यी नीति अपनाए जीवन बन्छ सुखमय
१.आयु रेखा गोप्य राख्ने
शुक्राचार्यका अनुसार व्यक्तिको उमेर कुनै पनि अर्को व्यक्तिलाई बताउनु हुदैँन । उमेरलाई जति गोप्य राख्न सकियो त्यत्ति नै राम्रो हुन्छ । उमेर थाहा पाएपछि प्रत्यक्ष तथा अप्रत्यक्ष शत्रुले कुनै न कुनै तरिकाबाट लाभ उठाएर तिमीलाई ठेस पु¥याउँछ ।
२.ग्रह र गृहको दोष
धेरै मानिसहरु ग्रह दोषबाट पिडित भएका हुन्छन् । ग्रहको कारण समस्याहरु उत्पन्न हुने गर्दछ । समस्या नै समस्याले मानिसहरुलाई एक समस्याको घेरामा बाधिदिन्छ । गृह तथा घर शान्तिका लागि भनिएका उपायहरु यदि कसैलाई सुनाएमा त्यसको फल प्राप्त हुँदैन । आफ्नो घरको समस्या अर्को व्यक्तिलाई सुनाउनु हुदैँन । अन्यथा सबैले आफ्नो मजाक उडाएर आफ्नो फाइदा लिने तथा घर झगडा भएमा त्यसलाई झन बढवा लिने गर्दछन् ।यसले आपसी मनमुटाव र अविश्वासका भावना बढ्छ । घरको कुरा घरमा राख्नाले जीवन सुखमय बन्छ ।
३.मन्त्र
भनिन्छ,जो मानिस आफ्नो पूजापाठ र मन्त्र गोप्य राख्दछ उसलाई पुण्य कर्मको फल मिल्छ । तर कुनै मानिस आफ्नो जपतप पूजापाठको बारेमा बयान गर्छ भने त्यस्ता व्यक्तिलाई भगवानको कृपा नहुने र फल प्राप्त पनि मिल्दैन । गुरुमंत्र, साधना र तप यदि आफ्नो कुनै योग्य गुरुबाट लिएको ज्ञान हो त्यस गुरुमन्त्रलाई गोप्य राख्नुपर्छ ।
४.धनलाई गोप्य राख्ने
आफ्नो धनको बारेमा जति गोप्य राख्यो त्यत्ति नै राम्रो हुन्छ । धनलाई आफ्ना परिरचत र नातेदारबाट गोप्य राख्ने सल्लाह दिन्छन् । तर आफ्नो पत्नीबात गोप्य राखेमा र उसलाई शंका लागेमा तिमीलाई त्यही धन दुखदायि सावित हुन्छ ।
शुक्राचार्य मान्छन् धनबाट जीवनमा केही सुख सुविधा जुटाउन सकिन्छ भने केही समय यही धनले आफूलाई समस्यामा पार्ने पनि गर्दछ । त्यसकारण धनलाई जति गोप्य राख्न सक्यो त्यत्ति नै फलदायी हुन्छ ।
५. औषधी
चिकित्सकले आफ्नो निजी कुरा जान्न सक्छ । त्यसैले तिम्रो बारेमा जल्नेहरु चिकित्सकको मदतबाट तिम्रो बारेमा थाहा पाउने चेष्टा राख्दछ र थाहा पाएका नराम्रा कुरालाई समाजमा नराम्रो देखाउनको लागि तत्पर हुन्छ । त्यसकारण आफ्नो औषधी तथा चिकित्सकको सल्लाह सबै गोप्य राख्नुपर्छ ।
धार्मिक ग्रन्थको सहयोगमा
सम्बन्धित समाचार
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १ गते बिहीबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट

