Jankari Kendra
२६ श्रावण २०८३, मंगलवार
Worldlink

२०७६ असोज २६,आइतबारको राशिफल

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, आश्विन, २५
२०७६ असोज २६,आइतबारको राशिफल
सूर्योदय– ६:०३ बजे, सूर्यास्त– १७:३६ बजे र दिनमान २८ घडी २ पला। पञ्चक।व्रत/पर्व- पूर्णिमा, कोजाग्रत व्रत, पूर्णिमा व्रत, कार्तिकस्नान आरम्भ,आकाशदीपदान प्रारम्भ, कतिपुन्ही, योसिमतवियँगु, रास–महोत्सव (कृष्ण प्रणामी )।

जय गुरु देव !! जय सुर्य देव !!
सत्य सनातन वैदिक धर्मको जय !! जय !! जय !!

आजको – पञ्चाङ्ग
वि.सं. २०७६ असोज २६,आइतबार, इ.स. २०१९ अक्टोबर १३, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, शरद ऋतु,ने.सं. ११३९ कौलाथ्व, आश्विन शुक्लपक्ष, पूर्णिमा, २५:५८ उप्रान्त प्रतिपदा,नक्षत्र– उत्तरभाद्रपदा, ८:३१ बजेउप्रान्त रेवती, योग– व्याघात, ३०:१६ बजेउप्रान्त हर्षण, करण– भद्रा, १३:०३ बजेदेखि वव, २५:५८ बजेउप्रान्त वालव,आनन्दादिमा स्थिर योग, चन्द्रराशि– मीन, सूर्योदय– ६:०३ बजे, सूर्यास्त– १७:३६ बजे र दिनमान २८ घडी २ पला। पञ्चक।व्रत/पर्व- पूर्णिमा, कोजाग्रत व्रत, पूर्णिमा व्रत, कार्तिकस्नान आरम्भ,आकाशदीपदान प्रारम्भ, कतिपुन्ही, योसिमतवियँगु, रास–महोत्सव (कृष्ण प्रणामी )।

भोलिको- पञ्चाङ्ग
वि.सं. २०७६ असोज २७, सोमबार, इ.स. २०१९ अक्टोबर १४, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, शरद ऋतु, ने.सं. ११३९ कौलागा, कार्तिक कृष्णपक्ष, प्रतिपदा, २७:३२ उप्रान्त द्वितीया, नक्षत्र– रेवती, १०:५० बजेउप्रान्त अश्विनी, योग– व्याघात, ६:१६ बजेउप्रान्त हर्षण, करण– वालव, १४:४७ बजेदेखि कौलव, २७:३२ बजेउप्रान्त तैतिल, आनन्दादिमा मातंग योग, चन्द्रराशि– मीन, १०:५१ बजेउप्रान्त मेष,सूर्योदय– ६:०३ बजे, सूर्यास्त– १७:३५ बजे र दिनमान २८ घडी ८ पला। पञ्चक १०:५० बजे समाप्ति।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
परिवारमा खुशी छाउनेछ,रिकियाका कम हरु बन्ने छन् ,स्वास्थ्यमा सुधार आउने छ,रोजगारीको लागि आजको दिन राम्रो छ,बैदेशिक यात्रा हुने सम्भावना छ, सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,आजको शुभ अंक ५ रहेको छ।

बृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
समय राम्रो छ, शुभ कुराको सङ्केत मिल्नेछ ,अर्थलाभका अवसर आउने छन्,आज कुनै अप्रत्याशित काम बन्ने योग छ।पारिवारिक जीवनमा मतभेत रहनेछ, चोटपटकको सम्भावना छ,आजको शुभ अंक ९ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ , छ, के, को, ह) –
महत्त्वपूर्ण ठाउँमा बोली बिक्नेछ,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,सहयोगीहरूले काममा साथ दिनेछन्,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,आजको शुभ अंक १ रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
गणेश भगवानको पुजा गर्नाले शुभ हुन्छ,परिवारमा खुशीको खबर प्राप्त हुने छ,माया प्रेमको लागि रमाइलो छ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ ,व्यापार व्यवसाय मध्यम रहेको छ,आजको शुभ अंक १० रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
रोकियाका कामहरु बन्नेछ,श्रमबाट प्रशस्त धन लाभ हुनेछ,पठन–पाठनमा प्रगति हुनेछ,विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ,नब ग्रहको प्राथना गर्नाले शुभ कार्यमा सफलता पाइन्छ ,आजको शुभ अंक ११ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
विभिन्न देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,आजको समय सामान्य छ , माता मनकामना लाई प्रथाना गर्नु होला,आजको शुभ अंक ३ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ, समाजमा प्रतिष्ठित व्यक्तिको रूपमा तपार्इंको मुल्याङ्कन हुनेछ ,प्रेमी बाट आवश्यक सहयोग मिल्नेछ, आफन्त बाट धोका हुन् सक्छ, आजको शुभ अंक ७ रहेको छ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
जिबन साथी सग छुटिनु पर्ला,यात्रा घातक बन्न सक्छ, चोटपटकको सम्भावना छ,आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ ,पारिवारिक किचलो हुनेछ,बोलीमा विचार गर्नु होला,आजको शुभ अंक १२ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
भनेजस्तो प्रतिफल पाउन संघर्ष गर्नुपर्ने हुन्छ, महत्वपूर्ण काममा ध्यान दिनु होला,बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,आजको शुभ अंक ५ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आत्म–विश्वास बढ्नेछ ,विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ ,पारिवारिक जमघटमा मन रमाउनेछ ,स्वादिष्ट भोजनको आनन्द समेत पाइएला,शुभ कुराको संकेत मिल्नेछ,आजको शुभ अंक ६ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आर्थिक समस्या पर्ने छ झैझगडा र विवादमा सरिक हुनु पर्नेछ, बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,चोटपटक को सम्भावना छ ,पारिवारिक जीवन सामान्य रहने छ,साझपख सुधार हुनेछ,आजको शुभ अंक ८ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ ,वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ,प्रेम गर्ने हरुको लागि शुभ हुनेछ , टाढाको यात्रा सम्भावना छ,शिव भगवानको अरधनाले काममा सफलता मिल्नेछ,आजको शुभ अंक ८ रहेको छ।

गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)

 

Top Changing Nepal

युट्युब सट्स