भगवान शिवको कसरी भयो जन्म ?
काठमाडौं । भगवान शिव हिन्दू धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । भगवानको तीन रूपहरू मध्येका एक शिवलाई विनाशकर्ताका रूपले चिनिन्छ । हिन्दू धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् । शिवलाई प्रायः जसो शिवलिङ्गको रूपमा पूजा गर्ने गरिन्छ । भगवान शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ । तर पुराणहरुमा भगवान शिवको उत्पत्ति बारेको प्रसंगहरु पाइन्छ ।
हिन्दू धर्मग्रन्थ विष्णु पुराणका अनुसार भगवान ब्रह्मा, भगवान विष्णुको नाभि(नाइटो) कमलबाट उत्पत्ति भएका हुन् भने भगवान शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । विष्णु पुराणका अनुसार शिरको तेजबाट उत्पन्न भएका कारण शिव सधै योगमुद्रामा रहन्छन् । श्रीमद् भागवतका अनुसार एक पटक जब भगवान विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान शिव प्रकट भएका थिए । विष्णु पुराणमा वर्णन गरिए अनुसार शिवलाई आफ्नो जन्मबारे आफैंलाई मात्र थाहा छ ।
तर यसमा एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको जरुरत थियो । यसका लागि उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । रुँदै गरेका बालकलाई भगवान ब्रह्माले रुनुको कारणबारे सोधे । तब त्यो बालकले आफ्नो नाम नभएका कारण रुनुपरेको बताए । त्यसपछि भगवान शिवले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । शिव त्यसपछि पनि चुप लागेनन् । यसपछि ब्रह्माले फेरि अर्को नाम दिए तर पनि शिव भगवान रुन छोडेनन् ।
आजित भएका ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव यी ८ नाम बह्माले राखे । शिव पुराणका अनुसार यो नाम पृथ्वीमा लेखिएको थियो । शिवले ब्रह्माको पुत्रको रुपमा जन्म लिनुको पछाडि पनि विष्णु पुराणमा एक पौराणिक कथा छ । जसका अनुसार जब धरती, आकाश, पाताल समेत पूरा ब्रह्माण्ड जलमग्न थियो तब ब्रह्मा, विष्णु र शिव वाहेक अरु कोही पनि देव या प्राणी थिएनन् । तब केवल विष्णु मात्र जलको सतहमा आफ्नो शेषनागमा बसेका हुन्थे ।
तब उनको नाइटो(नाभी)बाट कमलको डाठमा ब्रह्मा जी प्रकट भए । ब्रह्मा–विष्णु जब सृष्टिको सम्बन्धमा कुरा गरिरहेका थिए तब शिव प्रकट भए । ब्रह्माले उनलाई चिन्न इन्कार गरे । तब शिव रिसाउने डरले विष्णुले ब्रह्मालाई दिव्य दृष्टि दिएर शिवबारे याद दिलाए । ब्रह्माले आफ्नो गल्ती महसुस गर्दै शिवसँग क्षमा माग्न थाले र शिवसँग पुत्रको रुपमा जन्म लिने आशिर्वाद माग्न थाले ।
जब ब्रह्माले सृष्टिको रचना शुरु गर्न थाले तब उनलाई एक बच्चाको जरुरत पर्यो तब उनले भगवान शिवले दिएको आशिर्वाद सम्झिए । त्यसपछि ब्रह्माले तपस्याको माध्यमबाट बालक शिवलाई बच्चाको रुपमा आफ्नो काखमा पाए ।
सम्बन्धित समाचार
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
२०८३ साउन २५ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २४ गते आईतवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २३ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?


