हिमालयन बैंक लिमिटेडमा ८६ जनालाई जागिरको अवसर खुलेको हो । बैंकले ४३ जना सुपरभाइजर र ४३ जना जुनियर असिस्टेण्ड माग गरेको छ । ४२ सुपरभाइजका लागि फाइनान्स, बैंकिङ र इकोनोमिक्समा स्नातकोत्तर उत्तीर्ण तथा १ जना अर्का सुपरभाइजरका लागि एलएलबी उत्तीर्ण गरेको तथा ३५ वर्ष ननाघेको हुनु पर्नेछ ।
त्यसैगरी जुनियर असिस्टेण्टका लागि फाइनान्स, बैंकिङ र इकोनोमिक्समा स्नातक उत्तीर्ण र २८ वर्ष ननाघेको हुनु पर्नेछ । योग्यता पुगेका उम्मेदवारहरुले साउन १ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
यता, जनता बैंकले पनि २ सय जना कर्मचारी माग गरेको छ । म्यानेजमेन्ट ट्रेनी पदमा ५० जना र जुनियर असिस्टेन्टका लागि १५० जना कर्मचारी माग गरेको हो । योग्यता पुगेका इच्छुकहरुले साउन १ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
तल दिएको लिंकमा गएर दरखास्त दिन सकिन्छ
https://www.himalayanbank.com/hblcareer/index.php/