:०३ बजेउप्रान्त किंस्तुघ्न, आनन्दादिमा राक्षस योग, चन्द्रराशि– मिथुन, सूर्योदय– ५:१३ बजे, सूर्यास्त– १९:०२ बजे र दिनमान ३४ घडी १ पला।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
टाउको र आँखाको समस्याले दुःख दिन सक्छ, असमझदारी बढ्न सक्छ,उच्च रक्तचाप, टाउको दुखाइ वा आँखाको समस्याले भने सताउन सक्छ,पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ,आजको शुभ अंक ११ रहेको छ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
काममा प्रतिस्पर्धीहरूले तपाईंको ठाउँ ओगट्ने चेष्टा गर्नेछन्, वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ, मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ,आजको शुभ अंक ६ रहेको छ।
मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
काममा लगानी बढाउन सकिनेछ,कृषि तथा पशुधनबाट विशेष फाइदा पुग्नेछ,विपरीत लिंगीहरूको माध्यमबाट बढी लाभ होला,विद्यामा कमजोरी र लेनदेनमा विवाद होला,आजको शुभ अंक २ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
ठूलो आशा देखाएर ठगी गर्नेहरूले सताउन सक्छन्,धनमाल हराउने, चोरिने वा ठगीमा परिने सम्भावना छ,काममा चुनौती देखापर्न सक्छन्,अवसरको खोजीमा दौडधुप गर्नुपर्ला,आजको शुभ अंक १ रहेको छ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मेहनतले अप्ठ्यारा काम पनि सहजै सम्पादन हुनेछन्, समाजमा कीर्ति बढ्ने काम पनि सम्पादन होला,खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ,आजको शुभ अंक ३ रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइएला, हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला,प्रयत्न गर्दा कृषि र व्यापार–व्यवसायमा पनि राम्रै फाइदा उठाउन सकिनेछ,आजको शुभ अंक १० रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
घरमा मंगलमय कार्य सम्पादन हुनेछ, मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ,लामो समयदेखि रोकिएका काम सम्पादन हुनेछन्,नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष लाभ मिल्ने देखिन्छ,आजको शुभ अंक ८ रहेको छ।
वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
बन्धुबान्धव तथा गुरुजनबाट अलि टाढिनुपर्ला,उत्तम वस्त्र, भोजन र विशेष उपहार हातलागी हुने समय छ,सचेत रहनुहोला,टाढिएका आफन्तसँग पुनर्मिलन हुनेछ,काममा सहयोगीले साथ दिनेछन्,आजको शुभ अंक ५ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला, आस मारेको काम बन्नाले उत्साह भने जाग्नेछ,महत्वपूर्ण काममा केही व्यवधानहरू देखा पर्नेछन्,घरखर्च बढ्नुका साथै व्यापारमा अलि मन्दी आउने देखिन्छ,आजको शुभ अंक १० रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
परिवारजनमा आत्मीय भाव र विलासिता बढ्नेछ,धार्मिक र सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ,केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ,आजको शुभ अंक ७ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ, उत्साहजनक समाचार सुन्न पाइनेछ, कामको दायित्व बढ्नेछ,मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धनसमेत कसिने सम्भावना छ,आजको शुभ अंक ९ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइएला, पारिवारिक असमझदारीले केही समस्या आउन सक्छन्,आफ्ना काममा अरूले अधिकार जमाउने चेष्टा गर्न सक्छन्,आजको शुभ अंक ४ रहेको छ।
सम्बन्धित समाचार
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १ गते बिहीबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने

