पायल्स (Piles) भनेको के हो ? किन बारम्बार दिन्छ दुख ?
डा. कल्याण सुवेदी, काठमाडौं । हाम्रो गुदद्वारको छेउसम्म रक्तनली मार्फत रगत संचार भएको हुन्छ । गुदद्वारमा रक्तसंचार गरेर फर्कने रक्तनली गुदद्वारको भित्रि भागको सबैतिर सतही क्षेत्रबाटै फर्किएको हुन्छ । जोड गरेर दिसा बस्दा, कब्जियत हुँदा, गरुङ्गो सामान उचाल्दा र अन्य धेरै कारण यस गुदद्वारको भागमा जोड परेको हुन्छ । सो प्रक्रिया निरन्तर लामो समयसम्म रह्यो भने यस वरपरका रक्तनलीहरु पनि झोल्लिन थाल्छ, ति रक्तनलिलाई ढाकेको कोषहरु पनि झोल्लिने र सुन्निने हुन थाल्छ जसलाई पायल्स (piles) वा hemorrhoids भएको भनिन्छ ।
पायल्सका प्रकार
गुदद्वारको तल्लो भागको रक्तनली झोल्लिएर बनेको पायल्सलाई external अर्थात् बाहिरी piles (hemorrhoids) भनिन्छ । यस्तो piles अति नै दुख्ने, रगत बग्ने, सुन्नी राख्ने, चिलाउने आदि हुन्छ । गुदद्वारको माथिल्लो भागको रक्तनली झोल्लिएर बनेको पायल्सलाई internal अर्थात् भित्रि piles (hemorrhoids) भनिन्छ । यस्तो internal piles लाई चार तहमा बिभाजन गरिन्छ ।
१. पहिलो तह: piles बनेर भित्रै बसेको
२. दोश्रो तह: दिसा गर्दा piles बाहिर निस्कने र पछि आँफै भित्र जाने
३. तेस्रो तह: दिसा बाहिर निस्केको piles औंलाले धकेलेर भित्र छिराउनु पर्ने
४. चौंथो तह: बाहिर निस्केको piles भित्र पस्नै नसक्ने ।
यो internal piles निस्कने भागमा दुखाई महसुस गराउने नसा नभएको कारण धेरैको त्यति सारो दुख्दैन तर हल्का रगत भने देखिन्छ । पछि तन्किन्दै, सुन्निदै जाँदा दुख्न सुरु हुन सक्छ ।
उपचार
सबै दुख्ने र रगत आउने समस्या पायल्स हुँदैनन् । कुनै case मा fissure, ulcerative colitis लगाएत आन्द्राको cancer समेत हुन सक्छ । पायल्स हो होइन भनेर पत्ता लगाउन पहिला डाक्टरलाई प्रत्यक्ष देखाउनु पर्छ । यदि पायल्स हो भन्ने कुरा निश्चित भयो भने निम्न कुराहरु गर्नुहोस ।
१. कब्जियत हुन नदिनुहोस । त्यसको लागि High fiber diet जस्तै फलफूल र हरियो तरकारी, गेडागुडी, बोडी, सिमि, सागपात प्रशस्त खानुस । दिनहु ब्यायाम गर्नुस । सक्नु हुन्छ भने दिनको २ कि मि हल्का दौडने प्रयास गर्नुस । भोक नलागि खाने कुरा नखानुस । एकै पटक पेट कस्सिने गरी खाना नखानुस । दिनहु probiotic जस्तै दहि खानुस । याद गर्नुस, दहि जुन सुकै समयमा, जहिले पनि, जस्तो तापक्रममा पनि खान मिल्छ । हल्लाको पछाडी नलाग्नुस् । पानी प्रसस्त पिउनुस । सम्झी सम्झी पिउनुस ।
२. Fiber supplement प्रयोग गर्नुस । यदि एकदिन भर दिसा भएन भने भोलि पल्ट psyllium fiber अर्थात् isabgol २ चम्चा एक glass पानीसंग खानुस । सोहि दिन अन्य दिनमा भन्दा धेरै पानी पिउनुस । यस औषधि किन्दा pharmacy मा गएर ‘मलाई कब्जियेतको लागि धुलो औषधि दिनुस भन्नुस’ र औषधिको ingredent मा isabgol वा psyllium fiber लेखेको छ छैन हेर्नुहोस । यसो गर्दा पनि भएन भने अन्य खाने औषधि वा लगाउने suppository प्रयोग गर्नुस ।
३. दुखेको बेलामा दुखाई कम गर्ने, दुखेको महसुस नगराउने, नचिलाउने, त्यस भागलाई लठ्याउने र सुन्निन नदिने १-२ किसिमका लगाउने औषधिहरु प्रयोग गर्नुस ।
४. अहिलेसम्म भनिएको कुरा सबै गर्दा समस्या थप बढ्दै गयो भने निम्न कुरा गर्न सकिन्छ । Rubber band ligation : internal piles लाई सानो rubber ले बाँधीदिंदा उक्त piles आँफै खस्न सक्छ । तर यस बिधिले सबैलाई काम नगर्न सक्छ । Sclerotherapy: injection लगाएर piles सुकाउन पनि सकिन्छ । तर यस बिधिले पनि सबैलाई काम गर्दैन । Hemorrhoidectomy: piles भएको रक्तनली र त्यस वरपरका cushion लाई कोषहरुलाई निकालिन्छ । यो धेरैको case मा काम गर्छ । यस बाहेक अन्य बिधिहरु पनि हुन्छन ।
५. याद गर्नुस, गुदद्वारमा प्रसस्त रक्तनलीहरु हुन्छन् । यदि खानपिन र दैनिक ब्यबहारमा परिवर्तन ल्याएन भने अर्थात् जुन कारण piles भएको थियो सो कारक तत्व निवारण गरेन भने फेरी अर्को रक्तनलीमा piles निस्कन्छ ।
सम्बन्धित समाचार
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह

