भदौ ३१, मंगलबारको राशिफल
चन्द्रराशि– मेष, सूर्योदय– ५:५० बजे, सूर्यास्त– १८:०५ बजे र दिनमान ३० घडी ८ पला। भाद्र मसान्त। गातिला। इन्द्रध्वज पातन। नानिचाया।
जय गुरु देव !! जय श्री गणेश !!
सत्य सनातन वैदिक धर्मको जय !! जय !! जय !!आजको – पञ्चाङ्ग
वि.सं. २०७६ भदौ ३१, मंगलबार, इ.स. २०१९ सेप्टेम्बर १७, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु, ने.सं. ११३९ ञलगा, आश्विन कृष्णपक्ष, तृतीया, १४:०७ उप्रान्त चतुर्थी, नक्षत्र– अश्विनी, २९:२५ बजेउप्रान्त भरणी, योग– ध्रुव, २३:२४ बजेउप्रान्त व्याघात, करण– भद्रा, १४:०७ बजेदेखि वव, २६:४३ बजेउप्रान्त वालव, आनन्दादिमा अमृत योग, चन्द्रराशि– मेष, सूर्योदय– ५:५० बजे, सूर्यास्त– १८:०५ बजे र दिनमान ३० घडी ८ पला। भाद्र मसान्त। गातिला। इन्द्रध्वज पातन। नानिचाया।
भोलिको- पञ्चाङ्ग
वि.सं. २०७६ असोज १, बुधबार, इ.स. २०१९ सेप्टेम्बर १८, शकसंवत् १९४१,परिधावी संवत्सर, दक्षिणायन, शरद ऋतु, ने.सं. ११३९ ञलगा, आश्विन कृष्णपक्ष, चतुर्थी, १५:१३ उप्रान्त पञ्चमी, नक्षत्र– भरणी, ३०:५१ बजेउप्रान्त कृत्तिका, योग– व्याघात, २३:०६ बजेउप्रान्त हर्षण, करण– वालव, १५:१३ बजेदेखि कौलव, २७:३५ बजेउप्रान्त तैतिल, आनन्दादिमा काण योग, चन्द्रराशि– मेष, का सूर्योदय – ५:५० बजे, सूर्यास्त– १८:०४ बजे र दिनमान ३० घडी ४ पला, चतुर्थी श्राद्ध,आश्विन संक्रान्ति। विश्वकर्मा पूजा। वास्तु दिवस।
आजको राशिफल
मेष (चु, चे, च, ला, लि, लु, ले, लो, अ)
मेहनतले अप्ठ्यारा काम पनि सहजै सम्पादन हुनेछन्, समाजमा कीर्ति बढ्ने काम पनि सम्पादन होला,खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ,आजको शुभ अंक ३ रहेको छ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
बन्धुबान्धव तथा गुरुजनबाट अलि टाढिनुपर्ला,उत्तम वस्त्र, भोजन र विशेष उपहार हातलागी हुने समय छ,सचेत रहनुहोला,टाढिएका आफन्तसँग पुनर्मिलन हुनेछ,काममा सहयोगीले साथ दिनेछन्,आजको शुभ अंक ५ रहेको छ।
मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइएला, पारिवारिक असमझदारीले केही समस्या आउन सक्छन्,आफ्ना काममा अरूले अधिकार जमाउने चेष्टा गर्न सक्छन्,आजको शुभ अंक ४ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ, उत्साहजनक समाचार सुन्न पाइनेछ, कामको दायित्व बढ्नेछ,मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धनसमेत कसिने सम्भावना छ,आजको शुभ अंक ९ रहेको छ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
टाउको र आँखाको समस्याले दुःख दिन सक्छ, असमझदारी बढ्न सक्छ,उच्च रक्तचाप, टाउको दुखाइ वा आँखाको समस्याले भने सताउन सक्छ,पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ,आजको शुभ अंक ११ रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
परिवारजनमा आत्मीय भाव र विलासिता बढ्नेछ,धार्मिक र सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ,केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ,आजको शुभ अंक ७ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला, आस मारेको काम बन्नाले उत्साह भने जाग्नेछ,महत्वपूर्ण काममा केही व्यवधानहरू देखा पर्नेछन्,घरखर्च बढ्नुका साथै व्यापारमा अलि मन्दी आउने देखिन्छ,आजको शुभ अंक १० रहेको छ।
वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
काममा प्रतिस्पर्धीहरूले तपाईंको ठाउँ ओगट्ने चेष्टा गर्नेछन्, वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ, मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ,आजको शुभ अंक ६ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
घरमा मंगलमय कार्य सम्पादन हुनेछ, मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ,लामो समयदेखि रोकिएका काम सम्पादन हुनेछन्,नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष लाभ मिल्ने देखिन्छ,आजको शुभ अंक ८ रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइएला, हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला,प्रयत्न गर्दा कृषि र व्यापार–व्यवसायमा पनि राम्रै फाइदा उठाउन सकिनेछ,आजको शुभ अंक १० रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
ठूलो आशा देखाएर ठगी गर्नेहरूले सताउन सक्छन्,धनमाल हराउने, चोरिने वा ठगीमा परिने सम्भावना छ,काममा चुनौती देखापर्न सक्छन्,अवसरको खोजीमा दौडधुप गर्नुपर्ला,आजको शुभ अंक १ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
काममा लगानी बढाउन सकिनेछ,कृषि तथा पशुधनबाट विशेष फाइदा पुग्नेछ,विपरीत लिंगीहरूको माध्यमबाट बढी लाभ होला,विद्यामा कमजोरी र लेनदेनमा विवाद होला,आजको शुभ अंक २ रहेको छ।
सम्बन्धित समाचार
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
२०८३ साउन २५ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २४ गते आईतवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २३ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक


