चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी सोमबार सकियो
चितवन । चार दिनसम्म चितवन प्रदर्शनी केन्द्र भरतपुरमा चलेको चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६ सोमबारदेखि सकिएको छ । ‘कृषिमा रुपान्तरण, कृषिमा यान्त्रीकरण’ भन्ने मूल नाराका साथ भएको प्रदर्शनीमा दर्शकको उत्साहजनक सहभागिता रहेको थियो ।
प्रदेश नम्बर ३ का भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले एक कार्यक्रमका बीच प्रदर्शनी समापनको घोषण गरेका थिए । प्रदर्शनीमा कृषि सम्बन्धी आधुनिक प्रविधि, विभिन्न कृषि औजार, यन्त्र उपकरणहरु राखिएको थियो ।
हरेक दुई दुई वर्षको अन्तरमा गरिने यस प्रदर्शनी २०७० सालमा चितवनबाट नै शुरु भएको थियो । २०७२ सालमा बाँके, कोहोलपुर, २०७४ सालमा काठमाडौं हुँदै पुनः चौथो प्रदर्शनीको रुपमा चितवनमा सम्पन्न गरिएको हो ।
प्रदर्शनीमा लक्षित वर्गका कृषक, नीति निर्माता, उद्यमी, व्यवसायी, सरकारी एवं गैह्र सरकारी सस्थांहरु, कृषक समूह, कृषि सहकारी संस्था, शिक्षक तथा विद्यार्थीहरुलाई नेपालमा भित्रिएका कृषि यन्त्र र उपकरणहरुको बारेमा जानकारी प्रदान गरिएको थियो ।
मंसिर ६ गतेदेखि भएको प्रदर्शनीलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, भूमी व्यबस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं ३ र नेपाल कृषि मेशिनरी व्यवसायी संघले आयोजना गरेका थिए । प्रदर्शनीमा चितवन उद्योग संघ सहयोगी संस्थाको रुपमा रहेको थियो ।

सम्बन्धित समाचार
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
नेपाली मूलकी अरुणा अधिकारीद्वारा क्लिनिकल ट्रायल इन्टेलिजेन्सका लागि काइरोस हेलिक्स स्थापना
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने

