चन्द्रराशि– कन्या, २५:१८ बजेउप्रान्त तुला, सूर्योदय– ६:३२ बजे, सूर्यास्त– १७:०७ बजे र दिनमान २६ घडी ९ पला। व्रत/पर्व -वैष्णवहरूको उत्पत्तिका एकादशी व्रत, द्विपुष्कर योग १४:०४ देखि २६:२५ बजेसम्म।
जय गुरु देव !! जय शनि देव !!
सत्य सनातन वैदिक धर्मको जय !! जय !! जय !!
आजको – पञ्चाङ्ग
वि.सं. २०७६ मंसिर ७, शनिबार, इ.स. २०१९ नोभेम्बर २३, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, हेमन्त ऋतु, ने.सं. ११४० कछलागा,मार्ग कृष्णपक्ष, द्वादशी, २६:२५ उप्रान्त त्रयोदशी, नक्षत्र– हस्त, १४:०४ बजेउप्रान्त चित्रा, योग– प्रीति, ९:३९ बजेउप्रान्त आयुष्मान्, करण– कौलव, १५:३२ बजेदेखि तैतिल, २६:२५ बजेउप्रान्त गर, आनन्दादिमा मृत्यु योग, चन्द्रराशि– कन्या, २५:१८ बजेउप्रान्त तुला, सूर्योदय– ६:३२ बजे, सूर्यास्त– १७:०७ बजे र दिनमान २६ घडी ९ पला। व्रत/पर्व -वैष्णवहरूको उत्पत्तिका एकादशी व्रत, द्विपुष्कर योग १४:०४ देखि २६:२५ बजेसम्म।
भोलिको- पञ्चाङ्ग
वि.सं. २०७६ मंसिर ८, आइतबार, इ.स. २०१९ नोभेम्बर २४, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, हेमन्त ऋतु, ने.सं. ११४० कछलागा, मार्ग कृष्णपक्ष, त्रयोदशी, २४:२० उप्रान्त चतुर्दशी, नक्षत्र– चित्रा, १२:३४ बजेउप्रान्त स्वाती, योग– आयुष्मान्, ६:३८ बजेदेखि सौभाग्य, २७:४५ बजेउप्रान्त शोभन, करण– गर, १३:२१ बजेदेखि वणिज, २४:२० बजेउप्रान्त भद्रा, आनन्दादिमा पद्म योग, चन्द्रराशि– तुला, सूर्योदय– ६:३२ बजे, सूर्यास्त– १७:०७ बजे र दिनमान २६ घडी ७ पला। व्रत/पर्व- पशुपतिक्षेत्र, नुवाकोटको तारुकाघाट, झापास्थित शताक्षीधाम र अर्जुनधारा, रामेछापको त्रिवेणी, खोटाङस्थित हलेसी महादेवस्थान लगायत शिवालय एवं तीर्थस्थानहरूमा बाला चतुर्दशी मेला सुरु।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
प्रेमी बाट आवश्यक सहयोग मिल्नेछ,सानातिना कामको झमेला आउनसक्छ,आफन्त बाट धोका हुन् सक्छ,समाजमा प्रतिष्ठित व्यक्तिको रूपमा तपार्इंको मुल्याङ्कन हुनेछ,प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ,आजको शुभ अंक १ रहेको छ।
बृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
बोलीमा विचार पुराउनु होला,महत्वपूर्ण काममा ध्यान दिनु होला,आर्थिक संकट पर्नेछ,भनेजस्तो प्रतिफल पाउन संघर्ष गर्नुपर्ने हुन्छ,बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,आजको दिन तेती राम्रो छैन,आजको शुभ अंक ४ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ , छ, के, को, ह) –
पारिवारिक किचलो हुनेछ,बोलीमा विचार गर्नु होला,चोटपटकको सम्भावना छ,जिबन साथी सगॅ मन मुटाब हुन् सक्छ,आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,यात्रा घातक बन्न सक्छ,आजको शुभ अंक ८ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
श्रमबाट प्रशस्त धन लाभ हुनेछ,पठन–पाठनमा प्रगति हुनेछ,विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ,रोकियाका कामहरु बन्नेछ,देवी माताको पूजा गर्नाले शुभ कार्यमा सफलता पाइन्छ, रोजगारीमा सफलता मिल्ने छ,आजको शुभ अंक २ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
चोटपटक को सम्भावना छ, झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,साझपख सुधार हुनेछ,बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,पारिवारिक जीवन सामान्य रहने छ,आर्थिक समस्या पर्ने छ,आजको शुभ अंक ४ रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
पारीवारिक सहयोग बढ्ने छ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,परिवारमा खुशीको खबर प्राप्त हुने छ,गणेश भगवानको पुजा गर्नाले आजको दिन शुभ हुन्छ,आजको शुभ अंक ५ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आज कुनै अप्रत्याशित काम बन्ने योग छ,चोटपटकको सम्भावना छ,शुभ कुराको सङ्केत मिल्नेछ,अर्थलाभका अवसर आउने छन्,पारिवारिक जीवनमा मतभेत रहनेछ,मेलमिलापको भावना राम्रो हुनेछ,समय राम्रो छ,आजको शुभ अंक ७ रहेको छ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
प्रेम गर्ने हरुको लागि आजको दिन शुभ हुनेछ,बन्धुवान्धव र छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ, टाढाको यात्रा सम्भावना छ,शिव भगवानको अरधनाले काममा सफलता मिल्नेछ,आजको शुभ अंक ४ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
घरायसी वातावरणमा केही धमिलोपन आउने छ,विभिन्न इष्टमित्रहरूसँग भेटघाट हुनेछ,विभिन्न देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ,विश्वासको वातावरण बन्नेछ,माता मनकामना लाई प्रथाना गर्नाले शुभ हुनेछ,आजको शुभ अंक ८ रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ, रोकियाका कामहरु बन्ने छन्,महत्त्वपूर्ण ठाउँमा बोली बिक्नेछ, विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,सहयोगीहरूले काममा साथ दिनेछन्,मानसम्मानमा बृद्धि हुनेछ,आजको शुभ अंक १० रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
पारिवारिक जमघटमा मन रमाउनेछ,स्वादिष्ट भोजनको आनन्द समेत पाइएला,परिवारमा बिश्वास को मत लिनसक्नु हुन्छ,मानसम्मानमा बढ्नेछ,विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ,शुभ कुराको संकेत मिल्नेछ,आजको शुभ अंक २ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,रोजगारीको लागि आजको दिन राम्रो छ,बैदेशिक यात्रा हुने सम्भावना छ,स्वास्थ्यमा सुधार आउने छ, परिवारमा खुशी छाउनेछ,रोकियका कामहरु बन्ने छन्,आजको शुभ अंक ५ रहेको छ।