• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
    • Social Media
×
                     
                        शुक्रबार, माघ २४, २०८२
शुक्रबार, माघ २४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
      • Social Media
  • ☰

भर्खरै

२०८२ माघ २३ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

एसइई परीक्षा कत्तिको महत्वपूर्ण छ ? के यसले विद्यार्थीको भविष्य निर्धारण गर्छ ?

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

२०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

हुलास फिनसर्भ हायर पर्चेजको खुद नाफा ९९.३३ प्रतिशतले वृद्धि

२०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

स्कोडाको १३० वर्ष लामो युरोपेली इन्जिनियरिङ लेगेसी

इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक

लोकप्रिय समाचार

  • १. २०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

  • ३. एकैदिन तोलामा १८ हजार ८ सयले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • ४. एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा

  • ५. २०८२ माघ १९ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. २०८२ माघ १७ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुदैँछ कारोबार ?

  • ८. २०८२ माघ १८ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. २०८२ माघ २० गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. कजारियाले बनेपामा नयाँ विशेष शोरूम उद्घाटन गर्दै मध्य नेपालमा आफ्नो उपस्थितिलाई विस्तार गर्यो

पौष महिनामा चम्किनेछ यी राशिहरूको भाग्य, हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
राशिस्वामी मंगलले सातौं र आठौं घरको तथा सूर्यले नवौं घरको यात्रा गर्ने महिना हो, पुस महिना । भाग्यभावमा बसेको सूर्यको प्रभावले पिता, परिवार वा वंशकै मानसम्मान र प्रतिष्ठामा वृद्धि हुने महिना हो, यो । अध्ययन अध्यापनमा रुचि बढ्नेछ, परीक्षा, प्रतियोगिता र प्रतिस्पर्द्धामा सफल भइने छ । विदेश यात्रा वा वैदेशिक प्रयोजनका कामबाट फाइदा हुनेछ । सन्तानले उन्नतिरप्रगति गर्नेछन्, सामाजिक वा परोपकारी काममा मन जानेछ । भााग्यले साथ दिनेछ, बढुवा, प्रशंसा वा प्रतिष्ठा मिल्नेछ । उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने देखिन्छ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ । विश्वासको वातावरण बन्नाले व्यावसायिक एवं रोजगारीका क्षेत्रमा सफलता आर्जन हुनेछ । धनार्जनका दृष्टिले राम्रै समय छ । उता महिनाको १० गतेसम्म सातौं भावमा बसेको मंगल ग्रहले दाम्पत्य जीवनमा हर्ष उमंग र उल्लासको सिर्जना गर्नेछ भने साझेदारीमा गरिएका कारोबारबाट लाभ मिल्ने समय हुनेछ । तर त्यसपछि राशिस्वामीको अष्टम भावको यात्रा प्रारम्भ हुने भएकाले यसको प्रभावले दैनिक कामकाज र व्यवहारमा अनेकानेक कठिनाइको सामना गर्नुपर्छ । शत्रुले छवि बिगार्ने प्रयास गर्नेछन् । सहयोगी र साझेदारहरूसँग विवाद हुने सम्भावना छ । जोखिमपूर्ण काम गर्नु उचित हुँदैन, जुवातास, लटरी र सट्टापट्टामा धन नाश हुनसक्छ । स्वास्थ्यको प्रतिकूलताका कारण कठिनाइ हुनसक्छ । आफ्ना परिजन र घरपरिवारकै सदस्यका कारण समेत तनावको सामना गर्नु पर्ने हुन्छ ।

गृहिणीहरूका लागि यो समय राम्रै रहने छ, घरव्यवहारमा आइपरेका विपरीत परिस्थितिलाई कुशलतापूर्वक निराकरण गर्नुृहुनेछ । व्यापारीको हकमा साझेदार, सहयोगी वा व्यवसायिक व्यक्तित्व र ग्राहकहरूसँगको सम्बन्धमा सुधार आउने र समयका साथै धनसङ्ग्रह र वचत गर्न थाल्ने फल प्राप्त हुनेछ । कर्मचारीको हकमा राजनैतिकरप्रशासनिक पदका व्यक्तित्व तथा हाकिम वा ठूलाबडासँग सुमधुर सम्बन्ध कायम हुनेछ । जिम्मेवारी वा रोजगारीको प्रकृतिमा बदलाव हुने सङ्केत पनि देखिन्छ त्यस्तै छात्रछात्राका निमित्त महत्त्वहीन र बेकारका काममा आफ्नो शक्ति र समयको खर्च हुने महिना भएकाले प्रयास गर्दागर्दै असफलता पाउनाले निराश हुनु पर्नेछ, होस राख्नु राम्रो हुन्छ । सामान्यतया यस महिनाको चन्द्रगोचरलाई विचार गर्दा आगामी ०७, ०८, ०९, १६, १७, १८, २६, २७ र २८ गतेको चन्द्रमा तपाईंका लागि अनुकूल रहने छैनन् । ग्रहजन्य अनिष्ट प्रभावको नाश होस् भन्ने उद्देश्यले तपाईंले राशिस्वामी मंगल ग्रहको बीजमन्त्रको दैनिक रूपमा जाप गर्नु वा श्री गणेश वा श्री हनुमान् को उपासना गर्नु मुनासिब हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
राशिस्वामी शुक्रले भाग्यभाव र कर्मक्षेत्रको भ्रमण गर्ने महिना भए पनि मासाधिपति सूर्यको आठौं घरमा भ्रमण रहने महिना भएकाले बढी आशावादी बन्ने तथा रौसिने समय देखिंदैन । हुन त अष्टम भावमा रहेको सूर्यको प्रभावले तपाईंको अध्यात्म, ध्यान र कसरतमा रुचि बढ्नेछ । तर आठौं घर भनेको दुर्घटनाकारक भाव भएकाले सवारी हाँक्दा, बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दा सावधान हुनु राम्रो हुन्छ । स्वास्थ्यस्थितिप्रति समेत सचेत हुनुपर्छ, खानपान र आहारविहारको अनुशासन पालना गरेको जाति हुन्छ । आफूबाहेक अभिभावक वा परिवारको कुनै सदस्यको स्वास्थ्यमा समेत नकारात्मकता देखिन सक्छ । पारिवारिक विवादमा संयमता अपनाउनु राम्रो हुन्छ, किनभने मानसिक अशान्ति र बेचैनीको योग छ, नातागोताभित्रका सदस्यहरूसँग राम्रो व्यवहार पुर्याउन नसक्नाले विनाकारण झगडा र विवाद हुनेछ । शङ्कास्पद कारोबार र क्रियाकलाप सहभागी नबन्नु राम्रो हुनेछ, महत्त्वपूर्ण कागजातमा हस्ताक्षर गर्नुअघि राम्ररी पढ्नु बेस होला । तर अत्तालिई हाल्ने परिस्थिति नै भने होइन, किनभने यस महिनामा तपाईंको राशिफल मानिने शुक्र ग्रहले भाग्यस्थान र कर्मस्थानको यात्रा गर्ने समय छ । महिनाको २३ गतेसम्म भाग्य भावमा उपस्थित हुने राशिस्वामी शुक्रको प्रभावले उच्च पदस्थ व्यक्तिहरूबाट सम्मान प्राप्त हुनेछ र तिनको सहयोग र सद्भाव प्राप्त हुनेछ । मातापिता र गुरूजनसित अति सुमधुर सम्बन्ध कायम हुनेछ । थोरै मात्र प्रयास गरेर आम्दानीका मार्ग बढाउन सकिन्छ । यस अवधिमा विपरीत परिस्थितिलाई सही ढंगले निवारण सकिन्छ । त्यस्तै महिनाको अन्तिम हप्ता राशिस्वामी शुक्रको दसौं घरमा भ्रमण हुने भएकाले तपाईंले आफ्नो कार्य क्षेत्रमा महत्त्वपूर्ण सफलता पाउने सम्भावना देखिन्छ । प्रतिष्ठा र सम्मानमा वृद्धि हुनेछ । व्यापारिक साझेदार, सहयोगी वा व्यवसायिक व्यक्तित्व र ग्राहकहरूसँगको सम्बन्ध दिन प्रतिदिन सुध्रने सङ्केत छ । विलासिताका सामाग्री खरिद गर्दा धनव्ययको सम्भावना छ । घरपरिवारका सदस्यको व्यवहार अनुकूल रहने छ । व्यापारिक लाभका लागि यात्राको सम्भावना छ ।

यो महिना छात्रछात्राका निमित्त प्रसिद्धि र सम्मानमा बृद्धि हुने समय छ, विद्वानहरूका साथमा घुलमिल हुने मौका मिल्ने तथा विपरीत लिङ्गी साथीहरूबाट सहायता मिल्ने देखिन्छ । गृहिणीहरूका लागि सप्तमेश छैटौं भावमा रहेकाले धनसम्पत्तिको लाभ हुने र पारिवारिक वातावरण सुखद रहने समय छ । बन्दव्यापारमा संलग्नहरूका निमित्त दशमेश शनिश्चर अष्टमभावमा रहेकाले सावधानी अपनाउने समय छ भने कर्मचारीले पनि जोखिम लिएर काम गर्नु हानिकारक बन्ने समय हुनेछ । सामान्यतया यस महिनाको ०१, ०२, ०९, १०, ११, १९, २०, २१, २८ र २९ का दिन चन्द्रमाको गोचर प्रतिकूल हुने संकेत छ । यो महिना ग्रहजन्य अशुभताको निवारण होस् र कुनै पनि अनिष्ट फल प्राप्त नहोस् भन्ने उद्देश्यले तपाईंले अष्टम भावमा बसेको भाग्येश शनिश्चरको प्रसन्नताका लागि हरेक शनिवार भिखारीलाई भोजन गराउनु राम्रो हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
यो महिना राशिस्वामी बुधले छैटौं, सातौं र आठौं घरमा भ्रमण गर्ने तथा सूर्यले सातौं घरमा भ्रमण गर्ने समय देखिन्छ । सूर्यको प्रभावले यो समय जीवनसाथी वा व्यवसायिक साझेदारसँग मतभेद बढ्ने समय हो । मानसिक तनाव र खिन्नता बढ्ने समय भएकाले झिनामसिना कुरामा चिन्ता र शङ्का गर्नहुदैन । निरङ्कुश बानी र कडापन तपाईंका कमजोरी बन्नसक्छन् । घरायसी व्यवहारमा कडापन बढ्न सक्छ, त्यसैले परिवारभित्रका वादविवाद, झैझगडा र समस्याहरूमा संयमता अपनाउनु राम्रो हुनेछ । व्यक्तिगत स्वास्थ्यस्थितिप्रति गम्भीर हुनु जाति हुन्छ । कार्यक्षेत्रमा एक्लै खटेर मिहिनेत गर्नुपर्ने परिस्थिति छ, नजिकका साथीभाइ र कामदारले धोका दिनसक्छन् । आर्थिक पक्ष बलियो छैन, बाध्यताका खर्चमा धनव्यय हुनेछ । तर तपाईंको जीवनसाथीले आफ्नो कार्यक्षेत्रमा उन्नति गर्नेछन् । उता राशिस्वामी बुधले महिनाको सुरुमा छैटौं भावमा र महिनाको अन्तिममा अष्टम भावमा यात्रा गर्ने महिना भएकाले समग्रतामा सचेतता अपनाउने नै समय हुनेछ । पहिलो हप्ता झैझगडा र रोगभावमा बस्ने राशिस्वामीका कारण स्वास्थ्य सम्बन्धी कठिनाइ हुनसक्छ, शत्रु र प्रतिस्पर्धीले प्रतिष्ठा बिगार्ने प्रयास गर्नेछन् । व्यर्थका काममा समेत अल्मलिनु पर्नेछ । त्यस्तै अन्तिम साता राशिस्वामी बुध आठौं भावमा रहने हुँदा कार्यक्षेत्रमा बोझ बढ्ने सम्भावना भएकाले धेरै मिहिनेत गर्नुपर्छ । ससाना कुराका कारण विवाद बढ्ने सम्भावना छ । महत्त्वहीन र बेकारका काममा आफ्नो शक्ति र समयको खर्च हुनेछ । तर ०८ गतेदेखि २५ गतेसम्म सप्तम भावमा रहेको बुधको प्रभावले केही सकारात्मक फल प्राप्त हुनेछन् । यसको प्रभावले प्रसिद्धि र सम्मानमा बृद्धि हुनेछ । विद्वानहरूका साथमा घुलमिल हुने मौका आउने छ । बन्दव्यापारमा बढावा हुनेछ । विपरीत लिङ्गीहरूबाट सहायता मिल्नेछ । सुखद यात्रा हुने सङ्केत पनि छ । किनमेलका क्षेत्रबाट लाभ प्राप्त हुनेछ । साझेदार र सहयोगीले पूर्णरूपेण सहयोग गर्नेछन् । कुनै प्रतिस्पर्धामा समेत सफलता हाासिल हुनेछ ।

मिथुन राशिका गृहिणीहरूमा आडम्बर र दम्भ बढ्ने समय छ । यतिबेला बुद्धि र विवेकले काम नगर्न सक्छ, त्यसैले यस समयमा सावधान हुनु आवश्यक छ । त्यस्तै छात्रछात्राहरूमा पाँचौं भावमा मंगल ग्रहको उपस्थिति भएकाले यस अवधिमा चाहिंदा नचाहिंदा काम गर्ने प्रवृत्तिको विकास हुनेछ, सचेत हुनुपर्छ । व्यापारीरव्यवसायीहरूले सातौं भावमा धेरैवटा ग्रहहरूको युति रहेकाले खासगरी साझेदारी र सट्टापट्टाको काममा सतर्क हुनु राम्रो हुन्छ । अनि कर्मचारीहरूले चाहेको जिम्मेबारी र काम पाउनाले प्रसन्नता जाहेर गर्ने समय हो । सामान्यतया यस महिनाको ०३, ०४, ०५, १२, १३, १४, २१, २२ र २३ गते तपाईंका लागि अशुभ रहने छन् । यो महिना देखिएका ग्रहजन्य कमजोरी हटाउनका लागि तपाईंले आफ्नो परिवारको परम्पराअनुसार कुल वा पितृको उद्देश्यले कुनै कर्म गर्नु राम्रो हुन्छ अथवा कुनै अनाथालय वा बृद्धाश्रममा गई भोजनादि प्रदान गरेमा पनि शुभफल प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आफ्नै राशिमा रहेको चन्द्रमाको प्रभावका साथ पुस महिनाको संक्रान्ति भएको देखिन्छ भने उता मासाधिपति सूर्यले छैठौं घरको यात्रा गरेको महिना छ । त्यसैले यो समय उपयोगी समय छ, जे गरे पनि सफलता हात पर्ने सम्भावना हुन्छ । पहिले देखिएका प्रायशः समस्याहरूको निराकरण हुनसक्छ । मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । शत्रु र प्रतिस्पर्धीमाथि पकड कायम हुनेछ । पछाडि उछित्तो काड्ने र कुरा काट्नेहरू आफैं चुप लाग्नेछन् । नोकरी र व्यायसायिक जीवनमा सुधार आउने छ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । आफ्नो सर्कलमा सम्मान र साख मिल्नेछ । मुद्दामामिला वा सरकारी काममा सफलता मिल्नेछ । त्यस्तै राशिस्वामी चन्द्रमा सूर्यसंक्रमणको समयमा आफ्नै राशिमा रहेकाले सुखद वातावरणमा सुखपूर्ण र आनन्दपूर्वक समय व्यतीत हुनेछ । दाम्पत्यसुख बढ्ने छ, साथीभाइ र मित्रवर्गले पनि साथ दिनेछन् । दाम्पत्य जीवनको भरपूर सुख भोग गर्न पाइने छ । थोरै मिहिनेत गर्दा पनि आयस्रोतलाई राम्ररी उकास्न सकिनेछ । ललितकला, सङ्गीत एवं साहित्यमा रूचि जाग्ने छ । तर छैटौं भाव झगडा र रोगको घर भएकाले तथा शिरमा बसेको चन्द्रमा चिसोको कारक ग्रहसमेत भएकाले मौसमी रोगको चाप बढ्ने सम्भावना छ, त्यस्तै उधारोमा गएको धन फिर्ता नहुन सक्छ, अनि पारिवारिक किचलो र बिना उद्दश्यको यात्रामा समयको बर्बादी हुनसक्छ, सचेत हुनुपर्छ ।

कर्कट राशिका विद्यार्थीहरूको यस महिनाको ११ गतेपछि शुभफल प्राप्ति हुनेछ । पढाइलाई माध्यम बनाएर छात्रवृत्ति वा कुनै रोगजारी पाउने परीक्षामा सामेल भएमा उच्चांकका साथमा सफल हुने समय छ । गृहिणीहरूको हकमा कानुनी वा व्यवहारिक उल्झनमा फँस्ने वा मुद्दामामिला वा झैझगडामा सरिक हुने समय भएकाले सचेतता अपनाउनु पर्नेछ । कर्मचारी र कामदारले महिनाको पूर्वार्द्धमा राम्रो फाइदा लिनसक्ने समय छ भने व्यापारी र व्यवसायीहरूले पुरानो कारोबार मिलाउने र फँसेको धन उठाउन सक्ने समय हुनेछ । सामान्यतया यस महिनाको ०५, ०६, ०७, १४, १५, १६, २४ र २५ गतेका दिन तपाईंको राशिस्वामी चन्द्रमाले अशुभ घरको यात्रा गर्ने भएकाले सतर्कता अपनाउनु बेस हुनेछ । यो महिना ग्रहजन्य अनिष्ट नहोस् भन्ने उद्देश्यले तपाईंले शिवोपासना गर्नु वा नागदेवताको पूजाआजा गरेको राम्रो हुन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
राशिस्वामी सूर्यको पाँचौं घरमा यात्रा हुने यो महिना मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । आम्दानीमा वृद्धि हुनेछ, तर महत्त्वाकाङ्क्षा बढ्नाले सन्तुष्टि भने नहुन सक्छ । आत्मविश्वासमा बृद्धि हुनाले लगातार सफलता प्राप्त हुने देखिन्छ । सम्मान र प्रतिष्ठा मिल्नेछ । घर परिवारमा माङ्गलिक कार्यको आयोजना हुनसक्छ । प्रणय र प्रेमसम्बन्धका निमित्त राम्रो समय छ । आफ्नो बुद्धिमत्ता र तीक्ष्ण दृष्टिकोणका कारण उचित समयमा सही निर्णय लिन सकिने छ । बन्दव्यापार वा पेसाबाट लाभ प्राप्त हुनेछ । सामाजिक क्षेत्रमा सुसम्बन्ध बढ्ने छ । धार्मिक क्रियाकलापमा सहभागी भइने छ । मित्रवर्ग र हितैषीले पूर्ण सहयोग गर्नेछन् । उता भाग्यभावको मालिक मानिने मंगल ग्रहले तेस्रो र चौथो घरको यात्रा गर्ने महिना हो, पुस महिना । महिनाको १० गतेसम्म तृतीय भावमा रहने मंगलको प्रभावले नातागोता, खासगरी दाजुभाइका कारण खुसीको वातावरण सिर्जना हुनेछ । जग्गाजमिनसँग सम्बद्ध कारोबारबाट लाभ प्राप्त हुने सम्भावना छ । शत्रु र प्रतिस्पर्धीले सामना गर्न सक्दैनन् । गरिएका प्रयासमा सुनिश्चित सफलता प्राप्तिको योग हुनेछ, तर त्यसपछि चतुर्थ भावमा पुग्ने मंगलको प्रभावले घरायसी सुखसुविधा, अचल सम्पति, वाहनसुख, स्त्रीसुख एवं मित्रहरूको साथ प्राप्त गर्ने सिलसिलामा केही धनराशि खर्च गर्ने परिस्थिति बन्नसक्छ । आमा वा घरकी बृद्धस्त्रीको स्वास्थ्यमा मौसमी प्रतिकूलता देखिनसक्छ । आफ्नै पनि छाती वा पेटको रोग बल्झिने समय हो, होस राख्नुपर्छ ।

सिंह राशिका छात्रछात्राले नचिताएको सफलता प्राप्त गर्ने समय चल्दैछ, तर अहंकार र घमण्डमाथि जतिसक्दो नियन्त्रण गरेको जाति हुन्छ । त्यस्तै गृहिणीहरूले आफैंले वा पतिले कार्यक्षेत्रमा प्रगति गरेको समाचार सुन्न पाउनु हुनेछ । यो समय नयाँ जोडीले सन्तानको प्लानिङ गर्ने समय पनि हो । त्यस्तै बन्दव्यापारमा संलग्न व्यक्तिले सरकारी झमेला वा ट्याक्ससम्बन्धी कारोबार मिलाएर झञ्झटबाट मुक्ति पाउने समय छ भने कर्मचारीहरूले कुनै लाभमूलक काममा भ्रमणमा जान पाउने समय छ । सामान्यतया यस महिनाको ०७, ०८, ०९, १६, १७, १८, २६, २७ र २८ गतेको चन्द्रगोचर तपाईंको अनुकूल रहने छैन । ग्रहजन्य कुनै पनि दुष्ट प्रभावको आफ्नो शरीरमा कुनै पनि असर नपरोस् भन्ने उद्देश्यले तपाईंले यो महिना राशिस्वामी सूर्यको उपासना गर्नु वाञ्छनीय हुनेछ, त्यस्तै हरेक दिन सूर्योदय र सूर्यास्तको समयमा ओछ्यानमा ढल्किनु, पल्टिनु वा निदाउनु पनि हानिकारक बन्नसक्छ भन्ने कुराको ख्याल राख्नुपर्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
राशिस्वामी बुधले तृतीय, चतुर्थ र पञ्चम भावको यात्रा गर्ने तथा मासाधिपति सूर्यले चतुर्थ भाव अर्थात् मातृस्थानको भ्रमण गर्ने यो महिना तपाईंले केही राम्रा र केही नराम्रा परिणाम भोग्ने समय रहेको देखिन्छ । ग्रहजन्य परिस्थिति विचार गर्दा सामान्यतया आर्थिक पक्ष मजबुत देखिन्छ, व्यवसाय वा नोकरीको सन्दर्भमा वा वैदेशिक प्रयोजनको काममा घरबाहिर जानु पर्ने परिस्थिति बन्नेछ । विवाहित हुनुहुन्छ भने पति वा पत्नीले बढुवा वा प्रशंसा पाउने समय छ । यो समय घमण्ड र जिद्दीपना बढ्ने समय पनि हो, सवारी हाँक्दा र बाटो काट्दा सावधान र सचेत रहनु ठीक हो । त्यस्तै प्रत्येक कुरामा अडान लिने बानीले दुख पाइने छ, यद्यपि व्यवसायिक क्षेत्रमा लिएको अडानले फाइदा दिलाउने छ । यो समय कडा मिहिनेत र परिश्रम गर्ने महिना हो । निरन्तर गरिएको कष्टप्रद परिश्रमका कारण छिटै थाकिन्छ र कार्य क्षमतामा समेत कमी आउने छ । मन कुकर्म र गलत आचरणतर्फ आकर्षित बन्न सक्छ । मातापिता र अभिभावक वर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ । उता महिनाको ०९ गतेदेखि २५ गतेसम्म बुधादित्य योग रहने भएकाले मिहिनेतको राम्रो नतिजा हात पर्ने महिना छ । चतुर्थ भावमा यस योगको सिर्जना भएकाले तपाईंको लुकेको प्रतिभा र व्यवसायिक योग्यताको सहज विकास हुने समय हो । कार्यशैलीमा गम्भीरता आउने छ । सुखसुविधा भोग गर्न पाइने छ र मन प्रसन्न रहने छ । कामप्रतिको लगनशीलताका कारण प्रशस्त लाभ मिल्नेछ । महिनाको अन्त्यमा पञ्चम भावमा राशिस्वामी बुधको भ्रमण हुने हुँदा कल्पना र भावुकतामा मन रुमल्लिने सम्भावना हुन्छ । महिनाको अन्त्यतिर एउटा स्मरणीय यात्रा हुने सङ्केत पनि छ ।

कन्या राशिका कर्मचारी र कामदारले यो महिना राम्रो लाभ पाउने समय छ । कर्मेश र लग्नेश मानिएको बुध ग्रह महिनाको सुरुमा तृतीय भावमा रहेकाले कुनै प्रतिष्ठित कामका माध्यमबाट प्रशंसारपुरस्कार वा मानसम्मान पाउने समय छ । त्यस्तै विद्यार्थीहरूले चाहिं अलि बढी परिश्रम र मिहिनेत गर्नुपर्ने समय रहेको छ भने गृहिणीहरूले परिवारका बृद्धबृद्धाको सेवासुश्रुषामा समय बिताउनु पर्ने देखिन्छ । त्यस्तै बन्दव्यापारमा संलग्न व्यक्तिका लागिसमेत यो समय पारिवारिक चाहना र इच्छा पूरा गर्नुपर्ने समय देखिन्छ । सामान्यतया यस महिनाको ०१, ०२, ०९, १०, ११, १९, २०, २१, २८ र २९ गतेका दिन तपाईंका लागि शुभ परिणाम प्राप्त नहुन सक्छन् । ग्रहको कुनै किसिमको अनिष्टता नहोस् भन्ने उद्देश्यले तपाईंले दैनिक रूपमा दुर्गा कवचको पाठ गर्ने वा हरेक बुधवार वा शनिवारको दिन पारेर मातृशक्तिको कुनै मन्दिरमा गएर दर्शन गर्ने र श्रृंगारका सामाग्री दान गरेको जाति हुन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
राशिस्वामी शुक्रले चतुर्थ र पञ्चम भावको यात्रा गर्ने तथा सूर्यले तृतीय भावको यात्रा गर्ने यो महिना पराक्रम र प्रसिद्धिमा वृद्धि हुने समयावधि देखिन्छ । अधिकतम समय घुमघाम र भ्रमणमा बित्नेछ, साथै ससाना यात्रा फलदायी र भाग्यशाली सिद्ध हुनेछन् । पारिवारिक जीवन सुखद रहनेछ, घरपरिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्ध सुदृढ हुनेछ । नातेदार, मित्रशक्ति र दाजुभाइबाट लाभ मिल्नेछ । सामाजिक र परोपकारी काममा सहयोेग लिनरदिन सकिनेछ । लक्ष्यप्राप्तिका लागि कडा मिहिनेत गर्ने समय आएको छ, बहुप्रतीक्षित इच्छा, आकाङ्क्षा र उद्देश्य सफल हुनसक्छन् । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ । सामान्यतया स्वास्थ्यका दृष्टिकोणले यो समय राम्रै छ, तर व्यवसाय वा काममा बढी मिहिनेत गर्नेहुँदा स्वास्थ्यस्थितिमा नकारात्मक असर पर्न सक्छ । महिनाको अधिकतम समय चतुर्थ भावमा राशिस्वामी शुक्रको उपस्थिति रहने समय छ, अतः यो अवधि बडो आनन्द र उमङ्गका साथमा बित्नेछ । पदप्रतिष्ठामा अभिबृद्धि हुनेछ र आम्दानीका मार्गहरू पनि बढ्ने छन् । त्यस्तै महिनाको अन्तिम हप्ता राशिस्वामी शुक्रको पञ्चम भावको यात्रा हुने भएकाले यस अवधिमा विपरीत लिङ्गीले सहयोग गर्ने र हिमचिम बढ्ने समय हुनेछ । यस अवधिमा सृजनात्मक क्षमताको प्रस्फुटन हुनाले कला, साहित्य, सङ्गीत आदि क्षेत्रमा प्रशंसा प्राप्त हुनसक्छ । सामाजिक क्षेत्रमा सुमधुर सम्बन्ध कायम हुनेछ । पुराना साथीभाइ र सहयोगीहरूसँग भेटघाट हुनेछ । सञ्चारको माध्यमबाट कुनै राम्रो खबर प्राप्त हुन सक्छ ।

तुला राशिका छात्रछात्राले घरभित्रका झिनामसिना समस्यामा रुमल्लिनु पर्ने भएकाले पढाइ प्रभावित बन्न सक्ने समय चल्दैछ, त्यस्तै यस राशिका गृहिणीहरूका लागि पतिको साथ पाइने र कतै मेजमानी वा घुमघाममा घरबाहिर निस्कने परिस्थितिसमेत बन्न सक्छ । बन्दव्यापारमा संलग्नहरूले जमिन वा कृषिजन्य कारोबार गरेमा लाभ पाइने समय छ भने कर्मचारीहरूका लागि पनि यो महिना धनार्जन गर्ने कुनै राम्रो ठाउँ पाइने समय रहेको देखिन्छ । सामान्यतया यस महिनाको ०३, ०४, ०५, १२, १३, १४, २१, २२ र २३ गते तपाईंका लागि अशुभ रहने छन् । यो महिना कुनै पनि अशुभता प्राप्त नहोस् भन्ने उद्देश्यले तपाईंले शिरमा रहेको मंगल ग्रहको बीज मन्त्रको नित्य जाप गर्ने वा श्री गणेशको मन्दिरमा हरेक मंगलवारका दिन लड्डु चढाउनु राम्रो हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
दोस्रो भाव अर्थात् धनस्थानमा सूर्यको प्रवेश हुने र अनि महिनाको प्रारम्भमा बाह्रौं भावमा राशिस्वामी मंगलको उपस्थिति रहेको यो महिना तपाईंले आर्थिक पक्षलाई सन्तुलित बनाउन भरमग्दूर प्रयास गर्नुपर्ने समय छ । दोस्रो घरको सूर्यको प्रभावले हुन त यो महिना धनसम्पत्तिको सञ्चय गर्ने मानसिकता बन्नेछ, तर आर्थिक दृष्टिले यस अवधिमा लाभ मिल्नेछैन, दीर्घकालिक लगानी र कारोबारप्रति सचेतता अपनाउनु आवश्यक छ । महत्त्वाकाङ्क्षा राख्नाले निराशा हात लाग्नेछ, त्यसैले बढी रौसिनु हुँदैन । शारीरिक तनाव र बोझलाई झेल्नसक्ने सामथ्र्य हुँदाहुँदै पनि पारिवारिक झैझमेला र समस्या बढ्नाले मन विचलित हुनसक्छ र पारिवारिक जीवनमा निराशापना देखिने सम्भावना छ, प्रेम जीवन र दाम्पत्य जीवनमा कलहको सम्भावना भएकाले घरायसी समस्या र परिवारजनका भावनालाई समेटेर अघि बढ्नु राम्रो हुनेछ । उता महिनाको १० गतेसम्म राशिस्वामी मङ्गल ग्रह बाह्रौं घरमा रहेको देखिन्छ, यसको पनि शुभप्रभाव प्राप्त गर्न कठिन हुनेछ । तर ११ गतेपछि राशिस्वामीले तपाईंको आफ्नै राशिमा प्रवेश गरेपछि यसको प्रभावले अत्यन्त सुखभोग गर्न पाइने छ । प्रतिभा, दक्षता र योग्यता प्रदर्शन गर्नाले राम्रो परिणाम प्राप्त हुनेछ । महत्त्वपूर्ण व्यक्तित्व र विद्वानहरू सम्पर्कमा रहनेछन् । सम्मान प्राप्त हुने र ख्याति बढ्ने समय छ । पारिवारिक जीवन संतोषप्रद रहनेछ । यद्यपि कामको बोझ धेरै नै हुन्छ , तर पनि समय र स्वास्थ्य अनुकूल हुनाले सफलता मिल्नेछ । तर शिरमा नै मंगल ग्रहको उपस्थिति हुनु भनेको स्वाभिमान र घमण्डका कारण पनि केही समस्याहरू सिर्जना हुनसक्ने समय हो, त्यसैले सचेत र सतर्क हुनुपर्छ ।

बृश्चिक राशिका गृहिणीहरूको स्वास्थ्यस्थितिमा सामान्य समस्याहरू देखिनाले व्यावहारिक समस्या हुने र केही धनराशि औषधोपचारमा खर्च हुनसक्ने समय छ, त्यस्तै छात्रछात्राले कर्मप्राप्तिका लागि वा रोजगारीको प्रयास गरेमा सफलता हातपार्ने समय छ । अनि व्यापारी र व्यवसायीको कुरा गर्ने हो भने साझेदारीका कामबाट लाभ पाउने समय देखिन्छ, त्यस्तै कर्मचारीहरूले जोखिम मोलेर काम गरेमा फन्दामा पर्ने समय रहेको छ । सामान्यतया यस महिनाको ०५, ०६, ०७, १४, १५, १६, २४ र २५ गतेका दिन तपाईंको भाग्येश मानिने चन्द्रमाले अशुभ गृहको यात्रा गर्ने भएकाले सचेत हुनु राम्रो हुनेछ । यो महिना कुनै पनि अनिष्टता प्राप्त नहोस् भन्ने उद्देश्यले तपाईंले दैनिक रूपमा हनुमान् चालिसाको पाठ गर्ने वा मंगल ग्रहको बीज मन्त्रको नित्यप्रति जाप गर्नु राम्रो हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
यो महिना तपाईंका लागि विशेष महिना हुनसक्छ । अधिकतम शुभफल प्राप्त हुने यस महिनामा कुनै चिताउँदै नचिताएको र अप्रत्यासित घटना घट्नसक्ने समयसमेत भएकाले हरेक काम गर्दा धेरै पटक सोच्ने तथा जान्नेबुझ्ने तथा अनुभवीको रायसल्लाहामा गरेको राम्रो हुन्छ । महिनाको पूरा अवधि तपाईंको राशिस्वामी बृहस्पतिलगायत सूर्य, शनिश्चर र केतु ग्रहले तपाईंको राशिमा भ्रमण गर्नेछन् । त्यस्तै ०९ गतेदेखि २५ गतेसम्म बुधग्रहसमेत बसेर पञ्चग्रही योग तथा ११ र १२ गते चन्द्रमासमेतको उपस्थिति हुने भई षड्ग्रहको योग बन्ने परिस्थिति रहेको छ । त्यस्तै यसै महिनामा राशिस्वामी बृहस्पतिको अस्तावस्था रहने तथा तपाईंको राशिमा सूर्य ग्रहणसमेत लाग्ने समय छ । यस्तो परिस्थितिमा केही अशुभताको लक्षण बन्नसक्ने भए पनि राशिस्वामी बृहस्पति र भाग्येश मानिने सूर्यको आफ्नै राशिमा भ्रमण रहेको यसको प्रभावले मन प्रसन्न र फुर्तिलो रहनेछ र परिवारमा पनि कुनै माङ्गलिक कार्य सम्पन्न हुनेछ, शुभ र श्रेष्ठ कर्ममा लगनशीलता बढ्ने छ । सरकारी काम र मुद्दा मामिलामा लाभ प्राप्त हुनेछ । यो महिना धनधान्यमा वृद्धि हुनेछ, यस अवधिमा धनसम्पत्ति र सुखसुविधा आर्जन गर्ने पक्षमा आकर्षित रहनुहुनेछ । आवश्यकताभन्दा बढी आत्मविश्वासको सिर्जना हुनेछ, तपाईमा अहंकार र आडम्बरको भावना पनि विकसित हुनसक्छ ।

सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेबारी प्राप्त हुनसक्छ । छोटो दूरीको यात्रा हुने सम्भावना छ, जुन सुझबुझ र लगनशीलताका कारण फलदायक सिद्ध हुनेछ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ । स्वास्थ्यस्थितिमा उतारचढाव आइरहने छ, त्यस्तै स्वास्थ्यस्थितिमा असर पर्ने वा परिवारका कुनै सदस्य अस्वस्थ हुने सम्भावना समेत छ, सचेतता अपनाउनु बेस हुने देखिन्छ । धनु राशिका जुनसुकै पेसा वा वृत्तिमा संलग्न व्यक्तिले सचेत र सतर्क भएर जुनसुकै काम गरेमा विशेष सफलता पाउने समय छ । राशिमा अत्यधिक ग्रहहरूको प्रत्यक्ष प्रभाव भएकाले आआफ्नो कुण्डलीमा रहेको शुभ र अशुभ परिस्थितिको ख्याल गरिकन काम गर्नु मुनासिब हुनेछ । खासगरी छात्रछात्राका निमित्त पञ्चमेश मंगलले एघारौं र बाह्रौं भावको यात्रा गर्ने हुँदा परीक्षा वा प्रतिस्पर्द्धामा सफलता पाउने तथा पढाइलाई माध्यम बनाएर विदेश यात्रा गर्न सकिने समय आएको छ । सामान्यतया यस महिनाको ०७, ०८, ०९, १६, १७, १८, २६, २७ र २८ गते अन्य दिनका तुलनामा कमजोर रहने लक्षण देखिन्छ । राशिमा नै एकै पटक छ वटासम्म ग्रहको युतिसम्बन्ध बन्ने महिना भएकाले तपाईंले यो महिना राशिस्वामी बृहस्पतिको बीज मन्त्रको नित्यप्रति जाप गर्नु राम्रो हुनेछ । अनुकूलता मिलेन भने घरपरिवारका वयोबृद्ध सदस्यहरूलाई घरैमा जम्मा गराई गुलियो भोजन गराउने र न्यानो कपडा ९ऊनले बनेको० दान गरेमा शुभ परिणाम प्राप्त हुने देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
राशिस्वामी शनिश्चरका साथमा मासाधिपति सूर्यले समेत बाह्रौं घरमा यात्रा गर्ने समय भएकाले पुस महिना तपाईंका लागि राम्रो समय छैन । यस अवधिमा क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुनेछ । गलत निर्णयका कारण अकल्पनीय हानि हुनसक्छ, त्यसैले कुनै निर्णय लिनुपूर्व राम्रो सोचविचार गर्नु आवश्यक छ । खर्चमा अचानक वृद्धि हुनेछ, जुवातास, लटरी र सट्टापट्टातर्फ नहौसिनु ठिक हुनेछ । धनमाल हराउने वा चोरी हुने सम्भावना पनि हुन्छ । मनमा कुविचार आउने छन् र दुर्जन, व्यभिचारी र फटाहाहरूसँग सङ्गत हुनसक्छ । प्रेम जीवन निरश हुनसक्छ । अनावश्यक यात्राको योग छ र यात्राका क्रममा झमेला व्यहोर्नु पर्ने हुन्छ । व्यवसायिक स्थितिमा गिरावट आउनसक्छ । व्यक्तिगत स्वास्थ्य पनि अनुकूल हुनेछैन । नातागोताका सदस्य एवं मित्रवर्गसँग सुमधुर सम्बन्ध कायम राख्नु आवश्यक छ, अन्यथा एकआपसमा तनाव उत्पन्न हुनसक्छ । त्यस्तै राशिस्वामी शनिले समेत द्वादशभावको यात्रा गरको हुँदा यो महिना जीवनीशक्तिमा कमी भएको अनुभूतिका कारण आँफूलाई कमजोर भएको अनुभूति हुनेछ । व्यर्थको काममा आफ्नो ऊर्जा नाश हुनेछ । बाध्यात्मक र नगरी नहुने खर्चको मात्रा बढ्ने छ । सांसारिक दृष्टिकोणले यो समय राम्रो छैन, तर योगी, ध्यानी, विद्यार्थी र परदेशमा बसोबास गर्नेका लागि केही हदमा सन्तोषजनक समय रहने देखिन्छ । मकर राशिका छात्रछात्राबाहेक कसैले पनि शुभफल प्राप्त गर्ने महिना देखिंदैन ।

छात्रछात्राको हकमा पञ्चमेश शुक्रले आफ्नै राशिको भ्रमण गरेको हुँदा परीक्षा, प्रतिस्पर्द्धा र रोजगारीको प्रयास तथा वैदेशिक प्रयोजनका काममा सफलता मिल्ने समय छ । तर अन्य पेसा वा उमेरका व्यक्तिहरूले पौष महिनाभरि हातबाँध्ने र धैर्यता तथा संयमता अपनाउने समय रहेको छ । अन्य दिनका तुलनामा यस महिनाको ०१, ०२, ०९, १०, ११, १९, २०, २१, २८ र २९ गते अझ बढी नकारात्मक रहने हुँदा सचेत र सावधान हुनु जाति हुनेछ । अन्य राशिका तुलनामा मकर राशिका जातकमा अलि बढी नकारात्मक फल प्राप्त हुने महिना भएकाले तपाईंले आफ्नो जन्मकुण्डलीसमेत चेक गराई त्यहाँ महादशामा चलेका ग्रहको यथाविधि ग्रहशान्ति र जाप गरिदिनु बुद्धिमानी हुनेछ । विकल्पका रूपमा तपाईंले पनि राशिस्वामी शनिश्चरको बीजमन्त्र वा महामृत्युञ्जय मन्त्रको दैनिक रूपमा जाप गर्नु कल्याणकारी हुने देखिन्छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
राशिस्वामी शनिश्चरका साथमा सूर्यको समेत राज्यस्थानमा उपस्थिति रहेको यो महिना तपाईंका लागि अत्यन्त ऊर्जाशील र प्रभावकारी समय देखिन्छ । यो महिना समस्त इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । बहुप्रतीक्षित महत्त्वाकाङ्क्षा सिद्ध हुनेछन् । सरकारी ओहोदाका विशिष्ट व्यक्तिहरूको सहयोग जुटाउन सकिन्छ । सरकारी कामबाट फाइदा हुनेछ । थालेको काम छिटै सम्पन्न हुन्छ । स्वयं आफैंले वा जीवनसाथीले बढुवारप्रशंसा पाउने योग छ । नातागोताका सदस्यहरूबाट सहायता मिल्नेछ । यस समयमा गरिएका किनमेल र कारोबारहरू सफल हुनेछन् । करार र सम्झौताबाट लाभ मिल्नेछ । दाम्पत्य जीवन, घरायसी सुख, प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय हो । आय आर्जनका मार्गमा सुधार आउने छ । लामो यात्रा सुखद र सफलतम सिद्ध हुनेछ । उता राशिस्वामी शनिश्चरको समेत यसै भावमा भ्रमण भएकाले मित्रवर्ग र हितैषीबाट राम्रो सहयोग मिल्नेछ । टाढा बसेका व्यक्तिहरूसित राम्रो सम्बन्ध कायम हुनेछ । भ्रमण उपयोगी हुनेछ । प्रणय सम्बन्धका लागि पनि राम्रो समय छ । परिवारका सदस्यहरूको व्यवहार तपाईंप्रति अनुकूल रहने छ । त्यस्तै यसै महिनाको अन्त्यमा तपाईंको भाग्य भावको मालिक मानिने शुक्र ग्रहको तपाईंको आफ्नै राशिमा भ्रमण हुने भएकाले मातापिता र गुरूजनसित अति सुमधुर सम्बन्ध कायम हुनेछ । थोरै मात्र प्रयास गरेर आम्दानीका मार्ग बढाउन सकिन्छ । मस्तिष्क धार्मिक क्रियाकलाप र जीवनसम्बद्ध उच्च दर्शनतर्फ आकृष्ट हुनेछ । प्रत्येक दृष्टिबाट राम्रो समय हुने देखिन्छ ।

