कांग्रेस सभापति देउवाले भने, ‘ओली सरकार बहुमतमा छ’
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकार अहिले पनि बहुमतमै रहेकाले यही अवस्थामा अर्को सरकार बन्न नसक्ने बताएका छन् । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएकाले ओली सरकार बहुमतमै रहेको उनको भनाइ छ ।
कांग्रेस केन्द्रीय तरुण विभागले स्व। गिरिजाप्रसाद कोइरालाको ११ औँ स्मृति दिवसमा चितवनको रत्ननगरमा युवा तरुण जागरण अभियानलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।सभापति देउवाले बहुमतको ओली सरकार रहुन्जेलसम्म कांग्रेस सरकारमा जाने कुरा गर्नु व्यर्थ भएको बताए । देउवाले जनताले तेस्रो दल बनाएकाले कांग्रेस सरकारमा नगएको प्रति जनताले कुनै आश्चर्य मान्नु नपर्ने जिकिर गरे ।
सोही कार्यक्रममार्फत आफ्नो पार्टीका नेता–कार्यकर्तालाई आगामी निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका देउवाले जनताको सेवा गरे सजिलै निर्वाचन जितिने बताए । देशको मालिक जनता भएकाले उनीहरूको सेवा गरे चुनाव सजिलै जितिने उनको भनाइ थियो ।
सम्बन्धित समाचार
सर्वदलीय बैठक सुरु, सहभागी नेताहरू को-को ?
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


