कोरोना संक्रमण बढेसँगै चार हप्ता लकडाउन, विद्यालय पनि बन्द
काठमाडौं । कोरोना संक्रमितको संख्या तीव्ररुपमा थपिँदै गएपछि फ्रान्समा चार हप्ताका लागि लकडाउन गरिएको छ भने विद्यालय पनि बन्द गर्ने घोषणा गरिएको छ ।
राष्ट्रपति इम्यानुएल म्याक्रोले पर्सि शनिबारदेखि चार हप्ता लकडाउन र विद्यालय बन्दको घोषणा गरेका हुन् । राष्ट्रपति म्याक्रोनले एक टेलिभिजनमा सम्बोधन गर्दै लकडाउनको अवधिमा अत्यावश्यक वस्तुका पसल खुला रहने तर तीन हप्तासम्म स्कुल भने बन्द हुने बताए ।
लकडाउनको अवधिभर मानिसले घरमै बसेर काम गर्नु पर्ने खबर बीबीसीले लेखेको छ । सार्वजनिक ठाउँमा सभा, भेला गर्न पाइने छैन भने घरबाट १० किलोमिटरभन्दा टाढा जान पनि नपाइने खबरमा उल्लेख गरिएको छ ।
म्याक्रोले कोरोनाको संक्रमण बढे पनि यसलाई नियन्त्रण गर्न सकिने भएकाले डराउनु नपर्ने बताउन भने भुलेनन् । उनले कोरोनाविरुद्धको खोपलाई तिव्रता दिने र १८ वर्षभन्दा माथिका सबै उमेर समूहलाई खोप दिने पनि तर्क गरे ।
फ्रान्समा गएको २४ घण्टामा ४१ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । अहिलेसम्म फ्रान्समा ४६ लाख ४४ हजारभन्दा धेरैलाई संक्रमण भएको छ भने ९५ हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
