Jankari Kendra
२६ श्रावण २०८३, मंगलवार
Worldlink

साउन १४मंगलबारको राशिफल

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, श्रावण, १३
साउन १४मंगलबारको राशिफल

चन्द्रराशि– मिथुन, सूर्योदय– ५:२६ बजे, सूर्यास्त– १८:५३ बजे र दिनमान ३३ घडी ६ पला। घण्टाकर्ण चतुर्दशी। गठेमंगल (गथाँमुग च:ह्रे पूजा)।

जय गुरु देव !! जय श्री गणेश !!
सत्य सनातन वैदिक धर्मको जय !! जय !! जय !!
आजको- पञ्चाङ्ग
वि.सं. २०७६ साउन १४, मंगलबार, इ.स. २०१९ जुलाई ३०, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु, ने.सं. ११३९ दिल्लागा, श्रावण कृष्णपक्ष, त्रयोदशी, १२:३८ उप्रान्त चतुर्दशी, नक्षत्र– आर्द्रा, १५:४७ बजेउप्रान्त पुनर्वशु, योग– हर्षण, २२:४९ बजेउप्रान्त वज्र, करण– वणिज, १२:३८ बजेदेखि भद्रा, २३:४९ बजेउप्रान्त शकुनि, आनन्दादिमा चर योग। चन्द्रराशि– मिथुन, सूर्योदय– ५:२६ बजे, सूर्यास्त– १८:५३ बजे र दिनमान ३३ घडी ६ पला। घण्टाकर्ण चतुर्दशी। गठेमंगल (गथाँमुग च:ह्रे पूजा)।

भोलिको- पञ्चाङ्ग
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
प्रेममा खटपट हुनेर पति–पत्नीबीचमा मतभेद हुने सम्भावना भएकोले थोरै बोल्नुहोला,मानसिक तनाव उच्च विन्दुमा पुग्ने छ,गुमेको विश्वास फर्कने वातावरण पनि मिल्नेछ,विश्वास दिलाउन सफलभई आफ्नो कार्य अघि बढान सकिनेछ,आजको शुभ अंक ५ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
गोपनीयतामा ध्यान दिनुहोला,खानपान तथा फेसनमा धन खर्च हुने देखिन्छ,सामाजिक सञ्जालमार्फत प्राप्त सुझाव अनुसरण गर्दा थप उचाइमा पुगिने सम्भावना छ,स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ,आजको शुभ अंक ८ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
विगतका कमजोरीले दण्ड–जरिवानामा परिने सम्भावना छ, अपेक्षा अनुरूपको नतिजा प्राप्त गर्न अझ केही समय कुर्नुपर्नेछ, विदेश यात्राको योग छ,खर्च गरे अनुरूप भविष्यका लागि जग बसाउने अवसर जुट्नेछ,आजको शुभ अंक ६ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घरायसी व्यवहारबाट टाढै रहँदा करियर बनाउन सहज हुनेछ,संयम एवं बोलीको मधुरताले,सम्झना लायक कार्य सम्पन्न गर्न ठूलाबडाको सहयोग तथा आशीर्वादको आवश्यकता पर्नेछ, भेट्न आउनेहरूसँग सतर्क रहनुहोला,आजको शुभ अंक ५ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
भ्रमण,समस्या समाधान गर्न नयाँ रणनीति आवश्यक देखिन्छ, मित्रता गाँस्नेहरूले सताउन सक्छ,झुटा आरोप पनि लाग्नेछन्, कार्यव्यस्तताका कारण भ्रमण एवं मनोरञ्जनका निम्ति समय निकाल्न धौ–धौ पर्नेछ,स्थानान्तरण हुने,आजको शुभ अंक ९ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
नोकारीमा समस्या आउनेछ,विश्वास गुम्ने सम्भावना छ,जोश र जाँगर बढ्ने आफ्नै प्रयासले नयाँ कामहरू प्राप्त हुनेछन्, रोजगारीको क्षेत्रमा ढिलै अवसर हात लागे पनि सही मार्ग पहिल्याइनेछ,आजको शुभ अंक १ रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
कूटनैतिक क्षेत्रमा ठूलो फड्को मार्ने अवसर मिल्नेछ,प्रेमी–प्रेमिकाबीच देखापरेको धमिलो सम्बन्धलाई मन मिल्ने साथीले दोहोरो भूमिका निर्वाह गरी प्रणयसूत्रमा परिणत गरिदिने सम्भावना छ,आजको शुभ अंक १२ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
आफन्त बीच अविश्वास बढ्ला,पति–पत्नीमा राम्रो सम्वन्ध नहुने भएकाले मन उदास रहनेछ, पाएको जिम्वेवारी पुरागर्न पूर्णरूपमा सफल हुनुहोला, खाइपाइ आएको सेवा–सुविधामा कटौति हुनसक्नेछ,आजको शुभ अंक ३ रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला,मर्यादा पालन नगर्दा अफिसियल कार्यमा अवरोध सिर्जना हुनसक्छ, गोपनीयतामा ध्यान दिनुहोला,नगद सापटी लिएका साथीहरूले समयमै ऋण नतिर्दा आर्थिक झन्झट आइलाग्न सक्छ,आजको शुभ अंक १० रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आवश्यक सामग्री किनमेल गर्दा विशेष सावधानी अपनाउनु होला,सचेत रहनुहोस,कसैको कुरामा नलागी एकचित्त भै लक्ष्यतर्फ लम्कन सकिनेछ, प्रशंसा गर्नेहरू भित्रभित्रै आलोचना गर्न थाल्नेछन्,आजको शुभ अंक ११ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
समस्याहरू धेरै आउनेछन्,योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैं पछि परिनेछ,कुनै पनि काममा प्रतिस्पर्धा गर्दा राम्रो परिणाम हात पार्न सकिनेछ,कार्य व्यस्तताका कारण घरपरिवारमा खटपट हुन सक्छ,यात्रामा अवरोध हुने,आजको शुभ अंक ७ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मित्रहरूको आर्थिक सहयोग प्राप्त गर्न अझ केही समय कुर्नुपर्नेछ, झुटा आरोप लाग्ने योग भएकोले सबैकाममा आफैँले ध्यान दिनुहोला, खाइपाइ आएको सेवा–सुविधामा कटौति हुनसक्ने भएकाले बढी अपेक्षा नगर्दा असन्तोषमा कमि सकिनेछ,आजको शुभ अंक ८ रहेको

छ ।

गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)

Top Changing Nepal

युट्युब सट्स