कुम्भ राशिका छात्रछात्राका लागि पञ्चमेश बुध ग्रहले कर्मक्षेत्र र लाभस्थानको भ्रमण गर्ने भएकाले पढाइमा राम्रो नतिजा हात पार्ने समय छ । गृहिणीहरूको हकमा सप्तमेश सूर्य लाभस्थानमा रहेकाले पतिको वा आफ्नै कार्यक्षेत्रमा बढुवा, पुरस्कार र प्रशंसा पाउने समय हो । त्यस्तै कर्मचारी र कामदारहरूले पनि कर्मेश मंगलले ११ गतेपछि कर्मस्थानकै भ्रमण गर्ने भएकाले चाहेको ठाउँमा सरुवा पाउने वा लाभमिल्ने फाँटको जिम्मेवारी पाउने समय रहने छ । व्यापारीहरूले पनि लाभ पाउने नै महिना देखिन्छ । सामान्यतया यस महिनाको ०३, ०४, ०५, १२, १३, १४, २१, २२, २३, ०१, ०२ गते तपाईंका लागि अशुभ रहने छन् । यो महिना कुनै अनिष्टता प्राप्त नहोस् भन्ने उद्देश्यले तपाईंले माता लक्ष्मीको उपासना गर्नु बुद्धिमानी हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
दसौं घर अर्थात् कर्मक्षेत्रमा राशिस्वामी बृहस्पति र सूर्यलगायत शनिश्चर, केतु र बुधादि ग्रहको उपस्थिति हुने यो महिना तपाईं अत्यन्त क्रियाशील र व्यस्त रहने कर्मक्षेत्रको परीक्षणको समय हो । यसको प्रभावले व्यापार, नोकरी वा कारोबारमा धेरै गरेको प्रयास सार्थक हुनेछ । व्यापारको विस्तार हुनेछ र पद बढ्ने छ । वरिष्ठ एवं शक्तिशाली व्यक्तित्वबाट स्नेह र सम्मान प्राप्त हुनेछ । मिहिनेत गरेमा नयाँ व्यवसाय वा रोजगारीको प्रबल सम्भावना छ, साथै गरीआएको काममा बढुवा वा प्र्रगति हुनेछ । यस अवधिमा गरिएको कडा मिहिनेत र परिश्रमको राम्रो परिणाम पाउन सक्नुहुन्छ । दैनिक व्यवहार र घरायसी वातावरणमा भने उतारचढाव भइरहनेछ । व्यवसायिकरव्यापारिक दृष्टिले फलदायी यात्राको सम्भावना छ । यस अवधिलाई सन्तोषजनक समयका रूपमा लिन सकिन्छ । अधिकतम आर्थिक समस्याहरू हल हुनसक्छन् । त्यस्तै यो महिनाको ११ गते भाग्येश मंगल ग्रहले भाग्यभावकै यात्रा प्रारम्भ गर्ने संकेत छ । त्यसपछि मन अध्यात्म र दार्शनिकतातर्फ मोडिने छ ।

नयाँ किसिमले व्यापार गर्नुहुने अथवा रोजगारीको प्रकृतिमा बदलाव हुने सङ्केत छ । तर पितृस्थानमा राशिस्वामीको अस्तावस्था अनि सूर्य र शनिश्चरको मिलन हुनुले पिता वा पितृतुल्य व्यक्तिको स्वास्थ्यस्थिति र पदप्रतिष्ठामा आघात पुग्नसक्ने समयसमेत रहेको कुरामा हेक्का राख्नुपर्ने हुन्छ । पेसागत रूपमा विश्लेषण गर्दा मीन राशिका छात्रछात्रा र कर्मचारी कामदारले राम्रो लाभ पाउने महिना चल्दैछ । गृहिणीहरूको हकमा पनि राम्रै परिणाम प्राप्त हुनेछ । महिनाको सुरुमा कुनै मांगलिक वा धार्मिक कार्यमा जुट्ने देखिन्छ । कर्मचारी र व्यापारीका लागि कर्मक्षेत्रमा अधिकतम ग्रहहरूको उपस्थिति रहेकाले महत्त्वाकांक्षा र दम्भ बढ्ने समय हो अतः जोखिमयुक्त काम गरेमा शत्रु आफ्नै वरपर उभिरहेका छन् भन्ने ठान्दै इच्छाहरूमा नियन्त्रण गरी काम गरेको जाति हुन्छ । सामान्यतया यस महिनाको ०५, ०६, ०७, १४, १५, १६, २४ र २५ गतेको चन्द्रमा तपाईंका लागि अशुभ रहने संकेत छ । यो महिना कुनै पनि ग्रहजन्य दुष्टता प्राप्त नहोस् भन्ने उद्देश्यले तपाईंले श्री गणेश जीको उपासना गर्ने अथवा मंगल ग्रहको उपासनामा जोड दिनु वाञ्छनीय हुनेछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २०८२ माघ २३ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल
    २०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल
    २०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

    लोकप्रिय

    २०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

    बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

    एकैदिन तोलामा १८ हजार ८ सयले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

    एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा

    २०८२ माघ १९ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    ताजा

    २०८२ माघ २३ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

    एसइई परीक्षा कत्तिको महत्वपूर्ण छ ? के यसले विद्यार्थीको भविष्य निर्धारण गर्छ ?

    राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

    २०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    Follow Us

    Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

    Recent Posts

    • २०८२ माघ २३ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल
    • एसइई परीक्षा कत्तिको महत्वपूर्ण छ ? के यसले विद्यार्थीको भविष्य निर्धारण गर्छ ?
    • राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक
    • २०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल
    • बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2026 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.