काठमाडौं । ललितपुर महानगरपालिकाले ५० जना नगर प्रहरी मागेको छ । महानगरको नगरकार्यपालिकाको निर्णयअनुसार १५ दिने सूचना निकालेर करार सेवाका लागि नगर प्रहरी मागेको हो । पाँच सय रुपैयाँ शुल्क तिरेर नेपाली युवाले आवेदन फारम भर्न सक्नेछन् ।
फारमका लागि बेग्लै एक सय रुपैयाँ शुल्क बुझाउनुपर्ने महानगरले जारी गरेको सूचनामा उल्लेख छ । दरखास्त फारम महानगरको वेबसाइट lmc.gov.np बाट पनि डाउनलोड गर्न सकिन्छ । पुस २३ गतेभित्र इच्छुकलाई दरखास्त दिन महानगरले आग्रह गरेको छ ।
१८ वर्ष पूरा भई ३५ वर्ष ननाघेकाले दरखास्त दिन सक्नेछन् । कक्षा ८ पास गरेकोले दरखास्त दिन सक्ने महानगरले जनाएको छ । पुरूषका हकमा उचाइ घटीमा पाँच इन्च, तौल ५० केजी र महिलाको हकमा उचाइ पाँच फिट, तौल ४२ केजी तोकिएको छ ।