एजेन्सी । भनिन्छ, भगवानको लीला अपरम्पार छ । जसलाई आजसम्म कसैले पनि बुझ्न सकेका छैनन् । यो श्रृष्टिमा कहिले के हुन्छ, यो कुरा कसैलाई थाहा छैन । अहिले विज्ञानले धेरै प्रगति गरिसकेको छ । तर पनि अहिलेसम्म केहि कुराको उत्तर दिन विज्ञान असमर्थ छ ।
चिकित्सा क्षेत्रमा हरेक दिन नयाँ नयाँ प्रयोग गरिन्छ ? केहि गम्भीर रोगको उपचार पनि । तर, केहि कुरा यस्ता पनि छन् जुन देखेर डाक्टर पनि चकित छन् । एउटा यस्तै घटना भारतको हैदराबादमा देखिएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार हैदराबादको एक अस्पतालमा अनौठो बच्चाको जन्म भएको छ । यो बच्चा आधा मानिस र आधा माछो जस्तो देखिन्छ । हैदराबादको पेटलाबुर्ज म्याटरनिटी हस्पिटलमा यो बच्चाको जन्म भएको हो ।
बच्चा देखेपछि सबै जलपरी भनिरहेका छन् । यो देखेर डाक्टर पनि चकित भएका छन् । यो एक रेयर बिमारी हो । जुन १० लाखमा कोहि एकलाई हुन सक्छ । यसलाई मरमेड सिन्ड्रोम भनिन्छ ।