ललितपुर महानगरले माग्यो ५० जना नगर प्रहरी
जानकारी केन्द्र
२०७६, पुष, ९
काठमाडौं । ललितपुर महानगरपालिकाले ५० जना नगर प्रहरी मागेको छ । महानगरको नगरकार्यपालिकाको निर्णयअनुसार १५ दिने सूचना निकालेर करार सेवाका लागि नगर प्रहरी मागेको हो । पाँच सय रुपैयाँ शुल्क तिरेर नेपाली युवाले आवेदन फारम भर्न सक्नेछन् ।
फारमका लागि बेग्लै एक सय रुपैयाँ शुल्क बुझाउनुपर्ने महानगरले जारी गरेको सूचनामा उल्लेख छ । दरखास्त फारम महानगरको वेबसाइट lmc.gov.np बाट पनि डाउनलोड गर्न सकिन्छ । पुस २३ गतेभित्र इच्छुकलाई दरखास्त दिन महानगरले आग्रह गरेको छ ।
१८ वर्ष पूरा भई ३५ वर्ष ननाघेकाले दरखास्त दिन सक्नेछन् । कक्षा ८ पास गरेकोले दरखास्त दिन सक्ने महानगरले जनाएको छ । पुरूषका हकमा उचाइ घटीमा पाँच इन्च, तौल ५० केजी र महिलाको हकमा उचाइ पाँच फिट, तौल ४२ केजी तोकिएको छ ।
सम्बन्धित समाचार
क्लासिक टेकमा १०० भन्दा बढी रोजगारीको अवसर
एलजी सीप शिक्षाबाट नेपाली युवामा रोजगारीको आशा, ४०० मध्ये ३० प्रतिशतले पाए रोजगार
दक्षिण कोरियामा रोजगारीका लागि भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय जनाको माग
गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही
इजरायलमा २ हजार ३ सय नेपाली कामदारका लागि रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन
नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

