• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ असार २०८३, बिहीबार
११ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • १९ घण्टा 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • २० घण्टा 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • २१ घण्टा 

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
  • २१ घण्टा 

सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल
  • २२ घण्टा 

सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?
  • २३ घण्टा 

रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि
  • १ दिन 

क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?
  • १ दिन 

आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने
  • १ दिन 

लोकप्रिय समाचार

  • १. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • २. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ३. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ४. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ५. क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

  • ६. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय

  • ९. सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • १०. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

यस वर्ष सरस्वती पूजा उत्तम योगमा, यसरी गर्नुहोस् पूजा

admin २०७६, माघ, १३

काठमाडौँ । बसन्त पञ्चमी माता सरस्वतीको विशेष उपासना गर्ने महत्त्वपूर्ण पर्व हो । माघ शुक्लपक्षको पञ्चमी तिथिमा पर्ने उक्त पर्व विशेष गरी विद्याकी देवी सरस्वतीको साधना गर्नका लागि अति नै पवित्र दिनका रुपमा लिने गरिन्छ । यस वर्ष माघ १६ गते बिहीबार गुरु बृहस्पति कै बारमा पञ्चमी तिथि परेकाले पनि विशेष रुपमा हेरिएको छ । यस्तो संयोग परेको समयमा विद्या आरम्भ गर्नका लागि अति नै शुभ हुने भएकाले साधनामा लाग्नेहरुका लागि भने विशेष दिन रहनेछ । शास्त्रमा वर्णन भए अनुसार यस पवित्र दिनमा भगवान विष्णु तथा कामदेवको पूजाको पनि वर्णन गरिएको छ ।

सर्वप्रथम भगवान श्रीकृष्णले ज्ञानादृष्टादी श्री सरस्वतीको पूजा गरेर दिव्य ज्ञान प्राप्त गरेकाले पनि पञ्चमी तिथिलाई पूर्ण तिथिका रुपमा पूर्ण ज्ञानप्राप्तिको कामनाले पूजा तथा आरधना गर्ने नियम रहिआएको शास्त्रमा उल्लेख गरिएको छ । विद्या आरम्भ गर्नेका लागि यस वर्षको सरस्वती पूजाको दिन निक्कै शुभ रहने हुनाले यसै दिनदेखि सुरु गर्दा कुनै प्रकारको साइत हेरिरहनु नपर्ने ज्योतिषीहरुले बताउने गरेका छन् । वर्षमा चार ओटा नवरात्रहरु पर्दछन् त्यसमा माघ शुक्ल पक्षको समयलाई पनि गुप्त नवरात्र भनेर पनि भनिएको छ । भगवती सरस्वती सत्वगुण सम्पन्न भएकीले मन, बुद्धि र ज्ञानकी अधिष्ठात्रीका रुपमा पूजा तथा साधना गर्नाले मानवजातिको सम्पूर्ण कामना पूर्ण हुने शास्त्रमा उल्लेख गरिएको छ ।

यस्ता प्रकारका कामना पूर्ण हुनका लागि शुभ समयमा र शुभ योगमा मात्रै हुने भएकाले यस्ता प्रकारका तिथि तथा पूर्ण योगको खगोलीय तरिकाबाट गणना गरिएको हो । पञ्चमी तिथिका देवता नाग हुन् र उक्त तिथि पूर्ण तिथि भएकाले यस दिनलाई हरेक प्रकारमा शुभ कर्म गर्नका लागि कुनै प्रकारका साईत कुर्नु नपर्ने र यस दिन गरिएको कर्मले दीर्घकालीनसम्म माताको कृपा रहिरहने धार्मिक विश्वास समेत रहिआएको छ । नाक तथा कान छेड्नका लागि पनि यसदिन शुभ हुने कुरा उल्लेख गरिएको छ । अध्ययनरत हरेक मानिसले उत्तिकै मिहेनतका साथ पढिरहेका हुन्छन्, त्यसमा कसैलाई राम्रो सफलता मिल्दछ भने कसैको पढाइ पूरा हुनै पाउँदैनन् ।

शास्त्रका अनुसार कुन मानिसले कस्तो प्रकारको पढाइमा सफलता पउने र कतिसम्म पढ्ने भनेर पहिले नै निर्धारण भइसकेको हुन्छ त्यही कुरालाई जानेर पढाइमा लगाउनेहरुले विशेष गरी सफलता प्राप्त गरेको ज्योतिषीहरुले जानकारी गराएका छन् । प्राचीन कालमा पनि यस्ता प्रकारका कुराहरुको वर्णन व्यापक रुपमा गरिएको पाइन्छ । शास्त्रहरु लेख्ने तथा शस्त्र अस्त्रहरु चलाउने फरक फरक व्यक्ति भएकोले पनि अहिले कस्ता योग भएकाहरुलाई कुन प्रकारको शिक्षा दिने भन्ने जानेर मात्रै अध्ययनमा लगाएमा मात्रै सफल हुने जानकारहरु बताउँछन् ।

हरेक व्यक्तिलाई माता सरस्वतीको कृपा फरक फरक तरिकाबाट हुने गरेको छ । कसैलाई घोक्ने तरिका राम्रो हुन्छ भने कसैलाई सिपमुलक काममा राम्रो हुन्छ । जसरी भएपनि मातको कृपा हरेक मानिसमा कुनै न कुनै प्रकारको हुन्छ । शास्त्रमा भनिएको छ, बुद्धि र ज्ञान दुबै फरक फरक कुरा हुन्, तर बुद्धि तथा ज्ञान दुबैको तालमेल मिलेमा मात्रै सफल हुनेछ । बुद्धि दिने ग्रहका रुपमा बुध ग्रहलाई हेरिन्छ भने ज्ञानको कारक ग्रहका रुपमा बृहस्पति ग्रहलाई हेरिन्छ । माघ १६ गते ज्ञानदिने ग्रह बिहीबार बृहस्पति ग्रहको बार परेकाले पनि साधना गर्नेहरुका लागि विशेष दिन रहनेछ ।

कसरी गर्ने पूजा र साधना
यस दिन ब्रहम्म मुहूर्तमा उठेर स्नान तथा नित्यकर्म पश्चात् पञ्च गव्य खाएर पूजा तथा अध्ययन कोठामा माता सरस्वतीको मुर्ति तथा प्रतिमा स्थापना गरेर वैदिक बिधि पूर्वक दूध, दही, ध्यू, मह तथा सक्खरले मूर्ति तथा प्रतिमामा चढाएर र फूलमाला लगाइदिने र धुप बत्तीले आरति गरेपछि सरस्वती स्तोत्रको पाठ गर्नुपर्ने बिधान रहेको छ । सक्नेले १०८ पटक सरस्वतीको मन्त्र जप गर्दा वाणीमा सिद्ध हुने पनि बताईएको छ । यसरी पूजा तथा आराधना गरेमा हरेक प्रकारका कर्मसिद्ध हुने छ । उक्त दिन सरस्वती यन्त्र बनाएर साना बच्चाहरुलाई धारण गरिदिएमा बुद्धि तथा ज्ञान खुल्ने पनि शास्त्रमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.